अर्थ

बडादसैँको अवधिमा गह्रौँसुर मन्दिरमा १५ लाख भेटी सङ्कलन

वालिङ । स्याङ्जाको प्रसिद्ध धार्मिकस्थल गह्रौँसुर मन्दिरमा बडादसैँको अवधिमा करिब रु १५ लाख भेटी सङ्कलन भएको छ । वालिङ नगरपालिका–८ र गल्याङ नगरपालिका–१० को सङ्गमस्थलमा अवस्थित ‘गह्रौँसुर धार्मिक एवं पर्यटकीय केन्द्र’मा रहेको भगवती तथा कालिका मन्दिरमा भेटीस्वरुप उक्त रकम सङ्कलन भएको हो । यो भेटी गत वर्षको सोही अवधिको भन्दा दोब्बर हो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुरजप्रताप खाणका अनुसार घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको अवधिमा मन्दिरमा विभिन्न शीर्षकबाट भेटी सङ्कलन भएको हो । गत वर्ष बडादसैँको अवधिमा रु आठ लाख १६… पुरा पढौ

तनहुँ जलविद्युत आयोजनाका सबस्टेशन निर्माण

तनहुँ । ऋषिङ गाउँपालिका–१ झापुटारमा एक सय ४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाले दुईवटा सबस्टेशन निर्माण गरेको छ । घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३÷११ केभीका दुईवटा सबस्टेशन निर्माण गरी सञ्चालनमा ल्याएको छ । सबस्टेशनसम्म विद्युत् पुर्याउनका लागि ३३ केभी लाइन निर्माण गरिएको आयोजना प्रमुख राजाभाइ शिल्पकारले जानकारी दिए। विद्युत् आपूर्तिमा सहज बनाउन सबस्टेशन निर्माण गरिएको हो । तनहुँ जिल्लाको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न क्षमताका वितरण ट्रान्सफर्मर जडान र ११ केभी लाइन निर्माण गरिएका… पुरा पढौ

ऐतिहासिक हर्सिङडाँडामा पर्यटक वृद्धि

लमजुङ । राष्ट्रिय विभूति भक्ति भापाले बालापनमा गाईवस्तु चराएको हर्सिङडाँडामा पछिल्लो समय पर्यटकको सङ्ख्या बढेको छ । लमजुङ मस्र्याङ्दी गाउँपालिका–३ हर्सिङडाँडासम्म पुग्ने बाटो राम्रो भएको र यसबारे प्रचार–प्रसार हुन थालेसँगै पर्यटकको वृद्धि हुन थालेको हो । विगतमा सुनसानजस्तै हुने यहाँ यतिबेला दैनिक ४० देखि एक सय जनासम्म पर्यटक आउने गरेको स्थानीय पर्यटन व्यवसायी पूर्णबहादुर गुरुङले बताए । उनले भने, “विगतमा ओझेलमा पर्दै आए पनि केही समयदेखि भने पर्यटक घुम्न तथा बास बस्ने गरेर आउने गरेका छन् ।” विस्तारै मौसम राम्रो… पुरा पढौ

पोखरामा कार्तिक २५ गते मौलिक देउसी भैलो महोत्सव हुने

कार्तिक २३ पोखरा । पोखरामा पहिलो पटक मौलिक सस्कृति झल्कने देउसी भैलो महोत्सव हुने भएको छ । पोखरा टेलिभिजनको आयोजनामा हुन लागेको महोत्सवमा बिभिन्न जातजाती बिषेश तथा समुदाय बिषेशको देउसीभैलो प्रर्दशन हुने भएको पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । पछिल्लो समय नक्कल गर्ने संस्कृतीका कारण हाम्रा संस्कृति र परम्पराहरुको अस्तित्व नासिने खतरा बढ्दै गएको छ । पछिल्लो समय तिहारको समयमा खेलिने देउसीभैलो विकृतिमुक्त हुन सकेको छैन, यसको मौलिकता हराउँदै गएको आभाष हुन थालेको छ । त्यसैले देउसीभैलोलाई… पुरा पढौ

सुन-चाँदीको मूल्य घट्यो , आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

आज बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँ र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।आजका लागि छापावल सुनको मूल्य एक लाख १३ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरि,चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । पुरा पढौ

