अर्थ

बैंक तथा वित्तीय संस्थाहरु विरुद्ध पोखरेली व्यवसायीको आन्दोलनमा कास्की कांग्रेसको साथ

पोखरा । चर्को ब्याज दरका कारण पोखराका उद्योगी व्यवसायीहरुले सुरु गरेको आन्दोलनप्रति नेपाली कांग्रेस कास्कीले साथ दिने भएको छ । ब्याजदर घटाउनुपर्ने मागसहित व्यवसायीले भोलिदेखि सुरु गर्ने आन्दोलनमा एक्यावद्धता जनाउदै बुधबार एक विज्ञप्ति जारी गरेको हो । नेपाली कांग्रेसका सभापति किशोरदत्त बरालद्धारा हस्ताक्षरित विज्ञप्तिमा नेपालमा बैक तथा वित्तिय संस्थाहरुको संख्या असाध्यै धेरै भएका कारण बैकको सञ्चालन खर्च धेरै बढेको भन्दै अस्वस्थ प्रतिष्पर्धाका कारण वढी व्याजदरमा निक्षेप लिइएकोले व्यवसायी समस्यामा परेको उल्लेख छ । साथै त्यस तर्फ सरकारको ध्यानाकर्षण गराउदै देशको… पुरा पढौ

नेप्सेमा ३३ दशमलव ५७ अङ्कको उच्च वृद्धि

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ३३ दशमलव ५७ अङ्कले बढेर दुई हजार ८० दशमलव ३८ को बिन्दुमा कायम भएको हो । आज दुई सय ६९ वटा कम्पनीको ४७ लाख ७९ हजार सात सय ९६ कित्ता शेयर ३९ हजार नौ सय ९६ पटक खरिद बिक्री हुँदा रु एक अर्ब ८० करोड ३२ लाख ८२ हजार बराबरको कारोबार भएको छ । आजको कारोबारपछि लघुवित्त, म्युचुअल फन्ड र व्यापार समूहको उपसूचक क्रमशः ६१… पुरा पढौ

सुनको भाउ स्थिर, चाँदीको बढ्यो

साताको चौथो दिन आज सुनको भाउ आज स्थिर छ । सुन हिजोकै जस्तै तोलामा एक लाख तीन हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको भाउ भने बढेको छ । तोलामा ५ रुपैयाँले बढेर एक हजार दुई सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ । पुरा पढौ

माघमा ६४ हजार बढीले लिए श्रम स्वीकृति,मलेसिया जाने सबैभन्दा धेरै

काठमाण्डौं । गत माघमा ६४ हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार, माघमा ५८ हजार चार सय ४७ पुरुष र पाँच हजार आठ सय ३७ जना महिला गरी कूल ६४ हजार दुई ८४ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका हुन् । यो सङ्ख्या पहिलोपटक वैदेशिक रोजगारीमा जान व्यक्तिगत श्रम स्वीकृति लिने, संस्थागत नयाँ श्रम स्वीकृति लिने र पुनः श्रम स्वीकृति लिनेको हो । यसैगरी नयाँ श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या… पुरा पढौ

योजना बनाउनुपूर्व किसानसँग छलफल

बागलुङ । कृषि तथा पशुजन्य उत्पादन वृद्धि र बजारीकरणका लागि बागलुङको बरेङ गाउँपालिकाले किसानसँग छलफल थालेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट बनाउनुपूर्व किसानसँग छलफल थालेको हो । किसानका समस्या एकातर्फ र गाउँपालिकाको बजेट तथा कार्यक्रम अर्कोतर्फ हुने गरेकाले किसानका समस्या पहिचान गर्न छलफल थालिएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए । बरेङले योजना निर्माण पूर्व व्यावसायिक किसानसँग छलफल थालेको यो पहिलो पटक हो । “हामीले कृषि क्षेत्रमा धेरै लगानी गरिरहेका छौँ, त्यसको प्रगति, किसान सन्तुष्ट… पुरा पढौ

सुनको भाउ आज दुई सय रुपैयाँले घट्यो

साताको तेस्रो दिन आज सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ । हिजो तोलामा १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज दुई सय रुपैयाँले घटेर १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १ हजार २ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ । पुरा पढौ

प्राधिकरणले रोक्यो गुण एयरलाइन्सको उडान

काठमाण्डौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले निजी क्षेत्रको गुण एयरलाइन्सको विमानको उडान रोक्ने निर्णय गरेको छ । एयरलाइन्सको वित्तीय व्यवस्थापकीय कमजोरी तथा हवाई सुरक्षामा पर्नसक्ने जोखिमलाई मध्यनजर गरी उडान रोक्ने निर्णय भएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनले भने, “गुण एयरलाइन्सको आर्थिक व्यवस्थापकीय कमजोरी देखिएकोले कार्यरत कर्मचारीको मनोबल उच्च राख्न नसक्ने कारणले हवाई सुरक्षा जोखिमलाई मध्यनजर गरेर प्राधिकरणले कम्पनीका उडान रोक्का गर्ने निर्णय गरेको छ ।” एयरलाइन्सले आर्थिकरूपमा सबल रहेको भनेर नआएसम्म पुनःउडान नहुने पनि प्रवक्ता… पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलव ६० अङ्कले ओरालो लागेर दुई हजार ४६ दशमलव ८१ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ९१ अङ्कले ओरालो लागेर तीन सय ९१ दशमलव ५३ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ ।… पुरा पढौ

करोडौ लगानीमा ‘मङ्गलाइन्द्रेणी उद्यान’ निर्माण

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरमा ‘मङ्गलाइन्द्रेणी उद्यान’ निर्माण गरिएको छ । मङ्गला–२ बाबियाचौर निवासी समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले निःशुल्क उपलब्ध गराएको जग्गामा गाउँपालिका, गण्डकी प्रदेश सरकार र डिभिजन वन कार्यालयसमेतको रु एक करोड लागतमा बहुउद्देश्यीय उद्यान निर्माण गरिएको हो । आइतबार एक समारोहका बीच उक्त उद्यानको गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष प्रेमकुमारी क्षेत्री र जग्गादाता अधिकारीले शुभारम्भ गरेका छन्। आर्थिक वर्ष २०७५÷०७६ मा सुरु गरिएको उद्यानको निर्माण सकिएपछि औपचारिकरुपमा शुभारम्भ गरिएको हो । उद्यानमा सङ्ग्रहालय, खानेपानी, गार्डेन, बालउद्यान,… पुरा पढौ

सुनचाँदी पसलमा आगलागी

तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारमा सञ्चालित डुम्रे सुनचाँदी पसलमा आगलागी भएको छ । आइतबार राति ९ बजे पसलभित्र आगलागी भएको हो । स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय भानुले जनाएको छ । आगलागीका कारण नखुलेको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । रासस पुरा पढौ