अर्थ

दैनिक एक सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै

मुग्लिन–पोखरा खण्डअन्तर्गत पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क ‘डिजाइन’को मादी पुल निर्माणले तीव्रता पाएको छ । दैनिक एक सय ३० कामदार खटाएर उक्त पुल तीव्र गतिमा निर्माण गरिँदै छ । पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले पुल कलात्मक आर्क डिजाइनमा निर्माण गर्न लागिएको हो । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माणाधीन चार लेनको पुलमा दैनिक एक सय ३० जना कामदार परिचालन गरिएको आयोजनाका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार यातायात आवागमनका लागि मात्रै नभई पर्यटकलाई पनि आकर्षित गर्ने उद्देश्यले… पुरा पढौ

होटल संघको ४३ औं वार्षिक साधारण सभा सम्पन्न,दिगो पर्यटकीय गन्तव्य विकासमा सम्झौता

पोखरालाई दिगो पर्यटकीय गन्तव्यका रुपमा बिकास गर्ने उद्धेश्यले एक सम्झौंता भएको छ । होटल संघ पोखरा नेपाल र संयुक्त समाज नेपालविच पोखरालाई दिगो पर्यटकीय क्षेत्रका रुपमा स्थापित गर्न सहयोग पुर्याउने उद्देश्यले सम्झौता गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।यसमा दिगो परियोजना स्वीस कन्ट्याक्ट नेपालको प्राविधिक सहयोग रहने बताइएको छ ।संघको ४३ औं वार्षिक साधारण सभाका अवसरमा मंगलबार दुवै पक्षबिच सो सम्झौंता भएको हो । यसअघि होटल संघ पोखरा नेपालको ४३ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै संघका संस्थापक अध्यक्ष हरिध्वज… पुरा पढौ

युके पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ

वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै रु ५२ लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१५ घर भई हाल काठमाडौँ महानगरपालिका–१२ बस्ने ५० वर्षीय लालबहादुर बराइली पक्राउ परेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार बराइलीले एक जना पीडितलाई रोजगारीका लागि युके लैजाने भन्दै रु ५२ लाख रकम लिई लामो समयसम्म झुक्याएर राखी युके नपठाई सम्पर्कविहीन भएका उजुरीका आधारमा निजलाई पक्राउ गरिएको हो । पक्राउ परेका बराइलीलाई थप अनुसन्धान… पुरा पढौ

भारतीय ‘टुर अपरेटर’ टोली पोखरामा

पोखरामा रहेको १२ सदस्यीय भारतीय ‘टुर अपरेटर र सोसल मिडियाकर्मीको टोलीले पर्यटकीय गन्तव्य बेगनास ताल क्षेत्रको अवलोकन गरेको छ । पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा पर्यटन परिषद्, गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालय, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोडको आयोजना भोलि पोखरामा हुने ‘टुरिजम मिट’ मा सहभागी हुन पोखरा आएको हो ।टोलीलाई सोमबार पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाको नेतृत्वमा सुनौली नाकामा स्वागत गर्र्दै स्थलमार्गबाट चितवन हुँदै सौराहा ल्याइएको थियो । गन्तव्य प्रवर्द्धन कार्यक्रमअन्तर्गत भारतीय टोलीलाई होटल सङ्घ नेपाल… पुरा पढौ

सुनचाँदीको मूल्य बढेको बढ्यै

सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा आज सुन तोलामा रु ७०० सय र त्यतिनै परिमाणको चाँदी रु १७० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५९ हजार ७०० कायम भएको छ भने एक तोला चाँदीको मोल रु चार हजार ५५ निर्धारण भएको छ ।मङ्गलबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५९ हजार निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ८८५ मा कारोबार भएको थियो ।… पुरा पढौ

१४ औं पोखरा महोत्सवको सह प्रायोजकमा सिटिजन फर्निचर

पोखरा । १४ औं संस्करणको पोखरा महोत्सवको सह प्रायोजकमा रहेर सिटिजन फर्निचरले साथ दिने भएको छ । युनाईटेड क्लब पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ औं संस्करणको पोखरा महोत्सवमा पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको सिटिजन फर्निचरले सह प्रायोजकको भुमिकामा रहेर साथ दिने भएको हो । मंगलबार सिटिजन फर्निचरका सञ्चालक दीपक कार्की र युनाईटेड क्लबका प्रथम उपाध्यक्ष शान्त बहादुर थापा, कोषाध्यक्ष जयराम आचार्य र कार्यसमिति सदस्य पूर्ण कुमार श्रेष्ठ बिच… पुरा पढौ

