अर्थ

सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको १ लाख ११ हजार रुपैयाँ

सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । साताको चौथो दिन आजएकै दिन तोलामा दुई हजार रुपैयाँले बढेर सुन तोलाको एक लाख ११ हजार रुपैयाँ पुगेको छ । यो भाउ अहिलेसम्मकै सबैभन्दा धेरै हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको र अमेरिकामा बेरोजगारीको सङ्ख्या बढिरहेकाले भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै ,आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ४० रुपैयाँले बढेर चाँदी एक हजार चार सय ४० रुपैयाँमा पुगेको छ । पुरा पढौ

यचु हेयर आयल अब पोखरामा

चैत २१ पोखरा । एमडिआर इण्डष्ट्रिजको उत्पादन रहेको यचु हेयर आयल अब पोखरामा उपलब्ध हुने भएको छ । कम्पनीले मंगलवार पोखरा पत्रकार सम्मेलन आयोजना गरि यसका बारेमा जानकारी दिइएको हो । पोखराको चिप्लेढुँगामा रहेको यू.एफ.ओ. भवनमा यचुको शाखा रहनेछ । .तेल बिशुद्ध नेपाली उत्पादन भएको र नेपालमै पाइने विभिन्न जडिबुटीजन्य तथा तेलजन्य कच्चापद्धार्थबाट केमिकलरहित तरिकाले उत्पादन हुने यचु हेयर आयलका अध्यक्ष उज्वल मानन्धरले बताए । पछिल्लो समयमा शहरी क्षेत्रका व्यक्तिहरुमा कपाल सम्बन्धि समस्या धेरै रहेको हँुदा कम उमेरमै कपाल झर्ने… पुरा पढौ

करको दायरा बढाउन अर्थमन्त्रीसमक्ष चेम्बरको आग्रह

काठमाण्डौं । अर्थमन्त्री डा प्रकाशशरण महतसमक्ष नेपाल चेम्बर अफ कमर्सले करको दायरा बढाउन आग्रह गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितको टोलीले आज अर्थमन्त्री डा महतलाई भेटेर करको दायरा बढाएर राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न आग्रह गरेको हो । “करको दर वृद्धि गर्नुभन्दा करको दायरा बढाउनुपर्छ, यसका लागि नागरिकतासँगै प्यानकार्डको पनि व्यवस्था गरिनुपर्छ”, चेम्बरले भनेको छ । अध्यक्ष मल्लले सीमामा हुने अवैध व्यापारलाई पनि निरुत्साहित गरी करको दायरामा ल्याउनुपर्ने बताए । बिल लिने÷दिने व्यवस्थालाई पनि अनिवार्यरूपमा कार्यान्वयनमा ल्याउनुपर्ने उनको भनाइ… पुरा पढौ

लाभांस घोषणा सहित सिक्लेस हाइड्रोपावरको १८ औं वार्षिक साधारण सभा सम्पन्न

पोखरा । सिक्लेस हाइड्रोपावर लिमिटेडको लाभांस घोषणा सहित १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । १३ मेघावाटको मड्क्यु खोला जलविद्युत आयोजनाले सोमबार पोखराको आभ्या क्लवमा सम्पन्न साधारण सभामा कर सहित १०.५२ प्रतिशतको लाभांस घोषणा गरेको हो । साधारण सभामा बोल्दै कृषि, उर्जा तथा जलश्रोत मन्त्री बेद बहादुर गुरुङ्गले लाभांस वितरण गर्न सक्ने अवस्थामा आइपुग्नु लिमिटेडको सफलता भएको बताए । मन्त्री गुरुङ्गले लिमिटेडका संस्थापक स्व.सूर्यबहादुर केसीको स्मृती गर्दै उहाँकै आँट र उर्जाका कारण सिक्लेसमा यो हाइड्रोपावर पुगेको औल्याए ।… पुरा पढौ

पोखरा ९ वासीलाई कम्पोष्ट मल बनाउने तालिम

पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ मा गठन भएको वडा कृषि सञ्जाल पोखरा–९ को आयोजना तथा वडा कार्यलय पोखरा–९ को सहयोगमा कम्पोष्ट बिनमा मल वनाउने तालिम सोमबार दिइयो । कार्यक्रमको उद्घाटन गर्दै वडा अध्यक्ष दिपेन्द्र मर्सानीले वडावासी सक्रिय भएर क्षमता अभिवृद्धि, महिला शसक्तिकरण, लक्षता अभिवृद्धि लगाएतका तालिमहरुको माग गरेमा तथा विकास निर्माणका काममा अग्रसर भएमा आफुले सधैं सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । सो अवसरमा पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडेरियाले कार्यक्रमको सफलताको कामना… पुरा पढौ

