अर्थ

पोखरामा संचालित बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

पर्यटकीय नगरी पोखरामा साहसिक खेल बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढेको पाइएको छ । पोखरा महानगरपालिका–१७ रातोपैह्रामा बञ्जी नेपालले सञ्चालनमा ल्याएको बञ्जीजम्प गर्नेमा सबैभन्दा बढी भारतीय पर्यटक रहेका छन् । गत जेठमा ५०० जनाले बञ्जीजम्प गरेकामा त्यस मध्ये ५० प्रतिशत सहासिक भारतीय पर्यटक रहेको बञ्जी नेपाल एडभेन्चर्स प्रालिका अध्यक्ष दुर्गादत्त खरेलले जानकारी दिए। एकै महिनामा कम्पनीले त्यसबाट रु ३७ लाख ५० हजारभन्दा बढी आम्दानी गर्न सफल भएको छ ।उनका अनुसार विगतको तुलनामा यस वर्षको वैशाख, जेठ र असारमा बञ्जीजम्प गर्नेको सङ्ख्यामा… पुरा पढौ

मुस्ताङबाट संकलित २२ हजार केजी फोहर पोखरा ल्याईयो

जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना जोमसोमले फोहरमैला व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको छ । मुस्ताङको घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकामा सङ्कलन भएको फोहरलाई एक्याप जोमसोमले गत वर्षदेखि व्यवस्थापन गर्न थालेको हो । एक्याप प्रमुख राजेश गुप्तका अनुसार आव २०८२÷८३ को साउनदेखि असार अन्तिमसम्म जिल्लाका तीन पालिकामा सङ्कलन गरिएको २२ हजार १८९ केजी नकुहिने विभिन्न प्रकारका फोहरलाई ट्रकमा ढुवानी गरी जिल्ला बाहिर निकासी गरेको जानकारी दिए । उनका अनुसार चालु वर्षको बाह्र महिनामा… पुरा पढौ

सात जिल्लामा बर्डफ्लु नियन्त्रणमा, चार जिल्लामा अझै बाँकी

देशका बिभिन्न ७ जिल्लामा फैलिएको बर्डफ्लु नियन्त्रणमा आएको छ । झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्डफ्लु रोग नियन्त्रणमा आए पनि अझै ४ जिल्लामा भने नियन्त्रणमा आउन सकेको छैन । पन्छीजन्य यो रोग पछिल्लोपटक ११ जिल्लामा फैलिएको थियो । पशुसेवा विभागका अनुसार काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा बर्डफ्लु नियन्त्रणमा आउन सकेको छैन । रोगलाई नियन्त्रण गर्न विभागले प्रविधिक टोली परिचालन गरी सङ्क्रमित क्षेत्रका सम्पूर्ण पन्छी, पन्छीजन्य पदार्थ तथा पन्छी उत्पादन सामग्री नष्ट गरी सुरक्षित व्यवस्थापन गरेको विभागका प्रवक्ता… पुरा पढौ

पदयात्रा पर्यटनका समस्या समाधानका लागि सरकारलाई टान गण्डकीको ८ बुँदे ध्यानाकर्षण

पोखरा, असार २१ – ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले पदयात्रा पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान र दिगो पर्यटन प्रवर्द्धनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल(गनेस) समक्ष आठ बुँदे सुझाव पेश गरेको छ।टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले मन्त्री पौडेललाई बुझाएको ध्यानाकर्षणपत्रमा पर्यटन नीति तथा कानुन सुधार, पदमार्ग संरक्षण, अवैध ट्रेकिङ नियन्त्रण, नेपाल पर्यटन बोर्डमा संस्थागत सुधार, नयाँ पदमार्गको खोजी तथा पूर्वाधार विकास, दोहोरो शुल्क अन्त्य, प्रशासनिक सरलीकरण तथा पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्न आग्रह गरिएको छ।ध्यानाकर्षणपत्रमा पर्यटन विधेयक–२०८२… पुरा पढौ

फ्लाइ दुबईको पोखरा–दुबई उडानका निम्ति-२०७७ मार्चसम्मकोे टिकट बुकिङ खुला

पोखरा,२१ असार । पोखराबाट दुबई उडानको घोषणा गरेको फ्लाइ दुबईले लामो उडान तालिका सार्वजनिक गरेको छ । सुरुमा भदौ ७ गतेदेखि एक महिनाको लागिमात्र दिनको एकपटक उडान गर्ने घोषणा गरेको फ्लाइ दुबईले सन् २०२७ को माच २६ सम्मकै बुकिङ खुला गर्दै उडान दीर्घकालीन बनाउने छनक दिएको हो । फ्लाइ दुबईका नेपालस्थित जनरल म्यानेजर नवराज शाहीले पोखरा उडानलाई दिगो बनाउने गरी काम सुरु भएको बताए ।‘हप्तामा ४ उडानबाट सुरु भएको काठमाडौं–दुबई उडान अहिले दिनमै ४ वटामा आएको छ,’उनले भने,‘हामी पोखरामा पनि तीतो… पुरा पढौ

लेखनाथ उद्योग वाणिज्य संघको ३०औँ स्थापना दिवस सम्पन्न, व्यवसायमैत्री नीति र औद्योगिक विकासमा जोड

