पोखरा, कात्तिक १४ नेपालीको दोश्रो ठूलो चाँड तिहारको अवसरमा पोखरामा कात्तिक तेश्रो सातादेखि फूलको मेला लाग्ने भएको छ । फ्लोरिकल्चर एशोसियसन नेपाल (फ्यान) कास्की शाखाको आयोजनामा पोखरामा यहि कात्तिक १७ गतेदेखि हुने भएको हो । ‘सुन्दर नगरी पोखराको पहिचान, व्यवसायी प्रवद्र्धनमा गोदावरीको शान’ भन्ने मुल नारासहित कात्तिक २० गतेसम्म सञ्चालन हुने मेला पोखरा रंगशालाको पूर्व पट्टी रहेको चौरमा हुने जनाइएको छ । पोखरा महानगरपालिकाको प्रवद्र्धनमा हुने मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने तय भएको एशोसियसनले जनाएको छ ।…
पुरा पढौ