अर्थ

गण्डकी प्रदेशको बजेट ३३ अर्ब ४२ करोड ७२ लाख

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करीब साढे ३३ अर्बको बजेट घोषणा गरेको छ । गण्डकी प्रदेश सरकारका तर्फबाट अर्थमन्त्री जितप्रकाश आलेले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट घोषणा गरेका हुन् । यो अघिल्लो वर्षको भन्दा २ अर्ब ४८ करोड १८ लाखले कमी हो । पुरा पढौ

बालबालिका र ज्येष्ठ नागरिकलाई ओपिडी सेवा र प्रयोगशालामा निःशुल्क गर्न बजेट विनियोजन

गण्डकी प्रदेश सरकारले बालबालिका र ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचारका लागि बजेट विनियोजन गरेको छ । गण्डकी प्रदेश सरकारका तर्फबाट प्रदेश अर्थमन्त्री जितप्रकाश आलेले १० वर्ष मुनिका बालबालिका तथा ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई प्रदेश मातहतका अस्पताल तथा स्वास्थ्य सेवा केन्द्रहरुमा निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचारका लागि आवश्यक बजेट विनियोजन गरेको बताए । उनका अनुसार उनीहरुको ओपिडी सेवा र प्रयोगशाला परीक्षण निःशुल्क प्रदान गर्न बजेट विनियोजन गरिएको हो । पुरा पढौ

प्रादेशिक औद्योगिक क्षेत्र स्थापनाका लागिपनि बजेट छुट्टियो

गण्डकी प्रदेश सरकारले प्रादेशिक औद्योगिक क्षेत्र स्थापनाका लागि बजेट विनियोजन गरेको छ । गण्डकी प्रदेश सरकारका तर्फबाट प्रदेश अर्थमन्त्री जितप्रकाश आलेले प्रादेशिक औद्योगिक क्षेत्र स्थापनाका लागि प्रस्तावित कास्कीको पुँडीटार र नवलपुरको लौकाहा खोलामा औद्योगिक क्षेत्र स्थापनाका लागि आवश्यक बजेट विनियोजन गरिएको बताए । विनियोजित बजेटबाट ती क्षेत्रमा औद्योगिक क्षेत्र स्थापनाका लागि वातावरणीय सम्भाव्यता अध्ययन, जग्गाको भोगाधिकार प्राप्ती र पूर्वाधार निर्माणका लागि खर्च गरिने अर्थमन्त्री आलेले बताए । त्यस्तै, गोरखाको च्याङलिङमा औद्योगिक क्षेत्र स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने उनले बताए । पुरा पढौ

गण्डकी सरकारले छुट्यायो गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्न बजेट

गण्डकी प्रदेश सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्न बजेट विनियोजन गरेको छ । गण्डकी प्रदेश सरकारका तर्फबाट प्रदेश अर्थमन्त्री जितप्रकाश आलेले औषधीजन्य तथा उद्योगजन्य कच्चा पदार्थको रुपमा रहेको गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्न आवश्यक बजेट विनियोजन गरिएको बताए । तर कति बजेट भन्ने उनले खुलाएनन् । पुरा पढौ

गण्डकी प्रदेशको बजेट : बाँझो खेतमा खेती गर्न १ करोड ५२ लाख विनियोजन

पोखरा, असार १ गण्डकी प्रदेश सरकारले बाँझो खेतमा खेती गर्न डेढ करोड रुपैयाँ विनियोजन गरेको छ । गण्डकी प्रदेश सरकारका तर्फबाट प्रदेश अर्थमन्त्री जितप्रकाश आलेले आगामी आर्थिक वर्ष २०८०÷८१ मा बाँझो खेतमा खेती गर्न १ करोड ५२ लाख रुपैयाँ बिनियोजन गरिएको बताए । स्थानिय तहसँगको साझेदारीमा भूमि बैंकको अवधारण लागु गरी बाँझो खेतमा खेती गर्नका लागि ‘प्रदेश सरकारको साझेदारी, बाँझो रहन्न खेतबारी’ भन्ने अभियान सञ्चालन गरिने उनले बताए । अभियान अन्तर्गत बाँझो रहेको खेतबारीमा खेती गर्न किसानलाई प्रोत्साहन गरिने अर्थमन्त्री… पुरा पढौ

सुनचाँदीको भाउ बढ्यो

सुनचाँदीको भाउ आज बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ८ सय र चाँदी २० रुपैयाँले बढेको छ ।सुनको भाउ आज तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँमा पुगेको छ । यस्तै, चाँदी आज तोलाको १ हजार ४ सय २५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । पुरा पढौ

माल्ट स्वादमा भारतमा बनेको पेय पदार्थ ‘बि फिज’ नेपाल भित्रियो

पोखरा, जेठ ३२ माल्ट स्वादमा बनेको पेय पदार्थ ‘बि फिज’ नेपाल भित्रिएको छ । भारतको सबैभन्दा ठूलो पेय पदार्थ कम्पनी पार्ले एग्रोले उत्पादन गरेको ‘बि फिज’ नेपाली बजारमा भित्रिएको हो । स्याउको स्वादमा रहेको यो पेय पदार्थ अद्वितीय र स्फूर्तीदायी रहेको कम्पनीको दाबी छ । नेपालमा पहिलो पटक भित्रिएको ‘बि फिज’ स्वादयुक्त कार्बोनेटेड पेय पदार्थ भएकाले स्वादमा नयापन थप्ने उत्पादक कम्पनी पार्ले एग्रोले जनाएको छ । कम्पनीका अनुसार ‘बि फिज’ नया स्पार्कलिङ फ्रुट ड्रिङ्क अर्थात फलफुलको जुस हो । यसै… पुरा पढौ

नेप्से परिसूचक पाँच अङ्कले उकालो लाग्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच अङ्कले उकालो लागेर दुई हजार ४२ दशमलव शून्य सातमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३० अङ्कले ओरालो लागेर तीन सय ८३ दशमलव ३९ अङ्कमा सिमित भएको छ । कारोबार भएका कूल १३ उपसमूह मध्ये छ उपसमूहको शेयर मूल्य उकालो लाग्दा सात उपसमूहको शेयर मूल्यमा भने गिरावट भएको छ । कूल ७८… पुरा पढौ

वडा न.४ लाहाचोकमा अन्तरक्रिय

माछापुच्छ्रे गाउँपालिका वडा ४, वडा कार्यालयले वुधवार आ.व ०८०/८१ को योजना तर्जुमा विशेष अन्तरक्रिय कार्यक्रम गरेको छ । उक्त अवसरमा आ.व ७९/८० मा सञ्चालित वार्षिक योजनाहरुको पनि समिक्षा गरिएको थियो । योजनाको प्राथमिकीकरणका आधारमा अल्प, मध्य र दीर्घकालिन योजना पहिचान गरि विषयगत वडा स्तरीय विज्ञ समुहको सहकार्यमा वडाको योजना अगि बडने अध्यक्ष मधुसुधन अधिकारीले जानकारी दिए । पालिकाबाट वडाका लागि गत आ.वमा ८० लाख बजेट बिनियोजन भएकोमा यस आ.वमा मात्र ५३ लाख बिनियोजन भएको बताए । कार्यक्रमका बीच नेपाली कांग्रेसका… पुरा पढौ

सुनचाँदीको भाउ घट्यो

सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घटेको छ । साताको पाँचौँ दिन सुनको भाउ आज ८ सय रुपैयाँले घटेर १ लाख ११ हजार रुपैयाँमा झरेको हो। यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । तोलामा २० रुपैयाँले घटेर चाँदी आज १ हजार ४ सय ५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । पुरा पढौ