अर्थ

पहिलो वर्षमै लय समातेको ‘मानशा सहकारी’

पोखरा वडा नं. १७, २१ र २२ कार्यक्षेत्र तोकी सेवा शुभारम्भ गरेको मानशा बहुउद्देश्यीय सहकारी संस्थाले स्थापनाको पहिलो वर्षमै लय समातेको छ। पोखरा १७, बिरौटा, हिमालीटोलीमा कार्यालय रहेको सहकारीले अब कार्यक्षेत्र विस्तार गरी ६ वडा बनाउने लक्ष्य राखेको छ।यस्तै, ९१ लाख शेयर पूँजी बढाई २ करोड पुर्‍याउने लक्ष्य पनि राखेको छ। सहकारीको प्रथम वार्षिक साधारणसभाको अवसरमा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष गोविन्दप्रसाद देवकोटाले कुल निक्षेपमा वृद्धि गरी ३ करोड २० लाख पुर्‍याउने र ऋण रकम पनि ४ करोड ६० लाख… पुरा पढौ

ताङले लौसीबोट सहकारीको दोस्रो साधारण सभा सम्पन्न

पोखरा । ताङले लौसीबोट बहुउद्देश्यीय सहकारी संस्था पर्वत जिल्लालाई केन्द्र बनाएर गण्डकी प्रदेशमा नमुना सहकारी बनाउने योजनामा रहेको बताएको छ । शनिबार मोदी गाउँपालिका १ पर्वतमा भएको दोस्रो वार्षिक साधारण सभामा कृषि कार्यलाई प्राथमिकता दिँदै ल्याएको योजनाले अब्बल सहकारी बन्ने दावी गरिएको हो । सहकारीका अध्यक्ष क्याप्टेन मनबहादुर गुरुङको अध्यक्षतामा भएको सभा उद्घाटन गर्दै मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले उत्साहजनक ढंगबाट सहकारी अघि वढेको बताइन् । बाँझो जमीनलाई उपयोग गरेर वैकल्पिक नगदेवालीको खेती गर्दै अघि बढ्न सुझाव दिइन । उनले… पुरा पढौ

सृजना महिला सहकारीको २० औं साधारण सभा सम्पन्न

पोखरा । सृजना महिला बचत तथा ऋण सहकारी संस्थाको २० औं साधरण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै केन्द्रिय बचत संघका महासचिव दामोदर अकिारले सहकारीको विकासमा शेयर सदस्यहरुनै प्रमुख रुपमा लाग्नुपर्नेमा जोड दिए । सृजना विकास केन्द्रका अध्यक्ष कृष्णबहादुर थापाले महिला उद्यमशिलताका लागि सहकारी मार्फत महिलाहरुलाई नेतृत्व विकास गराउनु पर्ने बताए । संस्थाका अध्यक्ष शुष्मा पहारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष छविलाल लामिछाने , जिल्ला बचत संघका अध्यक्ष भेषराज बराल, जाल्पादेबी बहुउद्देश्ययीय बिकास समितिका अध्यक्ष विश्व… पुरा पढौ

वित्तीय आतंक विरुद्ध राष्ट्र बैंक घेर्ने होटल संघको चेतावनी

पोखरा । होटल संघ पोखरा नेपालले बैंक तथा वित्तीय संस्थाहरुले एकतर्फी रुपमा बढाएको ब्याजदर एक अंकमा झार्ने पहल नगरेमा नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालय विरुद्ध नै आन्दोलनका कार्यक्रम घोषणा गर्न वाध्ये हुने चेतावनी दिएको छ । पर्यटन व्यवसाय कोभिड १९ को महामारीबाट नकारात्मक रुपमा प्रभावित भएको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुले मनोमानी रुपमा ब्याजदर बढाए पनि राष्ट्र बैंक र सम्बन्धित मन्त्रालय चुप लागेर बसेको भन्दै संघले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी आन्दोलनको चेतावनी दिएको हो । कार्यक्रममा बोल्दै संघका अध्यक्ष… पुरा पढौ

घट्यो सुनको मूल्य, चाँदी स्थिर

साताको छैठौं दिन आज शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ६ सयले घटेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।तेजावी सुन प्रतितोलामा ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य शुक्रबार स्थिर रहेर १ हजार १ सय ७० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ । पुरा पढौ

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलब ३८ अङ्कले ओरालो लागेर एक हजार आठ सय ४४ दशमलब १४ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब शून्य नौ अङ्कले उकालो लागेर तीन सय ६३ दशमलब शून्य पाँचमा पुगेको छ । कूल दुई सय २१ कम्पनीको १५ लाख ४६ हजार आठ सय ५७ कित्ता शेयर रु ५०… पुरा पढौ

घट्यो सुनचाँदीको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९३ हजार एक सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९३ हजार दुई सयमा कारोबार भएको सुन आज प्रतितोला रु एक सयले घटेको हो नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार छ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९२ हजार सात सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार एक… पुरा पढौ

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

पछिल्लो समय अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दै गएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर एक सय ३२ रुपैयाँ ५४ पैँसा छ भने बिक्रीदर एक सय ३३ रुपैयाँ १४ पैसा छ । केन्द्रीय बैंकले अधिल्लो दिन एक अमेरिकी डलरको खरिददर एक सय ३१ रुपैयाँ ४८ पैँसा र बिक्रीदर एक सय ३२ रुपैयाँ आठ पैसा तोकेको थियो । त्यस्तै आज युरोको खरिद मूल्य एक सय २९ रुपैयाँ ६५ पैसा र बिक्री… पुरा पढौ

सुनचाँदीको भाउ सामान्य घट्यो

साताको चौथो दिन आज सुन चाँदीको भाउ आज सामान्य घटेको छ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेर ९३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदी तोलामा ५ रुपैयाँले घटेर एक हजार एक सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । पुरा पढौ

पोखरामा कार्तिक ४ गतेदेखि छैटौँ पुष्प मेला सञ्चालन गरिने

पोखरा । यही कार्तिक ४ गतेदेखि पोखरमा छैटौँ पुष्प मेला सञ्चालनमा गरिने भएको छ । व्यावसायिक प्रवद्र्धन तथा तिहार पर्वलाई लक्षित गर्दै पुष्प व्यवसायीले यही कात्तिक ४ गतेदेखि ६ गतेसम्म पुष्प मेला सञ्चालन गर्न लागेका हुन् । पोखरा रङगशालामा आयोजना गरिने पुष्प मेलामा गोदावरी फूललाई विशेषरूपमा प्रवद्र्धन गरिने गोदावरी प्रदर्शनी तथा पुष्प मेला, २०७९ मूल आयोजक समितिका संयोजक डिलबहादुर गुरुङले जानकारी दिए । गोदावरी मेलामा कास्की तथा यस क्षेत्रअन्तर्गत २५ व्यवसायीले आफ्ना नर्सरीमा उत्पादित फूल तथा फूलका बीउको स्टलहरू राख्ने… पुरा पढौ