अर्थ

पश्चिम बागलुङका उच्च ग्रामीणबासीले अव चामल लिन बुटवल पुग्नु पर्दैन

ढोरपाटन । पश्चिम बागलुङका उच्च ग्रामीण क्षेत्रमा आलु, जौ, उवा, भाँगोबाहेक अरू खेती कमै हुन्छ । तीन दशकसम्म स्थानीयको मुख्य खाना आलु र जौको आटा हुन्थ्यो । चिसो हावापानी हुने भएकाले यहाँको माटोमा धान खेती हुँदैनथ्यो । “धान खेती नहुँदा स्थानीय भात खान दसैँ कुर्थे । गाउँमा सडक थिएन । मोटर गाडी देख्नका लागि दुई साता लगाएर बुटवल पुग्नुपथ्र्यो । बुटवल पुगेर घ्यू, आलु र भाँगोसँग चामल साट्ने बाध्यता थियो”, ढोरपाटन–९ की ८३ वर्षीया पदमकली विकले भने । उनका अनुसार… पुरा पढौ

लुुलाङमा तीन महिनापछि बिजुुली बलेपछि उपभोक्ता खुसि

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा तीन महिनापछि बिजुुली बलेको छ । मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनको विद्युत्गृह असार अन्तिम साता बगाएको थियो । विद्युत्गृह बगाएपछि लुलाङ, खोरिया, लमसुङ र मेरेनीका करिब चार सय परिवार अन्धकारमा थिए । परियोजनाको मर्मत गरेर तीन महिनापछि मङ्गलबारदेखि विद्युत् आपूर्ति भएको लमसुुङका भक्त सिंकिजा पुुनले जानकारी दिए । “दसैँतिहारजस्ता चाडपर्वको समयमा गाउँ उज्यालो हुँदा स्थानीयवासीमा खुुुसीयाली छाएको छ”, उनले भने, “परियोजना मर्मत गरेर विद्युत् आपूर्ति सञ्चालन भएपछि जनजीवन सहज… पुरा पढौ

राष्ट्रिय कृषि गणना २०७८ को प्रदेशस्तरीय नतिजा सार्बजनिक, कृषक परिवार बढ्यो, क्षेत्रफल घट्यो

पोखरा । राष्ट्रिय कृषि गणना २०७८ को गण्डकी प्रदेशस्तरीय नतिजा सार्बजनिक गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालय काठमाण्डौद्वारा पोखरामा बुधवार आयोजित कार्यक्रममा राष्ट्रिय र प्रदेशस्तरीय नतिजा सार्बजनिक गरिएको हो ।प्रमुख अतिथि कृषि बिकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक बासुदेव रेग्मीले तथ्यांकप्रति प्रश्न उठाउदै डाटा तथ्यगत, व्यवहारिक र बिश्वासिलो हुनु पर्नेमा जोड दिए। उनले गणनाकालागि बजेट बढाएरै भए पनि बहु संख्यक कृषक परिवारमा पुग्नु पर्ने सुझाब दिए । रेग्मीले तर पनि प्राप्त डाटालाई आधार मानि योजना बनाउनु पर्ने बताए ।कार्यक्रममा राष्ट्रिय तथ्यांक… पुरा पढौ

नेपालमा लगानी गर्न अर्थमन्त्रीको आह्वान

असोज ३० काठमाण्डौं । अर्थमन्त्री डा प्रकाशशरण महतले विदेशमा बसोबास गर्दै आएका नेपालीको ज्ञान, सीप र पुँजीलाई सरकारले प्रोत्साहन गर्ने बताएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ विश्व सम्मेलनमा मन्त्री डा महतले भने, “नेपालको आर्थिक वृद्धि हुने सम्भावित क्षेत्र एनआरएनले पहिचान गरिसकेका छन् अब ती क्षेत्रमा लगानी गर्न म आह्वान गर्दछु । जलविद्युत्को विकासबाट नै देशलाई समृद्धिको मार्गमा अघि बढाउन सकिने यथार्थ दोहो¥याउँदै मन्त्री महतले निजी क्षेत्रबाट तीन सय मेगावाट विद्युत् उत्पादन भइरहेको अवस्थामा विदेशमा रहेका नेपालीले… पुरा पढौ

