अर्थ

छ दशकदेखि भेडापालक किसान भन्दछन्ः ‘कृषि अनुदान भन्ने के हो थाहा छैन’

ढोरपाटन । शिरमा हरियो गलबन्दी, शरीरमा मैलिएका कपडा । बुढ्यौउली उमेर, चाउरिएका अनुहार ढल्दै गरेको उमेर । तर पनि काम गर्ने जोस जाँगर भने कत्ति पनि घटेको देखिन्न । हिजोआज पहेँलो त्रिपालले छाएको गोठ छेउमै भटिन्छन्, रनबहादुर सिर्पाली । गोठ वरपर दुई सय ५० बढी भेडाबाख्रा चरिरहेका देखिन्छन् । युवावस्थामा एक सय ५० सय भेडाबाख्रा पालेको सुनाउने उनी अहिले तागत घट्दै गएपछि कम पाल्न थालेको बताउछन्। बागलुङको सबैभन्दा दुर्गम गाउँ तमानखोला गाउँपालिका–५ का उनले व्यावसायिक रुपमा भेडापालन गन थालेको ६३… पुरा पढौ

स्याङजामा एक सहकारीद्धारा फूलखेती

वालिङ । स्याङ्जाको वालिङमा रहेको वालिङ कर्मचारी बचत तथा ऋण सहकारी संस्थाले व्यावसायिकरुपमा सयपत्री फूल उत्पादन गरेको छ । बचत तथा ऋणको कारोबार गर्दै आएको उक्त सहकारीले आफ्ना शेयर सदस्यलाई फूलखेती गर्नतर्फ प्रेरित गर्ने उद्देश्यसहित व्यावसायिकरुपमा सयपत्री फूलखेती थालिएको सहकारीका अध्यक्ष दिपेन्द्र गैरेले बताए । “सहकारीले शेयर सदस्यहरुबीच आर्थिक कारोबार मात्रै नगरी उनीहरुलाई उत्पादनसँग जोड्न र फूलखेतीको व्यावसायिक सम्भावनााबारे जानकारी दिन फूलखेती गरेका हौंँ” उनले भने, “दीपावलीलाई लक्ष्य गरेर फूल लगाइएको र उत्पादन पनि भएकाले आर्थिकरुपमा पनि फाइदा हुने भएको… पुरा पढौ

पछिल्लो १० महिनामा आठ लाख पर्यटक भित्रिए

कार्तिक १५काठमाण्डौं । सन् २०२३ को १० महिनामा आठ लाख नौ हजार छ सय ७८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि अक्टोबर महिनासम्म सो सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । अक्टोबर महिनामा मात्रै हवाई मार्ग भएर एक लाख १७ हजार तीन सय छ पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०२२ को सोही अवधिमा ८८ हजार पाँच सय ८२ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१९ मा एक लाख १३… पुरा पढौ

बेलायती पुँजी भित्र्याउन लन्डनमा लगानी सम्मेलन

कार्तिक १५ काठमाण्डौं । नेपाल र संयुक्त अधिराज्यबीच मैत्री सन्धिमा हस्ताक्षर भएको शतवार्षिकीका अवसरमा लण्डनस्थित नेपाली दूतावासले सिटी अफ लण्डनको म्यान्सन हाउसमा उच्चस्तरीय लगानी सम्मेलन आयोजना गरेको छ । नेपालको विकास आवश्यकता पूर्ति गर्न सम्मेलनमा जलविद्युत्लगायत पूर्वाधारका क्षेत्रमा ठूलो लगानी आवश्यक रहेको र प्रतिफलको सुनिश्चितता बारे लगानीकर्तासँग छलफल भएको छ । सम्मेलनका प्रमुख अतिथि अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालको समृद्धि तथा आर्थिक रुपान्तरणका लागि ठूलो वित्तीय स्रोतको आवश्यकता रहेकाले आन्तरिक स्रोत परिचालनसँगै वैदेशिक लगानी अपरिहार्य भएको बताएको लण्डनस्थित नेपाली राजदूतावासले… पुरा पढौ

पर्यटकीय गन्तव्य बन्यो म्याग्दीको आलडाँडा

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा रहेको आलडाँडा केही वर्षअघिसम्म सुुनसान थियो । समुन्द्री सतहदेखि दुई हजार छ सय २० मिटर उचाइमा रहेको आलडाँडामा सडक, यातायात, पदमार्ग र खानेबस्ने व्यवस्थासँगै पर्यटकीय गन्तव्यका रुपमा विकास हुुन थालेको छ । स्थानीय अगुवा भक्तबहादुर पुर्जाले आलडाँडाको सौन्दर्यका बारेमा प्रचारप्रसार र पूूर्वाधार निर्माणसँगै पर्यटक आउन थालेका बताए । “यहाँसम्म आउने सडक, पदमार्ग र होटलको सुविधा भएपछि पर्यटकको चहलपहल बढेको छ”, पुर्जाले भने, “आलडाँडा अन्नपूर्ण गाउँपालिकाको धेरै पर्यटकीय स्थल जाने बीच बाटोमा पर्ने भएकाले पनि… पुरा पढौ

