अर्थ

पोखरा महानगरको बजेट ७ अर्ब १५ करोड १५ लाख

असार १० पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि सवा ७ अर्बको बजेट ल्याएको छ । महानगरपालिकाको १३ औं नगरसभामा आईतबार उप–प्रमुख मञ्जुदेवी गुरुङले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ७ अर्ब १५ करोड १५ लाख १७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् । यो चालु वर्षको भन्दा १ अर्ब ६२ करोड ६० लाख रुपैयाँ बढी हो । चालु आर्थिक वर्षमा पोखरा महानगरपालिकाको बजेट ८ अर्ब, ७७ करोड ७५ लाख रुपैयाँको छ । महानगरको आईतबार प्रस्तुत बजेटमध्ये सङ्घीय सरकार… पुरा पढौ

पशुपतिनाथ मन्दिरको सुनको जलहरी जोख्नका लागि निकालियो

असार १० काठमाण्डौ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पशुपतिनाथ मन्दिरको सुनको जलहरी जोख्नका लागि निकालेको छ । आइतबार साँझ पशुपतिनाथ मन्दिरको जलहरी अख्तियारको टोलीले जलहरी बाहिर निकालेर जोख्न थालेको हो । मन्दिरबाट निकालिएको जलहरीलाई सेतो कपडाले छोपेर मन्दिर परिसरमा राखी जोख्ने काम भइरहेको छ । झन्डै एक क्विन्टलको जलहरी विभिन्न भाग मिलाएर जडान गरेकाले टुक्रा–टुक्रा पारेरमात्रै निकाल्न सकिन्छ । नापजाँचको दृश्य रेकर्डका लागि अख्तियारको टोलीले अस्थायीरूपमा सीसीटीभी क्यामरा जडान गरेको छ भने काठमाण्डौ महानगरपालिकाको वडाका प्रतिनिधि, प्रहरी वृत्त गौशालाको टोली,… पुरा पढौ

पोखरा महनगरको नीति तथा कार्यक्रम: ‘समुन्नत पर्यटकीय पोखरा’

गण्डकी । कास्कीको पोखरा महानगरपालिकाले समुन्नत पर्यटकीय पोखराको लक्ष्य हासिल गर्ने उद्देश्यसहित आर्थिक वर्ष २०८०÷८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । महानगरपालिकाको आगामी आवको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरपालिकाका प्रमुख धनराज आचार्यले समुन्नत पोखरा निर्माणको लक्ष्यसहित थालिएका असल अभ्यासलाई अनुशरण गर्दै ‘समुन्नत पोखराको आधार, सवल अर्थतन्त्र र पूर्वाधार’ भन्ने नाराका साथ अघि बढिएको बताए । विकास आयोजना निर्धारित समयमा नै सम्पन्न नहुने र तोकिएको भन्दा बढी लागत लाग्ने अवस्था न्यूनीकरण गर्न आयोजनाको प्रारम्भिक चरणदेखि नै… पुरा पढौ

सडक विस्तारको कामले मासियो सम्पदा

बागलुङ । बाङ्गेचौरदेखि उपल्लाचौर जाने सडक विस्तारको काम भइरहेको छ । सडक निर्माण मापदण्ड अनुसार उपल्लोचौरसम्म सडक विस्तार गर्दा एकदर्जन चौतारी र वरपिपल मासिनेछन् । बागलुङ नगरपालिका–१ रामरेखाको बाङ्गेचौर नजिकै रहेकोे एक सय ५० वर्ष पुरानो चौतारीसँगैको वरपिपल यसैसाता सडक विस्तारका क्रममा ढलाइएको छ । उक्त चौतारी यस क्षेत्रको पुरानो चौतारी थियो । एक सय ५० वर्षअघि जिजु हजुरबुबाले चौतारा निर्माण गरी वरपिपल लगाएको स्थानीय ८७ वर्षीय दुर्गाबहादुर आचार्यले स्मरण गर्नुभयो । उहाँले पुरानो पुर्खालको सम्झाना सडक विस्तारका क्रममा ढलेको… पुरा पढौ

नेप्से परिसूचक ६२ अङ्कले बढ्दा करिब साढे छ अर्बको कारोबार

काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव तीन प्रतिशत अर्थात् ६२ दशमलव २१ अङ्कले बढेर दुई हजार एक सय १७ दशमलव ७३ अङ्कमा कायम भएको भएको हो । नेप्सेका अनुसार आज दुई सय ७५ कम्पनीको एक करोड ४७ लाख ५१ हजार दुई सय ४७ कित्ता शेयर ९० हजार दुई सय ४९ पटक खरिद–बिक्री हुँदा रू छ अर्ब ४९ करोड चार लाख १२ हजार छ सय ६५ बराबरको कारोबार भएको… पुरा पढौ