नव आदर्शको शुभकामना आदानप्रदान, तीज महोत्सवमा ५० लाख खर्च

असोज ३० पोखरा । नवआदर्श सामुदायिक विकास समाजले दसैं, तिहार, नेपाल संवत् तथा छठ पर्व लगायत पर्व अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । लामाचौरस्थित संस्थाको सभाहलमा मंगलबार सञ्चालित कार्यक्रममा संस्थाका कार्यसमिति पदाधिकारीहरु, पूर्व अध्यक्षहरु, पूर्व कार्य समिति सदस्यहरु, पूर्व कार्यसमिति सल्लाहकारहरु, आजीवन तथा साधारण सदस्यहरु, आमा समूह, विभिन्न संघसंस्था तथा क्लबहरुका प्रतिनिधिको उपस्थिति थियो । संस्थाका अध्यक्ष स्वागतसिंह भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, जिल्ला न्यायाधीश सूर्यबहादुर थापा, संस्थाका पूर्व सल्लाहकार तारा गर्वुजा, पूर्व अध्यक्ष… पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव १८ अङ्कले बढेर एक हजार आठ सय ६४ दशमलव ६२ को बिन्दुमा कायम भएको हो । आज दुई सय ८९ कम्पनीको ३८ लाख १३ हजार दुई सय ३३ कित्ता शेयर ४५ हजार चार सय ५६ पटक किनबेच हुँदा रू एक अर्ब ८४ लाख ३७ हजार आठ सय ६० बराबरको कारोबार भएको छ । आजको कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव २७,… पुरा पढौ

मासुको उचित मापदण्ड पूरा नगरी बिक्री वितरण गरिदै

गलकोट । मासु तथा मासुजन्य पदार्थ उपभोगका लागि संवेदनशील मानिन्छ । मासुबाट रोग सर्ने सम्भावना बढी भएकाले मासु पसलको आफ्नै तापक्रम, मापदण्ड र सरसफाइ हुनु जरुरी छ । बागलुङमा मासु पसलहरुले उचित मापदण्ड पूरा नगरी मासुको बिक्री वितरण गरेको पाइएको छ । उचित मापदण्डमा नचल्दा मासु पसलहरुको मनोमानीका कारण उपभोक्ताको स्वास्थ्यमाथि खोलबाड भइरहेको मासु पसलहरुको अनुगमनका क्रममा पाइएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बागलुङ नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङ र… पुरा पढौ

सहुलियत पसल पोखराको साल्ट ट्रेडिङमै छैन चिनी

लेखनाथ । पोखरा नयाँबजार निवासी प्रेमबहादुर क्षत्री दसैँका लागि चिनी खरिद गर्न सोमबार दिउँसो पोखराको पृथ्वीचोकस्थित साल्ट ट्रेडिङ कर्पोरेशनको सहुलियत पसलको बिक्री केन्द्र पुगे । तर त्यहाँ चिनी नै बिक्रीमा नभएपछि रित्तो हात घर फर्कनुपर्‍यो । “उपभोक्तालाई लक्षित गरी काठमाडौँमा सहुलियत पसलबाट चिनी बिक्री भइरहेको समाचार हेरेर पोखराको साल्ट ट्रेडिङले पनि बिक्री गरेको होला भन्दै आएको हुँ तर यहाँ चामल, नून, तेल र साबुन मात्र बिक्री भइरहेको रहेछ, मलाई चिनी चाहिएको हो”, क्षत्रीले भने, “बजारमा चिनी खरिद गर्दा व्यापारीले प्रतिकेजी… पुरा पढौ

कागबेनीलाई पुरानै लयमा फर्काइँदै,कागबेनीका बासिन्दा पुुनःनिर्माणमा जुुटे

म्याग्दी । दुुई महिनाअघिको बाढीको पीडा भुुलेर मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका बासिन्दा पुुनःनिर्माणमा जुुटेका छन् । गत साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा भौतिक संरचनामा ठूूलो क्षति पुुर्याएको थियो । गाउँपालिका, समुदाय, सुरक्षा निकाय र दाताको श्रम तथा आर्थिक सहयोग जुटाएर बाढी व्यवस्थापन गरी कागबेनीलाई पुरानै लयमा फर्काउन जुटेको कागबेनी बस्ती पुनःस्थापना तथा संरक्षण समितिका संयोजक ढारा गुरुङले बताए । “बस्तीमा पसेको बाढीको गेग्रान पन्छाउने काम जारी छ । बाढीले कटान गरेर बस्तीमा पसेको कागखोलालाई पुुरानै धारमा फर्काएर… पुरा पढौ

बागलुङका स्थानीय तहले धमाधम सडक मर्मत गर्दै

बलेवा । जिल्लाको जैमिनी नगरपालिकाले धमाधम सडक मर्मत गरिरहेको छ । वर्षामा आएको भेलबाढीले बिगारेको सडक नगरले चाडवाडलक्षित गरेर मर्मत थालेको हो । गोरेटो बाटो सरसफाइ, सवारी चल्ने सडक सरसफाइमा श्रमदान जुटाएर नगरले धमाधम काम गरिरहेको हो । सडक मर्मत र सरसफाइ गर्न सबै वडा कार्यालय सक्रिय छन् । जैमिनीमात्रै होइन जिल्लाका १० वटै स्थानीय तह दसैँअघि नै सडक सहज र सफा बनाउने काममा लागेका छन् । “चाडपर्वमा गाउँ भरिभराउ हुन्छ, धेरै मानिसले यात्रा गर्ने समय हो । यस्तो बेला… पुरा पढौ