पर्यटनको प्रचुर सम्भावना बोकेको तनहुँको ऋषिङ गाउँपालिका–३ दुबुङ पर्यटकको रोजाइमा पर्न थालेको छ । प्रचारप्रसार हुन थालेपछि यस ठाउँमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो । जिल्लामा धेरै ठाउँ पर्यटन सम्भावनाले भरिएका छन् । पछिल्ला वर्षमा आन्तरिक पर्यटकको ध्यान खिच्न सफल स्थानमध्ये दुबुङ एक तीव्र गतिमा उदाउँदै गएको पर्यटन गन्तव्यको रूपमा स्थापित हुँदैछ । पहाडको काखमा बसेको यो स्थान केबल प्राकृतिक सुन्दरता मात्रै होइन, पहाडी जीवनशैली, कृषि पर्यटन, दृश्यावलोकन र ऐतिहासिक झल्कोले पनि भरिपूर्ण छ । स्थानीय होमबहादुर रानाभाटका अनुसार…
पुरा पढौ