अर्थ

राष्ट्रिय भलिबल खेलाडी चोखाललाई नगदसहित सम्मान

म्याग्दी । राष्ट्रिय भलिबल खेलाडी सुजन चोखाललाई अमेरिकाको क्लबले रु २५ हजार नगद पुरस्कारसहित सम्मान गरेको छ । बेनी नगरपालिका–९ घतानका चोखाल गण्डकी प्रदेशको भलिबल टिमबाट राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडी हुन् । अमेरिकाको बाल्टीमोर राज्यमा रहेको बेलमोन्ट भलिबल क्लबले चोखाललाई पुरस्कृत र सम्मानित गरेको हो । क्लबका प्रतिनिधि रोशन सुवेदीले आइतबार घतानमा चोखाललाई नगद र सम्मानपत्र हस्तान्तरण गरेका थिए। चोखाल गण्डकीको टिममा सेटरको भूमिकामा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएका छन् । उनले आफ्नो व्यक्तिगततर्फबाट नेप्टेचौरको युवा क्लबलाई दुई थान भलिबलसहित… पुरा पढौ

ज्यादुलखोलामा ‘डाइभर्सन पुल’निर्माण,स्थानीयवासी खुसी

गोरखा । बेनीघाट–आरुघाट सडकखण्डअन्तर्गत पर्ने गोरखाको भीमसेन थापा गाउँपालिका–७, र सहिद लखन गाउँपालिका–९ जोड्ने ज्यादुलखोलामा ‘डाइभर्सन पुल’ बनेपछि त्यस क्षेत्रका बासिन्दाको वर्षौंदेखिको सास्ती हटेको छ । बर्खाका बेला खोलामा पानीको बहाव बढेपछि ओहोरदोहोर नै बन्द हुने ज्यादुल खोलामा डाइभर्सन पुल निर्माण भए पनि निर्धक्क भएर आउआउ गर्न सजिलो भएको भन्दै स्थानीयवासी खुसी भएका छन् । पुल निर्माण नहुँदा बर्खाका बेलामा सवारी साधनसमेत वारपार गर्न नसक्दा यात्रुले निक्कै हैरानी खेप्दै आएका थिए । “बर्खा लागेपछि अत्याश्यक सवारी साधनसमेत चलाउन कठिनाइ थियो”,… पुरा पढौ

नेपालीहरुमा पनि घुम्ने संस्कृति बढ्दै

गण्डकी । अघिल्लो शरदयाममा कास्कीको कोरी ‘ट्रेक’मा पदयात्रा गरेका निसान खड्काले यसपालिको दसैँ बिदामा कास्कीकै मर्दी हिमालको आधार शिविरलाई गन्तव्य बनाए । दसैँको भोलिपल्ट बागलुङबाट दुई साथीसहित मर्दी घुम्न निस्किएका उनी चार दिनको पदयात्रा सकेर आइतबार घर फर्किए । पेसाले शिक्षक खड्काले दसैँकै छेकोमा यसअघि मुगुको रारा ताललगायत पर्यटकीयस्थलको घुमघाम गरिसकेका छन् । “दसैँको बिदामा पदयात्रामा निस्कनुको मज्जा नै बेग्लै हुन्छ, शरद ऋतु यसै पनि घुमौँघुमौँ लाग्ने याम हो”, उनले सुनाए, “नयाँ ठाउँको संस्कृति, रहनसहन र भूगोलबारे जान्न यात्राले सघाउँछ… पुरा पढौ

कृषि उत्पादनको बजारीकरणमा सहयोग हुन्छ : वडाध्यक्ष बराल

कार्तिक १२ पोखरा । कृषकले उत्पादन गरेका कृषि उत्पादनको बजारीकरणमा आवश्यक सहयोग उपलव्ध गराउने पोखरा–१३ का अध्यक्ष किरण बरालले प्रतिवद्धता व्यक्त गरेका छन् । आर्दश अर्गानिक कृषक समूह पोखरा–१३ को नवौं साधरण सभाको शनिबार उद्घाटन गर्दै वडाध्यक्ष बरालले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले कृषकले उत्पादनमा जोड दिनुपर्ने बताउँदै वडाबाट कृषकलाई आवश्यक सहयोग उपलब्ध गराउने बताए । उनले भने, “तपाईंहरु उत्पादनमात्र गर्नु होस्, बिक्री वितरणको जिम्मा म लिन्छु । कृषि उत्पादनलाई हाट बजार सञ्चालन गरेर बजारको ग्यारेन्टी गर्ने जिम्मा… पुरा पढौ

माछापुच्छ्रेको पदमार्ग व्यवस्थापन गर्न पर्यटन शुल्क

कार्तिक १० पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाभित्रका पदमार्गमा जाने पर्यटकले शुल्क तिर्नुपर्ने भएको छ । माछापुच्छ्रे् गाउँपालिकाले पदमार्गमा पूर्वाधार निर्माण र व्यवस्थापनका लागि पर्यटकसँग शुल्क लिने निर्णय गरेको हो । गाउँसभाको निर्णयअनुसार आन्तरिक र बाह्य पर्यटकका लागि छुट्टाछुट्टै शुल्क लिइने प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले जानकारी दिए । गाउँपालिकाले आज सूचना प्रकाशित गरी यस विषयमा जानकारी गराएको हो । सूचना अनुसार पालिकाभित्रको पदमार्गमा जाने विदेशी पर्यटकले पाँच सय र नेपाली पर्यटकले एक सय रुपैयाँ तिर्नुपर्ने छ । गाउँपालिकाले पर्यटकीय पदमार्गमा… पुरा पढौ