२१औं लेखनाथ महोत्सव पर्सीदेखि, तयारी पूरा

लेखनाथ, १ पुस ।लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष ३ गते देखि १४ गते सम्म आयोजना गरेको २१ औ संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ भन्ने नाराको साथ आयोजना गर्न लागिएको महोत्सवको तयारी पुरा भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ । पत्रकार सम्मेलनमा संघका अध्यक्ष एवं महोत्सवकी मूल संयोजक जानुका पराजुली अधिकारीले जेनजी आन्दोलनबाट प्रभावित भएको उद्योग तथा व्यवसायलाई प्रबद्र्धन गर्ने उद्धेश्यले वर्तमान विषम आर्थिक अवस्थाका… पुरा पढौ

गण्डकी प्रदेशका दुई औद्योगिक क्षेत्रको ‘इआइए’ स्वीकृत

गण्डकी प्रदेश सरकारले कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलामा निर्माण गर्न लागिएको औद्योगिक क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कन इआइए स्वीकृत गरेको छ । ‘इआइए’ स्वीकत गरेसँगै औद्योगिक क्षेत्र निर्माणका लागि जग्गाको भोगाधिकार लिने प्रक्रिया अगाडि बढेको छ । परामर्शदाता कम्पनी गौमुखीले ‘इआइए’को जिम्मा पाएको थियो ।‘इआइए’को प्रक्रिया लम्बिँदा औद्योगिक क्षेत्र निर्माणमा ढिलाइ भएको थियो । आठ वर्षअघि प्रदेश सरकारले पुँडीटार र लोकाहाखोलामा औद्योगिक क्षेत्र निर्माणको घोषणा गरेको थियो । प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको उद्योग–वाणिज्य महाशाखाका प्रमुख महराज ढकालले दुवै जिल्लाका डिभिजन… पुरा पढौ

सडक महोत्सवको प्रचार गर्दै पोखरेली चितवनमा

पोखरा सडक महोत्सवको प्रचारप्रसार गर्दै पुर्व कोशी प्रदेश पुगेका पर्यटन तथा होटल व्यवसायी चितवन फर्किएका छन् । पर्यटन क्षेत्रको विकासका लागि पोखरामा यही पुस १३ गतेदेखि १७ गतेसम्म फेवाताल किनारमा सडक महोत्सव आयोजना हुँदै छ । सोही महोत्सवको प्रचारप्रसारका लागि पोखराका पर्यटन व्यवसायी चितवन आइपुगेका हुन् । महोत्सवको प्रवर्द्धन गर्न व्यवसायीको टोली इटहरी, विराटनगर, जनकपुर हुँदै चितवन आइपुगेको हो ।२७औँ पोखरा सडक महोत्सवले जाडोयाममा सुस्ताउने पर्यटन व्यवसायलाई चलायमान बनाउन सहयोग गर्ने कार्यक्रमका संयोजक बसन्त गौतमले जानकारी दिए । पोखरा महानगरपालिका… पुरा पढौ

तनहुँमा विकास तथा भवन निर्माणमा रु ४८ करोडका योजना

सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीले तनहुँ जिल्लामा सहरी विकास तथा भवन निर्माणका लागि रु ४८ करोडका योजना सञ्चालन गरेको छ । चालु आर्थिक वर्ष २०८२र८३ मा जिल्लामा बस्ती विकास कार्यक्रम अन्तर्गत रु ४८ करोडका योजना सञ्चालन गरिएको हो । कार्यालय प्रमुख सुनिता श्रेष्ठले तनहुँ जिल्लाका विभिन्न पालिकामा रु तीन करोडका १६ योजना सञ्चालन गरिएको जानकारी दिए । यस्तै बहुवर्षीय योजना अन्तर्गत रु आठ करोड ३३ लाखका योजना निरन्तर सञ्चालन भइरहेको छ । कार्यालय प्रमुख श्रेष्ठका अनुसार शुक्लागण्डकी… पुरा पढौ