अर्थ

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा सवित्रा भण्डारीलाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा आयोजित ‘सातौं पोखरा स्पोर्टस् अवार्ड २०७९’ मा वर्ष उत्कृष्ट खेलाडी (महिला) हुन सफल सवित्रा भण्डारीलाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको छ । अवार्डमा उत्कृष्ट भएकी भण्डारीलाई पुरस्कार स्वरुप टेल्जी नेपालको टाइगर इलेक्ट्रिक स्कुटर आइतबार ९आज० हस्तान्तरण गरिएको हो । अवार्ड घोषणाको दिन भण्डारी भारतमा लिग खेल्दै रहेकाले उनलाई आज हस्तान्तरण गरिएको मञ्चले जनाएको छ । वार्षिकरुपमा मञ्चले आयोजना गर्ने स्पोर्टस् अवार्डमा विभिन्न ७ वटा विधामा उत्कृष्ट अवार्ड वितरण गरेको थियो । जसमा लाइफटाइम अचिभमेन्ट… पुरा पढौ

फेवाफांटका स्थानियद्धारा पोखरा महानगरमा धर्ना

पोखरा । फेवाफांटका स्थानियले पोखरा महानगरमा धर्ना दिएका छन । फेवाफांटका स्थानियहरुले फेवाफांट संघर्ष समिति बनाएर पोखरा महानगरले कोहीलाई काखा र कोहीलाई पाखा गरेको भन्दै फेवाफांटमा वर्षौदेखी खेती गर्दै आएका स्थानियहरुले महानगरमा नाराबाजी सहित धर्ना दिएका हुन । फेवाफांटको जग्गालाई पोखरा महानगरपालिकाले आबास र कृषि गरी छुट्याइरहदा आबासमा परेका ब्याक्तिहरुले प्लटिङ गरेकै कारण कृषियोग्य जग्गा डुवानमा परेको भन्दै महानगरमा ध्यानाकर्षण सहित धर्ना दिएका हुन । महानगरले आबास र कृषि गरी जग्गा छुट्याइएकै कारण आबासमा परेकाहरुले धमाधम माटो पुरेर प्लटिङ गरिरहेकाले… पुरा पढौ

लायन्स डिस्ट्रिक्ट ३२५ ‘एम’ को चौथो क्याबिनेट बैठक घान्द्रुकमा सम्पन्न,उत्कृष्टलाई अवार्ड

पोखरा । लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ‘एम’को चौथो क्याबिनेट बैठक घान्द्रुकमा सयौं लायन मेम्बरहरुको सहभागिता शुक्रबार सम्पन्न भएको छ । होस्ट क्लब लायन्स क्लब अफ पोखरा लेकसाइडको उत्कृष्ट संयोजनमा वर्षभरका उत्कृष्ट लायनकर्मी तथा क्लबहरुलाई अवार्ड प्रदान गरी कार्यक्रम समापन भएको होस्ट क्लबका प्रेसिडेन्ट लायन कृष्णकुमार श्रेष्ठले जानकारी दिए । डिस्ट्रिक्ट ३२५ ‘एम’ अन्तर्गत नेपालभर १ सय ४० क्लब छन् । जसमा ३ हजार २ सय २२ जना मेम्बर आबद्ध भइसकेका छन् । डिस्ट्रिक्ट गभर्नर लायन महेन्द्र पौडेलले २०२२ जुलाई… पुरा पढौ

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४० दशमलव ४८ अङ्कले उकालो लागेर एक हजार नौ सय ८० दशमलव शून्य नौ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव १० अङ्कले उकालो लागेर तीन सय ७० दशमलब ५२ अङ्कमा पुगेको छ । कारोबार भएका कूल १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । नेप्सेका अनुसार कूल ९५ लाख… पुरा पढौ

बैदाममा कम्पोष्ट विन वितरण तथा कौशी खेती अभिमुखिकरण

पोखरा, जेठ २८ । “घरको फोहोर घरमै मोहोर अर्गानिक खानपान स्वाथ्थ जिवन” भन्ने नारालाई आत्मसाथ गर्दै पोखरा महानगरपालिका पशु तथा कृषि महाशाखाको आयोजना र वडा स्तरीय कृषि सञ्जाल पोखरा महानगर पालिका वडा ६ बैदामको समन्वयमा पोखरा ६ बैदाममा कम्पोष्ट बिन र कुटो वितरण गरिएको छ । पोखरा महानगर पालिका वडा न ६ मा रहेका आमा समुह, टोल विकास र कृर्षि सञ्जालका सदस्यहरुलाई कौशि खेति अभिमुखिकरण सहित करिब ६० वटा कम्पोष्ट विन र कृर्षि औजार कुटो शनिबार वितरण गरिएको थियो ।कार्यक्रमको… पुरा पढौ