पोखरामा रैथाने हाटबजार, तिहारको मुखमा सयपत्री मेला

पोखरामा रैथाने हाटबजार सञ्चालनमा आउने भएको छ । पोखरा महानगरपालिका र श्री कम्प्लेक्स प्रालिको साझेदारीमा हाटबजार सञ्चालन गर्न लागिएको हो । हाटबजार आउँदो शनिबार शुभारम्भ गरिने कार्यक्रम रहेको पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । उनका अनुसार हाटबजारमा स्थानीय उत्पादनका दसभन्दा बढी स्टल रहनेछन् । मनखुसी फाउन्डेसनले तयार गरेको ह्यान्डीक्राफ्ट (मोजा, टोपी), प्राप्ति प्रशान्त हस्तकलाले तयार गरेको पोते माला, आमा एग्रो प्रडक्टका स्थानीय कृषि उपज, सगुन हस्तकलाले तयार गरेको धागोका सामान हाटबजारमा राखिने छ । यस्तै… पुरा पढौ

भूकम्पीडितका लागि पर्यटन मन्त्रालय मातहत निकायबाट चार करोड बढी सहयोग

कार्तिक २२ काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका निकायबाट भूकम्पीडितका लागि सहयोग जुटाएको छ । मन्त्रलयले आज प्रधामन्त्री रहत कोषमा रू चार करोड १३ लाख ९८ हजार नौ सय ८८ सङ्कलन भएको रकम जम्मा गरेको हो । मन्त्रालय मातहतका विभिन्न निकायबाट जम्मा भएको रकम आज पर्यटनमन्त्री सुदन किराँतीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गरेको मन्त्रालयले जनाएको छ । सहयोग रकम जम्मा गर्नेहरुमा नेपाल नागरिक उड्डयन प्राधिकरण रू एक करोड, नेपाल वायुसेवा निगम रू पच्चीस लाख, पर्यटन… पुरा पढौ

तनहुँको व्यास नगरद्वारा भूकम्पपीडितलाई पाँच लाख सहयोग गर्ने

कार्तिक २२ तनहुँ । व्यास नगरपालिकाले जाजरकोट भूकम्पपीडितका लागि रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको छ । व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो । भूकम्प पीडितको राहत सहयोगका लागि नगरपालिकाको विपद् कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए । भूकम्पमा परी ज्यान गुमाउनेप्रति श्रद्धासुमन व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै यस नगरपालिकाभित्र पनि भूकम्पको धक्काका कारण केही घर भत्किन गएको सूचना प्राप्त… पुरा पढौ

अदालतको आदेश : पोखराको लेकसाईड चौविसै घण्टा खोल्न दिनू

पोखरा, कात्तिक २२ उच्च अदालत पोखराले पर्यटकीय नगरी पोखराको मुख्य केन्द्र लेकसाईड चौविसै घण्टा खोल्न दिन आदेश दिएको छ । उच्च अदालत पोखराका कायम मुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको बुधबार बसेको एकल इजालासले लेकसाईडमा भएका व्यापार व्यवसाय चौविसै घण्टा खोल्न दिन जिल्ला प्रशासन कार्यालय कास्कीलाई अन्तरिम आदेश दिएको हो । व्यापार, व्यवसाय गर्न रोक नलगाउन मागसहित स्थानिय देवीकुमारी बरालले दिएको रिट निवेदन उपरमा भएको बहसपछि भट्टराईले यस्तो आदेश दिएका हुन् । यसअघि रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता मोहननाथ कोइराला, अधिवक्ता… पुरा पढौ

जाउँ है पोखरा अभियान उत्साहपूर्ण रुपमा सम्पन्न

कार्तिक २१ पोखरा । जाउँ है पोखरा अभियान लिएर वर्षैपिच्छे प्रबद्र्धन अभियानमा निक्लँदै आएका पोखरेली पर्यटनकर्मीलाई पूर्वका वासिन्दाले यसपटक पोखरा घुम्ने प्याकेज के छ भनेर जिज्ञासा राखेका छन् । जाउँ है पोखरा अभियान लिएर १६ कात्तिकदेखि २० कात्तिक सम्म पूर्वी नेपालको भ्रमणमा निस्केको होटल संघ पोखरा नेपालको टोलीलाई पूर्वेलीले पोखरा घुम्न लाग्ने वजेट र प्याकेजबारे पत्रकार सम्मेलन र अन्तरक्रिया कार्यक्रममा सोधेका थिए । जवाफमा संघका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरा संसारकै सबैभन्दा सस्तो पर्यटकीय गन्तव्य भनेर विभिन्न अन्तर्राष्ट्रिय ख्यातीप्राप्त वेब पोर्टल… पुरा पढौ