गण्डकी प्रदेशको ६६ हजार हेक्टरमा बाह्रैमास सिँचाइ

कार्तिक ९ पोखरा । गण्डकी प्रदेशको ६६ हजार पाँच सय ६७ हेक्टर जमिनमा बाह्रैमास सिँचाइ सुविधा पुगेको छ । कूल चार लाख ८७ हजार पाँच सय ७८ खेतीयोग्य जमिनमध्ये १३ दशमलब ६५ प्रतिशत क्षेत्रफलमा बाह्रैमास सिँचाइ सुविधा पुगेको हो । ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७४÷७५ सम्म ६१ हजार आठ सय ५९ हेक्टर जमिनमा बाह्रैमास सिँचाइ सुविधा पुगेकामा पछिल्ला पाँच वर्षमा थप चार हजार सात सय आठ हेक्टरमा सिँचाइ विस्तार भएको हो । गत आवमा मात्रै आठ… पुरा पढौ

बडादसैँमा बाग्लुङका किसानलाई धान भित्र्याउने चटारो

कार्तिक ५ बाग्लुङ । नेपालीको घर आँगनमा दसैँ भित्रिएको छ । टाढा–टाढा गएकाहरु गाउँ फर्कने क्रममा छन् । गाउँमा भने किसानलाई धान भित्राउने चटारो छ । खेतभरी पहेँलपुर झुलेको धान वर्षाले भित्र्याउन दिँदैन कि भन्ने पीर किसानलाई छ । आकाशमा बादल मडारिँदा किसान चिन्तत हुन्छन् । यति बेला पश्चिम बागलुङका किसानलाई दसैँ मनाउनभन्दा बढी धान भित्र्याउन भ्याइनभ्याइ छ । दसैँ र धान भित्र्याउने समय एकै पटक पर्दा किसानलाई चाडबाडको भन्दा खेती स्यार्ने चटारो बढी छ । गत असारमा लगाइएको धान… पुरा पढौ

कास्कीकोटको गुप्तकालिका मन्दिरमा फुलपाती हितको डोली भित्र्यायो

कार्तिक ४ पोखरा । कास्कीकोट दरबारमा रहेको गुप्तकालीका मन्दिरमा विश्व शान्तीको कामना गर्दै जारी नवदुर्गा महोत्सवमा सप्तमिको दिन आज विधिवत रुपमा फुलपत्रको डोली प्रवेश गराइएको छ । पोखराको राम घाटबाट ल्याइएको फुलपत्र सहितको डोलि मन्दिर प्रवेश गराइएको हो । फुलपत्र वडाइ गर्दै कुवँर जातीले यहाँ परापुर्व कालदेखि सैन्य अभ्यास सरुन खेल प्रर्दनश गरेका थिए । गुप्तकाली काश्यप धार्मीक क्षेत्रविकास समितिको आयोजनामा बडा दशैंको अवसरमा घटस्थापनादेखि नवमीसम्म महोत्सव संचालन भएको हो । परापुर्व कालदेखि तान्त्रीक तथा वैद्धिक पुजा हुदै आएको मन्दिरमा… पुरा पढौ

कार्तिक दोश्रो साता बाट लान्द्रुकमा दशैं मेला

कार्तिक ४ पोखरा । अन्नपूर्ण गाउँपालिका–७, लान्द्रुकको क्युप्चे बराह युवा क्लबको आयोजनामा ‘लान्द्रुक दशैं मेला २०८०’ हुने भएको छ । क्लबको २४ औं वार्षिकोत्सवको अवसरमा कात्तिक ८ देखि १२ गतेसम्म मेला आयोजना हुने क्लबले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । दशैंको शुभकामना आदानप्रदानसहित आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मेला राखिएको क्लबका अध्यक्ष सुजन गुरुङले जानकारी दिए । साथै, युवाहरु बिच आपसी सद्भाव कायम राख्दै नयाँ खेलाडी उत्पादनमा टेवा पु¥याउने पनि क्लबले लक्ष्य लिएको छ । मेलाको… पुरा पढौ

पोखरा सिटी रेवान कास्कीले गर्‍यो शुभकामना आदानप्रदान

कात्तिक ४ पोखरा । पोखरा नगर रेष्टुरेण्ट तथा बार एशोसियसन (पोखरा सिटी रेवान) कास्कीले बडादशैं, तिहार, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा शनिबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । पोखरा सिटी रेवानले आफ्ना पूर्व अध्यक्ष, पदाधिकारी, सदस्य तथा साधारण सदस्यहरुबीच शुभकामना आदानप्रदान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि होटल व्यवसायी महासंघका निवर्तमान केन्द्रीय सांगठनिक उपाध्यक्ष तथा पोखरा सिटी रेवान कास्कीका पूर्व अध्यक्ष एवम् सल्लाहकार केपी पाध्याले नेपालीको मौलिक चाडहरुले आपसमा सद्भाव कायम गर्न उद्धत पुग्ने बताए । पोखरा सिटी रेवानका… पुरा पढौ