पोखराका मेकानिक्सलाई निःशुल्क टि.टि खोप

गण्डकी अटो मेकानिकल वक्र्स एशोसिएसनले मेकानिक्सहरुलाई निशुल्क टि।टि खोप सहित स्वास्थ्य सचेतना कार्यक्रम गरेको छ । एशोसिएसनले पश्चिमाञ्चल सामूदायिक अस्पतालको सहकार्यमा मेकानिक्सहरु धेरै रहेको स्थान, पृथ्वीचोक बसपार्क, औधोगिक क्षेत्र,बाग्लुङ्ग बसपार्क र याम्दीमा घुम्ती शिविर मार्फत ४८६ जनालाई निःशुल्क खोप लगाइएको अध्यक्ष सन्तोषकुमार मिश्रले जानकारी दिए । प्राणघातक रोगको रुपमा धनुष्टङ्गकारलाई लिने गरिएको धातुका कारण शरीरको कुनै पनि भागमा रगत आउने गरी काटेमा सो बाट शरीरभरि फैलन गई शरीर बाङ्गीने लामो समय उपचार गराउँदा धेरै खर्च हुने हुदाँ टिटानसको खोप प्रभावकारी… पुरा पढौ

बजेटले अर्थतन्त्रका यथार्थलाई स्वीकार गर्दैन : पूर्वअर्थमन्त्री पौडेल

पूर्वअर्थमन्त्री एवम् सांसद विष्णुप्रसाद पौडेलले सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेटले अहिलेको आर्थिक मन्दीको यथार्थलाई स्वीकान गर्न नसकेको र नीति तथा कार्यक्रमसँग सामञ्जस्यता कायम गर्न नसकेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा सांसद पौडेलले बजेटका सिद्धान्त र प्राथमिकता र नीति तथा कार्यक्रममा राखिएका योजना बजेटमा नपरेको बताएका हुन्। “यो बजेटले सिद्धान्त तथा प्राथमिकता, नीति तथा कार्यक्रमका बीचमा कुनैपनि प्रकारको सङ्गति र तादत्म्यता राखेको छैन । एक… पुरा पढौ

फेवाफाँटमा पोखरा महानगरको दुइथरी भु उपयोग नितीका कारण स्थानिय आक्रोसित

पोखरा । फेवा फांटलाई सिमसार भनिएपनि पोखरा महानगरले आवास र कृषि प्रयोजन भनेर छुट्याएपछि स्थानिय आक्रोसित बनेका छन । महानगरले कोहीलाई काखा कोहीलाई पाखा गरेको भन्दै उनीहरुले महानगरविरुद्ध आन्दोलन गर्ने सम्मको तयारी गरेका छन । सिमसार भनिएर रोकिएको फेवा फांट पोखरा महानगरमा धनराज आचार्य निर्वाचित भएर आएपछि कुनै जग्गालाई आवास र कुनैलाई कृषि भनेर छुट्याइ केही ब्याक्तिहरुले धमाधम जग्गामा माटोले पुरेर प्लटिङ गरेपछि स्थानियको जग्गा होचो भागमा परि वर्षायाममा पानी जमेर खेतीगर्न समेत नमिलेको उनीहरुको महानगर समक्ष गुनासो छ ।… पुरा पढौ

मिलेनियम ट्रेकको प्रवद्र्धन टोली सादीखोलामा

गण्डकी । सहश्राव्दी पदमार्ग(मिलेनियम ट्रेक) को पुनः प्रवद्र्धन एवम् बजारीकरणको लक्ष्यका साथ शुक्रबारदेखि हिडेको टोली आज पदमार्ग क्षेत्रको सादीखोलामा पुगेको छ । मिलेनियम ट्रेक व्यवस्थापन समितिको आयोजना एवम् नेपाल पर्यटन बोर्डको सह आयोजना एवम् प्रवद्र्धनमा सात दिने कार्यक्रमका साथ हिडेको टोलीले शुक्रबार तनहुँको दुलेगौडाबाट आफ्नो यात्रा सुरु गरेको थियो । शुक्रबार पदमार्ग क्षेत्रका धार्मिक पर्यटकीय स्थल ढोरबराह मन्दिर, ऐतिहासिक ढोरमूलकोट दरबार क्षेत्रको स्थलगत अवलोकन गरेको टोली साँझ रजस्थल सामुदायिक होमस्टेमा बसी होमस्टे सञ्चालक एवम् सरोकारवालासँग अन्तरक्रिया गरेको थियो । शनिबार… पुरा पढौ

अव्यवस्थित ग्रामीण सडकले कुरुप बन्दै गाउँ

ढोरपाटन । एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्र मोटरबाटोले जोडिएका थिएनन् । बजारबाट सामान ओसारपसार गर्न घोडा, खच्चड र भरियाको प्रयोग गरिन्थ्यो । टाढाको यात्रा पनि हिँडेरै पार गर्नुपर्ने बाध्यता थियो । स्थानीय सरकारको स्थापनापछि सडक सञ्जाल विस्तार पहिलो प्राथमिकतामा पर्ने गरेको छ । अहिले दूरदराजका गाउँ तथा बस्ती–बस्तीमा सडक पुगेको छ । सडकले ग्रामीण जनजीवनमा आएको परिवर्तनसँगै विनाशको जोखिम पनि बढे्को स्थानीय बताउँछन् । हिउँदको समयमा धमाधम सडक निर्माण हुन्छन् । बर्खाको समय ती सडकमा ठूलाठूला पहिरो जाँदा मानवीय… पुरा पढौ