एघारौँ संस्करणको पोखरा महोत्सवको तयारी पूरा भएको छ । महोत्सवको बुधबार अमरसिँह चौरमा गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्रेछन् । आयोजक युनाइटेड क्लब, पोखराका अध्यक्ष राजु श्रेष्ठले महोत्सवको शुभारम्भ समारोहलाई भव्य बनाइने बताए । खेल, कला, संस्कृति र व्यापार प्रवद्र्धनको उद्देश्यले महोत्सव राखिएको उहाँको भनाइ छ । महोत्सव आगामी माघ ९ गतेसम्म चल्नेछ । महोत्सवको आम्दानीलाई सेती नदीको संरक्षण, पर्यटन प्रवद्र्धन र न्यून आय भएका परिवारका बालबालिकालाई लक्ष्य गरी आवासीय छात्रावास निर्माणमा लगाइने आयोजकले जनाएको छ । महोत्वमा…
पुरा पढौ