अर्थ

ढोरपाटनमा सुरु भयो सिकारको याम

नेपालको एकमात्र वैधानिक सिकार आरक्ष क्षेत्र ढोरपाटन सिकार आरक्षमा यस वर्षको सिकार पर्यटन याम सुरु भएको छ । जंगली जनावर नाउर र झारलको सिकार गर्न विदेशका व्यावसायिक सिकारी ढोरपाटन आउन थालेका छन् । असोजको अन्तिम सातादेखि सुरु हुने सिकारका लागि सिकारी आरक्ष क्षेत्रमा आउन थालेको ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताएका छन् । सिकारीका लागि आवश्यक बन्दोबस्ती र मार्ग निर्देशनका लागि ढोरपाटन सिकार आरक्ष कार्यालयले आफ्ना कर्मचारी र सिकारीका भरिया सम्बन्धित ब्लकमा पठाइसकेको छ । राष्ट्रिय… पुरा पढौ

नवौँ राष्ट्रिय खेलकुद: पोखराको पर्यटनका लागि महत्वपूर्ण

तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग)का केही खेल सम्पन्न गरिसकेको पोखराको गरिमा र महत्व यतिखेर नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले बढाएको छ । विसं २०३८ देखि शुरु भएको नेपाली राष्ट्रिय खेलकुदको दोस्रो संस्करण २०४० मा सम्पन्न गरेको पोखराले आफ्नो घरेलु मैदानमा चार दशकपछि नवौँ संस्करणको राष्ट्रिय खेलकुद सञ्चालन गर्ने मौका पाएको हो । औपचारिक उद्घाटन यही असोज २८ गते हुने भएपनि प्रतियोगिताअन्तर्गतका केही खेल सञ्चालन भइरहेका छन् । पर्यटकीय नगरी पोखरामा राष्ट्रिय खेलकुद भइरहँदा खेलप्रेमी त खुशीछन् नै प्रतियोगिताका लागि पोखरा आइपुगेका… पुरा पढौ

सुनको मूल्य बढ्यो, चाँदी घट्यो

साताको चौथो दिन आज बुधबार सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार २ सय रुपैयाँले बढेर ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।तेजावी सुन प्रतितोलामा ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य बुधबार १५ रुपैयाँले घटेर १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । पुरा पढौ

नेप्से परिसूचकमा पहिरो जाने क्रम रोेकिएन

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६।०६ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५५ दशमलब १६ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूच्क तीन दशमलब २१ अङ्कले ओरालो लागेर तीन सय ६३ दशमलब ६३ मा सीमित भएको छ । कूल दुई सय २९ कम्पनीको १७ लाख ६७ हजार ६ सय ९२ कित्ता शेयर रु ५५ करोड २७ लाख १२ हजार… पुरा पढौ

सुन्तला उत्पादन बढ्ने

व्यावसायिक सुन्तलाखेतीका लागि प्रख्यात बन्दै गएको पर्वतको पाङ्राङका कृषकले यस वर्ष सुन्तला उत्पादन बढ्ने बताएका छन् । यस वर्ष कम वर्षा भएको तथा रोग, किरा र असिनाको प्रकोपसमेत नभएकाले सुन्तला उत्पादन बढुने अपेक्षा गरिएको श्रीनगर सुन्तला उत्पादक सहकारीका अध्यक्ष तारालाल कुवँरले बताउनुभयो । गत वर्ष सहकारीमार्फत ८० लाखका सुन्तला बेचेका यहाँका कृषकले यस वर्ष कम्तीमा डेढ करोड भित्र्याउन सफल हुने उहाँको भनाइ छ । “मौसमी अनुकूलताले उत्पादन दोब्बर हुने अपेक्षा छ”, अध्यक्ष कुवँरले भन्नुभयो, “कतिपय कृषकले पाँच लाखभन्दा बढीका सुन्तला… पुरा पढौ

घट्यो सुनचाँदीको मूल्य

साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार एक हजार २ सय रुपैयाँले घटेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।तेजावी सुन प्रतितोलामा ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य मंगलबार १५ रुपैयाँले घटेर १ हजार २ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । पुरा पढौ

दशैँमा पर्यटक नहुँदा बेगनासका डुङ्गा व्यवसायी निराश

डुंगा चलाउन शुरु गरेको २० वर्ष पुग्यो । त्यतिबेला डुंगा चढ्ने व्यक्तिबाट प्रति घण्टा २ रुपैयाँ शुल्क लिने गरिन्थ्यो । अहिले त्यो शुल्क वृद्धि भई रु सात सय पुगेको छ । पोखराको लेखनाथस्थित बेगनास तालमा दुई दशकदेखि डुंगा चलाउँदै आएका डुंगा व्यवसायी ५५ वर्षीय बाबुराम कोइरालाले भने, ‘तीन वर्षयता पर्यटक नहुँदा व्यवसाय सुस्तायो, महँगीले सीमा नाघ्यो, बाच्न पनि कठिन भयो । बेगनासतालमा मात्र दुई सय डुङ्गा व्यवसायी आबद्ध छन् । तीन वर्ष अघिसम्म डुंगा चलाएर मासिक रु २०/२५ हजार आम्दानी… पुरा पढौ

नेप्से परिसूचक आज पुनःओरालो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव १६ अङ्कले ओरालो लागेर एक हजार आठ सय ७१ दशमलव २२ मा सिमित भएको छ । आइतबार उच्च अङ्कले भएको वृद्धि आज भने टिक्न नसक्दा कारोबार रकम पनि अर्ब पनि पुगेको छैन । कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ३६ अङ्कले ओरालो लागेर तीन सय ६६ दशमलव ८४ मा सिमित भएको छ । कूल दुई… पुरा पढौ

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौँ । मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता भइरहेको बेला धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा पनि उच्च अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४४ दशमबल ६२ अङ्कले उकालो लागेर एक हजार आठ सय ९८ दशमलब ३८ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक आठ दशमलब ७८ अङ्कले उकालो लागेर तीन सय ७२ दशमलब २१ मा पुगेको छ । कूल दुई सय २४ कम्पनीको २५ लाख ३३… पुरा पढौ

औद्योगिक व्यापार मेला २०७९ लाई लक्षित गरी उपसमिति गठन

पोखरा । पोखरा उद्योग वाणिज्य संघले औद्योगिक व्यापार मेला २०७९ लाई लक्षित गरी कार्यासम्पादन तथा विभिन्न उपसमिति गठन गरेको छ । स्वदेशी उत्पादनको प्रवद्र्धन र बजारीकरण, उद्यमशीलता विकास र नवप्रवर्तन तथा नयाँ उत्पादनबारे जानकारी गराउने उद्देश्यका साथ आगामी मंसीरको १६ देखि २५ गतेसम्म मेला आयोजना गर्न लागिएको संघका अध्यक्ष पवनकुमार प्रजापतिले जानकारी दिए ।कोभिड १९ का कारण यस अघि दुई संस्करणको मेला स्थगित भएकाले यसपटकको मेलालाई विशेष बनाइने उनले बताए । पोखरा प्रदर्शनी केन्द्र, नयाँबजारमा हुने मेला सम्पन्न गर्न संघका… पुरा पढौ