आवश्यक शैक्षिक सामग्री खरिद गर्न ऋण उपलब्ध गराउने

बागलुङ । बागलुङको जैमिनी नगरपालिकाको शिक्षकलाई शैक्षिक सामग्री खरिद गर्न सहयोग गर्ने उद्देश्यले चक्रीय कोष स्थापना गर्ने घोषणा गरेको छ । दुई दिनसम्म सञ्चालन गरेको विज्ञ सम्मेलनको समापनपछि घोषणापत्र जारी गर्दै नगरपालिकाले नगरका सबै विद्यालयमा कोष स्थापना गरी शिक्षकलाई आवश्यक शैक्षिक सामग्री खरिद गर्न ऋण उपलब्ध गराउने निर्णय गरेको छ । शिक्षकले शिक्षण क्रियाकलाप सञ्चालन गर्न चाहिने सामग्री खरिद गर्न उक्त कोषबाट न्यून ब्याजमा ऋण पाउने छन् । ऋण प्राप्त गर्ने शिक्षकको तलवबाट मासिक निश्चित रकम काटेर नियमित ऋण असुली… पुरा पढौ

आलु महोत्सवको तयारी अन्तिम चरणमा

चैत २० पोखरा । यहि चैत २६ गतेदेखि वैशाख ३ गतेसम्म हेमजामा हुन लागेको ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक विष्णुपादुका क्लवले सोमवार पत्रकार सम्मेलन गर्दै महोत्सवको तयारी करिव ७० प्रतिशत पुरा भएको जनाएको हो। क्लव अध्यक्ष सुविन श्रेष्ठले हाल स्टल तथा वाल उध्यान व्यवस्थापन, आलु ग्रडिङ गरी संकलन गर्ने लगायतका कार्य धमाधम भइरहेको बताए । महासचिव बसन्तकुमार श्रेष्ठले महोत्सव हेमजाको ब्रान्डिङ भएको उल्लेख गर्दै यसले समग्र कास्कीलाई नै चिनाएको स्पष्ट पारे… पुरा पढौ

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

पोखरा । नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य घटाएको छ । निगमले सोमबार मध्यरातीदेखि लागु हुने गरि पेट्रोल डिजेल, मट्टीतेल, हवाई इन्धन आन्तरिकतर्फको मूल्य घटाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजल, मट्टीतेल र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटर १० रुपैयाँका दरले घटाएको हो । नयाँ मूल्य अनुसार अव पेट्रोल प्रतिलिटर १७५, डिजेल र मट्टीतेलको प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ । केही समयअघि भारतबाट इन्धनको मूल्य घटेर आएको थियो । पुरा पढौ

नेप्से परिसूचकमा गिरावट

काठमाडौ । यो साता कारोबारको लगातार दोस्रो दिन पनि पुँजीबजारमा गिरावट देखिएको छ । आइतबार २० अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक आज १६ दशमलव ६७ अङ्कले घटेको हो । नेप्सेकाअनुसार आज दुई सय ६० कम्पनीको २८ लाख २९ हजार चार सय २६ कित्ता शेयर २७ हजार चार सय ५४ पटक खरिदबिक्री हुँदा कारोबार रकम रू ९२ करोड दुई लाख ४९ हजारमा खुम्चिएको छ । आज व्यापार समूह २५ दशमलव २२ अङ्कले बढेको छ भने अरु सबै समूहको उपसूचक… पुरा पढौ

वसन्त ऋतुसँगै घोडेपानी र पुनहिलमा पर्यटकको लर्को

म्याग्दी । वसन्त ऋतुको मौसम । छर्लङ्गै खुलेको आकाश । उत्तरतर्फका सेताम्ये हिमाल । जङ्गलभरि राताम्ये भएर फुलेका लालीगुराँस । लालीगुराँसको छेडोबाट हिमाल हेर्दै रमाइरहेका पर्यटक । म्याग्दीको पर्यटकीयस्थल घोडेपानी र पुनहिलको यो दृश्यले यहाँ पुग्नेको मात्र होइन त्यो दृश्यको भिडियो तथा तस्वीर हेर्नेकोसमेत मन रोमाञ्चक बनाउँछ । चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने घोडेपानी र पुनहिलबाट आँखै अगाडि हिमशृङ्खला र सूर्योदयको मनोरम दृश्यावलोकनका लागि अहिले आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको छ । समुन्द्री सतहबाट तीन हजार दुई सय १० मिटर… पुरा पढौ