लेखनाथ उद्योग वाणिज्य संघ र व्यवसायीहरु विच छलफल तथा अन्तरक्रिया

पोखरा । यहि असार ६ गते देखि लेखनाथ उद्योग वाणिज्य संघले बजारका विभिन्न व्यवसायी र बजार ब्यवस्थापन समितिसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्दै आएको छ । व्यवसायीका समस्या, गुनासाहरुमा कार्यक्रम गर्दै ब्यवसायिका साझा समस्यालाई नितीगत रुपमा नै समाधान देखि सम्वन्धित निकायमा ध्यानाकर्षण गराउने उद्देश्यले टोल टोलमा गई सुझाव संकलन तथा अन्तरक्रया अभियान संचालन गरिएको हो । संघद्धारा गठित बजार ब्यवस्थापन समितिको अग्रसरमा मुख्य मुख्य बजार केन्द्रमा पुगी ब्यवसायिसगँ अन्तरक्रिया गर्दै त्यहाँ देखिएका समस्यलाई लिपिबद्ध गर्दै नितीगत रुपमा के गर्न सकिन्छ… पुरा पढौ

१० स्थानीय तहले ल्याए बजेट, बाँकीको भोलि

काठमाण्डों । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ७५३ मध्ये १० स्थानीय तहले बजेट सार्वजनिक गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहले प्रत्येक वर्षको असार १० गतेअघि नै वार्षिक बजेट ल्याउनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार हालसम्म १० स्थानीय तहले बजेट सार्वजनिक गरिसकेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ । बाँकी ७४३ स्थानीय तहले आइतबार बजेट सार्वजनिक गर्नेछन् । मन्त्रालयका अनुसार कोशी प्रदेशका दुई, मधेस प्रदेशका एक, बागमती प्रदेशका एक, गण्डकी प्रदेशका चार र सुदूरपश्चिम… पुरा पढौ

पोखरामा सीजी मोटर्सको शोरुमको शुभारम्भ , नेपालकालागि चीनिया राजदूतद्वारा ट्याक्सी हस्तान्तरण

पोखरा । पोखरामा सीजी मोटर्सको शोरुमको शुभारम्भ गरिएको छ। पोखराको अर्चलबोट चोकमा खुलेको उक्त शोरुमको नेपालकालागि चिनिया राजदूत चेन सोङले उद्घाटन गरेका हुन् । उद्घाटनपछि राजदूत सोङले सीजी मोटर्सलाई सफलताको शुभकामना दिदै नेपाल तथा चीन बिचको अटुट सम्बन्धमा जोड दिए।समारोहमा सीजी मोटर्स प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले अब पोखरावासीले समेत सहज रुपमा नेटा भी को अनुभव गरी खरिद गर्न सक्ने बताए।उक्त कार्यक्रममा पोखराका लागि पहिलो ईभी ट्याक्सी साथै, पहिलो विद्युतीय माइक्रो भ्यानको राजदूत सोङले हस्तान्तरण गरे। पियोर ईभी प्लाटफर्ममा बनेको… पुरा पढौ

महेन्द्र मावि घार्मीमा रोटरी क्लब अफ पोखरा न्यूरोडको सहयोग

पोखरा । रोटरी क्लब अफ् पोखरा न्यूरोडले, पोखरा १९ घार्मीमा रहेको महेन्द्र मा।वि लाई विविध सामग्री हस्तान्तरण गरेको छ। विद्यालयमा आयोजित एक कार्यक्रमका बिच क्लवले विद्यार्थीका लागि स्टेशनरी सामाग्रि, सेनेटरी प्याड तथा पर्शनल हाइजिन किड सामाग्रीहरु प्रदान गरेको हो। क्लब अध्यक्ष गिता देवकोटा सिग्देलको अध्यक्षतामा भएको सो कार्यक्रममा विध्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुष्ठ पौडेल प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले रोटरी क्लबले विध्यालयको शैक्षिक विकासको लागि समय समयमा प्रदान गर्दै आएको सहयोगले विद्यालयले ठूलो फड्को मारेको… पुरा पढौ

सुनचाँदीको भाउ घट्यो, कतिमा हुदैँ छ कारोबार हेर्नुहोस ?

सुनचाँदीको भाउ आज शुक्रवार पनि घटेको छ । आज सुन तोलामा सात सय रुपैयाँले घटेर एक लाख नौ हजार आठ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा २५ रुपैयाँले घटेर चाँदी एक हजार तीन सय ३५ रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ । पुरा पढौ