अर्थ

पोखरा इलेक्ट्रिोनिक्स संघमा सुवेदी

पुस २५ पोखरा । पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघको शनिबार भएको २२ औं साधारणसभा तथा ११ औं अधिवेशनले नारायण सुवेदीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चुनेको हो । संघको वरिष्ठ उपाध्यक्षमा त्रिलोचन दाहाल, द्वितीय उपाध्यक्ष पोषबहादुर भुजेल, महासचिव चिन्तामणि खरेल, सचिव होमविलास सापकोटा र कोषाध्यक्षमा जनकराज सुवेदी छन् । सदस्यमा विदूर सापकोटा, सन्तोष श्रेष्ठ, ईश्वर रिमाल, दुर्गानाथ लामिछाने, अमृत बराल, निर्मल गौतम र नरेन्द्र आचार्य छन् । नवनिर्वाचित अध्यक्ष सुवेदीले इलेक्ट्रोनिक्स क्षेत्रका समस्या पहिचान गरी ती समस्याको समाधान र व्यवसायिक हकहितका लागि… पुरा पढौ

एघारौं पोखरा महोत्सवको तयारी पुरा

पोखरा । एघारौं पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक युनाईटेड क्लवले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी पुषको २७ देखी माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । एघारौं पोखरा महोत्सवको आम्दानीबाट पोखराको बीच भागबाट बग्ने सेनी नदी खोंचलाई एक साहसिक पर्यटकीय गन्तब्य निर्माण र युनाईटेड क्लवको आफ्नै जग्गा पोखरा २६ अर्चलेमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी निशुल्क शिक्षा प्रदान गर्ने गरी आवाशीय छात्राबास निर्माणलाई… पुरा पढौ

हवाई भाडा घट्यो

सरकारले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटाइएको छ । आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर रु २० कटौती गरेसँगै वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा घटाएको हो । सङ्घका अनुसार काठमाडौँदेखि धनगढीसम्मको उडानमा सबैभन्दा धेरै रु आठ सय ८५ भाडा घटेको छ । यो गन्तव्यका लागि रु सात हजार पाँच सय दश कायम भएको छ । काठमाडौँदेखि धनगढीसम्म अधिकतम भाडा रु १६ हजार एक सय ४० कायम भएको छ । काठमाडौँबाट हुने पर्वतीय उडान (माउन्टेन्ट फ्लाइट)मा रु छ सय ८५… पुरा पढौ

आइपिओ निष्कासन गर्दै सानिमा मिडिल तमोर हाइड्रोपावर

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आगामी माघ ४ गतेदेखि साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन ९आइपिओ०को बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पूँजी रु तीन अर्ब ३३ करोड २५ लाखको १० प्रतिशत अर्थात् रु ३३ करोड ३२ लाख ५० हजार बराबर रु एक सय दरका ३३ लाख ३२ हजार पाँच सय कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गर्न लागेको हो… पुरा पढौ

बढ्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला रु छ सयले बढेर रु एक लाख तीन हजार नौ सय पुगेको छ । यो सुन हिजो प्रतितोला रु एक लाख तीन हजार तीन सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख तीन हजार चार सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख दुई हजार आठ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका… पुरा पढौ

नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य समायोजन, ग्याँसको मूल्य यथावत

पुस २४ काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार आकस्मिक बसेको निगम सञ्चालक समितिको बैठकले मध्यरात १२ बजेदेखि लागु हुने गरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३÷३ रुपैयाँ घटाउने निर्णय गरेको हो । मूल्य घटेसँग अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १७२ रुपैयाँ पर्ने भएको छ ।निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको जनाएको छ । ग्यासमा उच्च घाटा रहेकाले मूल्य घटाउन नसकिएको निगमले जनाएको छ… पुरा पढौ

एघारौं पोखरा महोत्सवमा सुरक्षा ब्यवस्था कडा पारिने

पुष २४ पोखरा । एघारौं पोखरा महोत्सवको सुरक्षा ब्यवस्था चुस्त दुस्त पारिने भएको छ । आगामी पुषको २७ देखि माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने महोत्सवको सुरक्षामा कुनै किसिमको कसुर बांकी नराख्ने कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले वताए । महोत्सव आयोजक युनाईटेड क्लवका पदाधिकारीहरु संगको छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केसीले पोखरा महोत्सवको सुरक्षाका लागि कास्कीका चार वटै सुरक्षा निकायहरुलाई महोत्सव स्थलमा खटाउने वताए । नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानको टोलीद्धारा… पुरा पढौ

मन्त्रालयबाट विदा हुनुअघि अर्थमन्त्री बराल भन्छन् : प्रदेशको सामर्थ्य बढाउन सफल भएँ

पोखरा, पुस २४ गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले संघ सरकारले सशर्त अनुदान फिर्ता लैजानु बेठीक भएको बताएका छन् । गण्डकीमा नया सरकार बन्ने प्रक्रिया शुरु भएपछि अर्थमन्त्रालयबाट विदा हुनुअघि आईतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बिना कारण र बिना छलफल संघले सशर्त अनुदान फिर्ता लगेर बेठीक गरेको टिप्पणी गरेका हुन् । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले नया सरकार आउन केहि दिन अगाडि संघले प्रदेशलाई दिएको सशर्त अनुदान फिर्ता लगेको थियो । योजना बनेर कार्यान्वयनमा जाने क्रममा रहेको बजेट… पुरा पढौ

नेप्से परिसूचक २० दशमलव ६८ अंकले बढ्यो

गत सातादेखि निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक साताको पहिलो दिन दिन आइतबार पनि बढेको छ । आज नेप्से परिसूचक २० दशमलव ६८ अंकले बढेर दुई हजार एक सय ६४ दशमलव ६१ अंकमा कायम भएको हो । यो दिनको कारोबारमा दुई सय ५९ वटा कम्पनीको एक करोड ४१ लाख नौ सय ८८ कित्ता शेयर ७५ हजार चार सय ६५ पटक खरिद–बिक्री हुँदा रु पाँच अर्ब ४५ करोड ९९ लाख २५ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।… पुरा पढौ

सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्दै ‘कालिञ्चोक दर्शन’

कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी माघ ३ गतेदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा आठ लाख ९६ हजार चार सय कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन९आइपिओ०को बिक्री खुला गर्ने भएको हो । कम्पनीले आफ्नो जारी पुँजी रु ६० करोड को १८ प्रतिशतले हुने रु १० करोड ८० लाख बराबरका १० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो । यसमध्ये १० प्रतिशत अर्थात् एक लाख आठ हजार कित्ता शेयर वैदेशिक… पुरा पढौ