अर्थ

मन्त्री किरातीद्वारा खादामालावापतको रकम विद्यालयलाई हस्तान्तरण

कार्तिक ३ काठमाण्डौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले खादामालावापतको रकम भोजपुरको अम्चोक गाउँपालिका–९ स्थित सरस्वती माविलाई हस्तान्तरण गरेका छन् । खदा माला वापत शुभेच्छुकहरूले चन्दा बाकसमा जम्मा गरेका रकम विद्यालयलाई हस्तान्तरण गरेका हुन् । मन्त्री किराँतीले खादामालावापत सङ्कलन रकम रु छ लाख २६ हजार ३४ एक कार्यक्रममा बीच आज हस्तान्तरण गरे । गृह जिल्ला भ्रमणमा रहेका मन्त्री किरातीले यसपटकको दसैँ चौरीपालक र भेडा पालक किसानसँग मैयुङ डाँडामा मनाउने छन् । आफू जिल्ला भ्रमणमा रहँदा स्कटिङ तथा स्वागत… पुरा पढौ

एकैदिन पोखराका ६० पसलमा अनुगमन, १५ हजार जरीवाना

कात्तिक ३ पोखरा । पोखरा महानगरपालिकाले शुक्रबार महानगरभित्र सञ्चालित मासु र खाद्यान्न पसलमा अनुगमन गरेको छ । नेपालीहरुको महान् पर्व विजया दशमीमा महानगरमा धेरै मासुको खपत हुने र अस्वस्थकर मासुले नागरिकको स्वास्थ्यमा असर गर्ने भएकाले अनुगमन गरेको हो । पोखरा महानगरपालिका उपप्रमुख एवं बजार अनुुगमन समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा पाँच वटा समूह बनाएर महानगरका १४ वटा वडामा सञ्चालित मासु र खाद्यान्न पसलमा अनुगमन गरिएको महानगरले जनाएको छ । महानगरका ६० वटा पसल अनुगमन गर्दा दुुई पासु पसल र एक… पुरा पढौ

ऊर्जा क्षेत्रको दिगो विकासका लागि योजनाबद्ध प्रयास अगाडी बढाइएको छ : मन्त्री बस्नेत

कार्तिक ३ काठमाण्डौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको ऊर्जा क्षेत्रको दिगो विकासका लागि सरकारले योजनाबद्ध प्रयास अगाडि बढाएको बताएका छन् । एसिया–प्रशान्त क्षेत्रको तेस्रो इनर्जी फोरमलाई आज थाइल्याण्डको राजधानी बैङ्ककमा सम्बोधन गर्दै मन्त्री बस्नेतले आगामी १२ वर्षभित्र थप २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यका साथ नेपाल सरकारले दीर्घकालीन नीति तर्जुमा गरेको बताए । हाल प्रणालीमा दुई हजार आठ सय मेगावाट बराबरको बिजुली जोडिएको जानकारी दिँदै मन्त्री बस्नेतले नेपालमा नदी प्रवाह, अर्धजलाशय र जलाशयमा आधारित विद्युत् आयोजनाको… पुरा पढौ

गण्डकीमा ४ लाख १२ हजार कृषक, समयमै मल, बिउ पाए सन्तुष्ट हुने कृषक धेरै

पोखरा । गण्डकी प्रदेशमा चार लाख बाह्र हजार कृषक परिवार रहेको तथ्याङ्क कार्यालयले जनाएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको कृषि गणनामा गण्डकी प्रदेशमा १ लाख ७३ हजार हेक्टर जमिनमा कृषि हुने गरेको छ । तथ्याङ्क कार्यालयका अनुसार कास्की जिल्लामा ५३ हजार २ सय २८ कृषक परिवारले १९ हजार १ सय ६४ हेक्टरमा कृषि कार्य गर्नेगरेका छन् । कास्कीमा ५३ हजार २ सय २८ कृषक परिवार छन् भने १९ हजार १ सय ६४ हेक्टर जमिनमा कृषि कार्य हुने गरेको छ… पुरा पढौ

सुनको भाउ अहिलेसम्मकै महँगो, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा १ लाख १५ हजार ५ सय रुपैयाँमा पुगेको छ । आज सुनको भाउ तोलामा १ हजार ८ सय रुपैयाँले बढेको हो । यसअघि हिजो सुनको भाउ तोलाको १ लाख १३ हजार ७ सय रुपैयाँ पुगेको थियो । यो रेकर्ड पनि तोड्दै आज सुनको भाउ एक लाख १५ हजार ५ सय रुपैयाँ पुगेको हो ।अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार अस्थिर बनेको छ । यसले भाउ… पुरा पढौ