गण्डकी प्रदेशकी उद्योग तथा पर्यटन मन्त्री यसोदा रिमालले निजी क्षेत्रको सक्रिय सहकार्यबिना सरकार सफल हुन नसक्ने बताएकी छन्। राष्ट्रको आर्थिक समृद्धिको प्रमुख आधार निजी क्षेत्र नै भएकाले सरकार र निजी क्षेत्रबीच विश्वास, सहकार्य र साझेदारी अझ सुदृढ हुनुपर्नेमा उनले जोड दिइन् ।लेखनाथ उद्योग वाणिज्य संघको ३०औँ स्थापना दिवस तथा २९औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मन्त्री रिमालले उद्योग, व्यापार, पर्यटन र कृषिको समन्वित विकासबाट मात्रै प्रदेश र देशको आर्थिक अवस्था मजबुत बन्न सक्ने धारणा व्यक्त गरिन्। उनले निजी… पुरा पढौ

पोखरामा उत्कृष्ट कफि कृषक सम्मानित,बाँदरले क्षति पुर्‍याउने क्षेत्रमा कफि खेती गर्न सुझाव

नेपाली कफीको राष्ट्रिय प्रदर्शनी एवम् कफी कपिङ च्याम्पियनसिप पोखरामा सम्पन्न भएको छ । नेपाल सरकार राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय पोखराको आयोजना तथा पोखरा महानगरपालिका र कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको प्रवर्द्धनमा सो एक दिने कार्यक्रम आयोजना गरिएको थियो ।कार्यक्रमको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे । त्यस अवसरमा मुख्यमन्त्री पाण्डे, गण्डकी प्रदेशका कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री भीमबहादुर कार्की र पोखराका मेयर धनराज आचार्यले कफि कपिङमा उत्कृष्टता हासिल गर्ने उद्यमी तथा कृषकहरूलाई नगद… पुरा पढौ

पोखरामा आयोजित रोजगार मेलामा जागिर खोज्नेहरुको लर्को

पोखरा,१९ असार । पोखरामा शुक्रबार आयोजना भएको रोजगार मेलामा जागिरमा भाग्य अज्माउनेहरुको ठूलो भिड देखियो । पोखरा महानगरपालिकाको प्रवद्र्धन एवं पोखरा उद्योग वाणिज्य संघ तथा ग्रोथ सेलर्स प्रालिको आयोजनामा भएको मेलामा सयौंले जागिर पनि सुनिश्चित गरे ।पोखरा महानगरपालिकाअन्तर्गत व्यवसाय प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज अधिकारीका अनुसार पोखरा जब फेयर २०२६ मा आफूले चाहेको जागिरका निम्ति अनलाइनबाट पनि आवेदन माग गरिएीको थियो । उनका अनुसार करिव १८ सय जनाले अनलाइनबाट आवेदन दिएका थिए भने ५ हजारको हाराहारीमा युवायुवतीहरु त्यहाँ रहेका ५१… पुरा पढौ

‘एलजी एसेन्सियल सिरिज’ पोखरामा पनि सार्वजनिक

पोखरा, असार १९ – एलजी इलेक्ट्रोनिक्सले नेपाली उपभोक्ताको आवश्यकता र जीवनशैलीलाई लक्षित गर्दै ‘एलजी एसेन्सियल सिरिज’ अन्तर्गतका नयाँ घरेलु उपकरण सार्वजनिक गरेको छ। कम्पनीले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा पोखरामा आयोजित विशेष कार्यक्रममा उक्त उत्पादन शृंखलाको औपचारिक अनावरण गरेको हो। कार्यक्रममा कम्पनीका जनरल म्यानेजर सन्देश भुर्तेल, जीको पोखराका लागि आधिकारिक विक्रेता न्यू साण्ड एण्ड भिजनका सञ्चालक मनोहर श्रेष्ठ, डेपुटी जनरल म्यानेजर सचिन गुप्ता लगायतले अनावरण गरेका थिए।‘हरेक घरको खुसी, घर–घरमा एलजी’ अभियानअन्तर्गत सार्वजनिक गरिएको नयाँ शृंखलामा आधुनिक प्रविधि, उच्च… पुरा पढौ

तल्लो सेती जलविद्युत् आयोजना निर्माणका लागि जग्गा अधिग्रहण सुरु

अमेरिकी डलर २२७ मिलियनको लागतमा तनहुँमा निर्माण हुन गइरहेको १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजनाको जग्गा अधिग्रहणका लागि क्षतिपूर्ति निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको अध्यक्षतामा हालै बसेको मुआब्जा निर्धारण समितिको बैठकले आयोजनाका लागि अधिग्रहण गरिने जग्गामा रहेका संरचनाको मुआब्जा निर्धारण गरेको हो । विद्युत्गृह, कार्यालय भवन, कर्मचारी आवास तथा अन्य संरचना निर्माणका लागि अधिग्रहण गरिने जग्गामा रहेका घर, गोठ, टहरा तथा अन्य संरचनाको क्षतिपूर्ति निर्धारण गरिएको तल्लो सेती जलविद्युत आयोजनाका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए… पुरा पढौ