अर्थ

बढ्यो सुनचाँदीको मूल्य

साताको तेस्रो दिन आज मंगलबार पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार १ सयले बढेर ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।तेजावी सुन प्रतितोलामा ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य मंगलबार २० रुपैयाँले बढेर १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । पुरा पढौ

नेप्से परिसूचकको ओरालो यात्रा जारी

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । शेयर कारोबार हुने साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक छ दशमलब ३८ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५४ दशमलब ५५ मा ओर्लिएको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब ६५ अङ्कले ओरालो लागेर तीन सय ६४ दशमलब ७७ मा सीमित भएको छ । कूल दुई सय १८ कम्पनीका १५ लाख १८ हजार सात सय ७८ कित्ता शेयर… पुरा पढौ

सुनको भाउ सामान्य बढ्यो, चाँदी स्थिर

साताको दोस्रो दिन आज सोमवार सुनको भाउ सामान्य बढेको छ । सुन आज तोलामा ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।आजको भाउ हिजोभन्दा २ सय रुपैयाँले बढी हो । यस्तै, आज चाँदीको भाउ भने स्थिर छ । चाँदीको भाउ तोलामा हिजो जस्तै १ हजार १ सय ६० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । पुरा पढौ

फेरि बढ्यो इन्धनको मूल्य

अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको मूल्य बढेपछि इण्डियन आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ। आइतबार इण्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार डिजेल र हवाई इन्धनको मूल्य अत्यधिक बढेर आएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। जसअनुसार पेट्रोलमा रु १.७४ प्रति लिटर, डिजेलमा रु १५.६० प्रति लिटर र हवाई इन्धनमा रु १०.२५ प्रति लिटरले बढेर आएको छ। नयाँ मूल्यले डिजेलमा रु ६.३४ प्रति लिटर घाटा र एलपी ग्यासमा रु ३२५.४४ प्रति सिलिन्डर घाटा हुने भएपनि पेट्रोल, हवाई… पुरा पढौ

यात्रु नभएको भन्दै भैरहवामा जजिराले रोक्यो दैनिक उडान

भैरहवा । गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलबाट दैनिक हुँदै आएको एक मात्र उडान पनि रोकेको छ । यात्रु नभएको बताउँदै जजिराले दैनिक हुँदै आएको उडानलाई सातामा तीन पटक गर्ने जानकारी दिएको छ । जजिरा एयरवेजले असोजको २६, २७ र २८ गते हुनुपर्ने उडान रोकेपछि सो हवाईजहाज हुँदै वैदेशिक रोजगारीमा जाने यात्रुलगायत अन्य यात्रुसमेत प्रभावित भएका थिए । यात्रुहरू गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलमै रातभरी बसेर विमान कुरे पनि जजिराले उडान गरेन । तीन दिनसम्म जम्मा भएका यात्रुहरूमध्ये केही पर्यटक मात्र बोकेर शनिबार जजिराले एउटा… पुरा पढौ

सृजना सहकारीमा स्वागत तथा सम्मान

पोखरा । सृजना महिला बचत तथा ऋण सहकारी संस्थाले सृजना बिकास केन्द्रका नवनिर्वाचित पदाधीकारीहरुलाई स्वागत तथा सम्मान गरेको छ । संस्थाले हालै सम्पन्न २२ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई स्वागत तथा सम्मान गरेको हो । आइतबार केन्द्रको अग्रसरमा स्थापित सहकारीले केन्द्रका अध्यक्ष कृष्ण बहादुर थापा , पदाधिकारी तथा सदस्यहरुलाइ संस्थापक अध्यक्ष सृजना बराल ,पूर्व अध्यक्ष पवित्रा के.सी , कमला गिरी लगायतले सम्मान गरेका थिए । कार्यक्रममा केन्द्रका अध्यक्ष कृष्ण बहादुर थापाले समाजिक कार्यमा महिलाहरुको सहभागिता सम्मानयोग्य रहेको बताए । केन्द्र गर्ने… पुरा पढौ

ओरालो लाग्यो नेप्से परिसूचक

काठमाडौँ । साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि ओरालो लागेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । नेप्से परिसूचक नौ दशमलब ६९ अङ्कले ओरालो लागेर एक हजार आठ सय ६० दशमलब ९४ मा सिमित भएको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक उक दशमलब ७२ अङ्कले ओरालो लागेर तीन सय ६५ दशमलब ४२ मा सिमित भएको छ । कूल दुई सय २१ कम्पनीको २५ लाख… पुरा पढौ

तनहुँमा बढी शुल्क लिने होटललाई दुई लाख रुपैयाँ जरीवाना

जिल्ला प्रशासन कार्यालय तनहुँले तोकिएभन्दा बढी शुल्क लिने दुई होटललाई रु चार लाख जरीवाना गरेको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिकामा सञ्चालित दुई होटललाई प्रशासन कार्यालयले रु दुई लाखका दरले जरीवाना गरेको हो । व्यास नगरपालिकास्थित ग्रिनपार्क हाइवे रेष्टुरेण्ट र कल्चर भिलेज रिसोर्टले ग्राहकसँग कुनै वस्तुमा तोकिएभन्दा बढी मूल्य लिएको प्रमाणित भएपछि रु दुई÷दुई लाखका दरले जरीवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए । ‘ती दुई होटलले मूल्यसूचीभन्दा बढी मूल्य लिएर सामग्री बेचेको पटक–पटक गुनासो आएको थियो,… पुरा पढौ

नेप्सेमा झिनो अङ्कको सुधार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव १५ अङ्कले उकालो लागेर एक हजार आठ सय ७० दशमलव ६३ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ९५ अङ्कले उकालो लागेर तीन सय ६७ दशमलव १४ मा पुगेको छ । कुल दुई सय २२ कम्पनीको २६ लाख ९८ हजार तीन सय ४७ कित्ता शेयर रु ८२ करोड ९६ लाख… पुरा पढौ

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी, हेर्नुहोस् ?

साताको पाँचौं दिन आज बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदी चाहिँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोलामा ९३ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य बिहीबार १० रुपैयाँले घटेर १ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । पुरा पढौ