मुस्ताङमा पर्यटकीय चहलपहल, तीन महिनामा १५ हजार विदेशी पर्यटक पुगे

कार्तिक २ पोखरा । मुस्ताङमा पर्यटकीय चहलपहल बढ्न थालेको छ । पर्यटकीय याम सुरु भएसँगै पर्यटकको आवागमन बाक्लिएको हो । असोज–मङ्सिर नेपालको मुख्य पर्यटकीय याम हो । जोमसोमस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको इलाका संरक्षण कार्यालयका अनुसार गत साउनयता १५ हजार तीन सय २८ विदेशी पर्यटकले मुस्ताङ घुमेका छन् । “चालु आर्थिक वर्षको साउनदेखि असोजसम्ममा सार्क मुलुकका १३ हजार ९८ र सार्कबाहिरकाका दुई हजार दुई सय ३० पर्यटकले मुस्ताङ भ्रमण गरेका छन”, संरक्षण कार्यालयका प्रमुख प्रमोदराज रेग्मीले भने, “मुस्ताङ भित्रने विदेशी… पुरा पढौ

दशैअघि नै निर्माण व्यवसायीको ६ अर्ब रुपैयाँ भुक्तानी हुने

कार्तिक २ पोखरा । गत आर्थिक वर्षमा दायित्व सिर्जना भइ भक्तानी बाँकी रहेको निर्माण व्यवसायीहरुको रु ६ अर्ब भुक्तानी हुने भएको छ । निर्माण व्यवसायीको भुक्तानी पाउने गरी अर्थ मन्त्रालयले नीतिगत निर्णय गरी सम्बन्धित कार्यालयमा परिपत्र गरिसकेको छ । उक्त भुक्तानी दसैँअघि नै निर्माण व्यवसायीका खातामा जाने गरी व्यवस्था गरिएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माले विभिन्न मन्त्रालय अन्तर्गतका परियोजनामा अघिल्लो आवको दायित्व भुक्तानी निकासा दिने निर्णय भएको जानकारी दिए । रासस पुरा पढौ

बेमौसमी सुन्तला फलाउँदै खड्का

बागलुङ । कात्तिक स् सिगानामा दसैँ अगावै फलेका बेमौसमी सुन्तला टोपबहादुर खड्काले प्रतिकेजी रु एक सयका दरले बिक्री गरेका छन् । उन्सु जातको सुन्तला उत्पादन गदै आउनभएका खड्काले ‘सिजन’मा रु तीन लाखको सुन्तला बिक्री गर्छन भने ‘अफसिजन’मा अर्थात् असोजमा उन्सु जातको सुन्तलाको परीक्षण उत्पादन गर्दै आएका छन् । उनले गतवर्ष बेमौसमी जातको सुन्तला बिक्रीबाट रु ५० हजार आम्दानी गरेको र अहिले सुन्तलाको उत्पादन घटेकाले रु २० हजारको बिक्री गरिसकेको र अन्य सुन्तला आफन्तलाई कोसेली पठाएको बताए। “परीक्षणका लागि छ वर्षअघि… पुरा पढौ

कास्कीका १५ बालविकास केन्द्रमा शैक्षिक सामग्री सहयोग

पोखरा । कास्कीका १५ विद्यालयका प्रारम्भिक बालविकास केन्द्रको व्यवस्थापनमा फर्निचर, खेलकूद तथा शैक्षिक सामग्री सहयोग भएको छ । गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा नौलो घुम्ती नेपालद्वारा संचालित एकीकृत सामुदायिक विकास परियोजनामार्फत विभिन्न पालिकाका १५ बालविकास केन्द्रलाई उक्त सहयोग प्रदान गरिएको छ । संस्थाले प्रारम्भिक बालविकासमा लगानी, दिगो राष्ट्रको मूल मर्मलाई मध्यनजर गर्दै बालमैत्री कक्षाकोठा व्यवस्थापन, सामग्री व्यवस्थापन, स्थानीय सामग्री निर्माण तथा प्रयोग जस्ता गतिविधि संस्थाले वार्षिक रुपमा सञ्चालन गर्दै आएको परियोजना अधिकृत महेश विश्वकर्माले बताए । सहयोग… पुरा पढौ

तनहुँको व्यासभूमिलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउन पहल

दमौली । वेदव्यासको जन्मभूमि दमौलीलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउन पहल सुरु भएको छ । व्यासको जन्मभूमि र पराशर ऋषिको तपोभूमिलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउन पहल थालिएको हो । पूर्वीय साहित्यका महाकवि वेदव्यासले यही भूमिमा महाभारत, चारवेद र अठार पुराणको रचना गरेको विश्वास छ । विभिन्न स्रोतले प्रमाणित गरेपनि व्यासभूमिको उचित प्रसारप्रसार हुन नसकेपछि सरोकारवाला संस्था प्रचारप्रसारमा जुटेका हुन् । “व्यास जन्मिएको र पराशरले तपस्या गरेको ठाउँ आज संसारभर प्रख्यात हुनुपथ्र्यो, तर त्यसो हुन सकिरहेको छैन,” व्यासका अध्येता काशीनाथ न्यौपानेले भने,… पुरा पढौ