शेयर बजारको ओरालो यात्रा कायमै

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको ओरालो यात्रा आज पनि कायमै देखिएको छ । हिजो मङ्गलबार दोहोरो अङ्कले घटेको नेप्से परिसूचक आज पाँच दशमलव ८३ अङ्कले घटेको छ । आजको कारोबारपछि नेप्से परिसूचक एक हजार आठ सय ५८ दशमलव ५६ को बिन्दुमा कायम भएको छ । आज दुई सय ९६ कम्पनीको ३३ लाख ६४ हजार ५६ कित्ता शेयर ७७ हजार आठ सय ७० पटक खरिदबिक्री हुँदा रू ८१ करोड २० लाख ८९ हजार दुई सय ९१ बराबरको कारोबार भएको नेप्सेले जनाएको… पुरा पढौ

पर्यटन मार्गले बदल्यो उत्तरी गोरखाको स्याला गाउँ

गोरखा । गोरखाको उत्तरी भागमा रहेको चुमनुर्बी गाउँपालिका–२ मा पर्छ स्याला गाउँ । पर्यटन मार्ग सञ्चालन भएपछि स्याला गाउँ बदलिएको छ । आजभन्दा १२ वर्षअगाडि स्याला गाउँमा तीते फापर र कोदो फलाउने स्थानीयहरूले हाल होटल व्यवसाय सञ्चालन गरेर आर्थिक आयआर्जन गरिरहेका छन् । हाल उत्तरी गोरखाको लार्केपास पुग्न गोरखाको माछिखोलाबाट पैदलयात्रा गर्नुपर्ने हुन्छ । विस्तारै हिँड्ने हो भने चार दिनपछि स्यालागाउँ पुगिन्छ । स्याँलागाउँबाट चारैतिर हिमाल देखिने भएकाले आन्तरिक तथा बाह्य पर्यटक एक रात स्यालागाउँमा बास बसेर सामागाउँ पुग्छन् ।… पुरा पढौ

अझै सम्पन्न भएन अजुवा खोला मोटरेबल पुल

गोरखा । गोरखाको बेनीघाट–आरुघाट सडकखण्डअन्तर्गत पर्ने अजुवा खोला मोटरेबल पुल निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुनसकेको छैन । आरुघाट गाउँपालिका–३ र ४ जोड्ने पुल निर्माणको काम लामो समयदेखि अलपत्र परेको हो । एघार किलो छेपेटार भालुस्वाँर बारपाक सडक आयोजनाको कार्यालयले ठेक्का लगाएको उक्त पुल निर्माणमा ठेकेदार कम्पनीको कारण ढिलासुस्ती भएको हो । विसं २०७४ साउनमा कार्यालयले कन्काई गोरखा एप्रोपेट जेभीसँग मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार १८ महिनाभित्र २०७५ माघमा निर्माण सम्पन्न… पुरा पढौ

पदमार्गलाई धुवाँ र धुलोमुक्त बनाउनुपर्छ :महामन्त्री थापा

घोडेपानी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पर्यटकीय पदमार्गलाई धुवाँ र धुलोमुक्त बनाउनुपर्ने बताएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीयस्थल पुनहिलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उनले सडक विस्तारसँगै पर्यटन व्यवसायको आधार पैदलमार्ग मासिन थालेकामा चिन्ता व्यक्त गरे। “कास्कीको नयाँपुलदेखि म्याग्दीको घोडेपानी आउँदा सडकमा पर्यटकहरु धुलो खाँदै असहज रुपमा हिँडिरहेको देख्दा दुस्ख लाग्यो,” थापाले भने, “नेपालको पर्यटन क्षेत्रको विशिष्टता बोकेको पदमार्ग हुुन् । पदमार्गको संरक्षण गरी यात्रा सहज बनाउनेतर्फ सबै सचेत बन्नुपर्ने देखिएको छ ।” पर्यटकीय क्षेत्रमा नयाँ… पुरा पढौ

पूर्वी नेपालका सहरमा पोखराको पर्यटन प्रवर्द्धन गरिने

गण्डकी । होटल सङ्घ पोखराको आयोजना एवम् पोखरा महानगरपालिकाको सहयोगमा पूर्वी नेपालका प्रमुख सहरहरूमा पर्यटन प्रवर्द्धन कार्यक्रम गरिने भएको छ । पोखरामा आन्तरिक पर्यटनलाई चलायमान बनाउने लक्ष्यका साथ ‘जाउँ है पोखरा’ कार्यक्रम लिएर यही कात्तिक १६ गते बिहीबारदेखि पाँचदिने अभियानसहित पर्यटन व्यवसायी, सञ्चारकर्मीको टोली पूर्वी नेपाल जान लागेको होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। सङ्घले दुई दशकअघि देखि नेपालभित्रका विभिन्न सहरमा ‘जाउँ है पोखरा’ अभियान सञ्चालन गर्दै आएको बताउँदै उनले तत्कालीन समयमा एक प्रतिशत मात्रै रहेको आन्तरिक पर्यटकको… पुरा पढौ