अर्थ

मार्टिन रेजर नेतृत्वको टोलीले तालचोक–बेगनास सडकको स्थलगत अवलोकन

वल्र्ड बैंकको दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजर नेतृत्वको टोलीले तालचोक–बेगनास सडकको स्थलगत अवलोकन गरेको छ। पोखरा आएका मार्टिन नेतृत्वको टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य सहित सो सडकको अवलोकन गरेको हो। उक्त सडक वर्ल्ड बैंकको सहयोगमा स्तरोन्नति गरिँदैछ। सोका लागि पोखरा महानगरपालिका र नेपाल सहरी सुशासन र पूर्वाधार परियोजनाबीच ५ मार्च २०२१ मा सम्झौता भएको थियो। सम्झौता १५ जुलाई २०२५ सम्म कायम रहनेछ। यस परियोजनामा वल्र्ड बैंकले रु. १ अरब ४९ करोड १५ लाख लगानी गर्नेछ। ३.२८ कि.मी लम्बाईको… पुरा पढौ

क्यान्सर पीडित घिमिरेलाई नेपाली काग्रेस वडा इकाई ६को आर्थिक सहयोग

पोखरा । बेंसीशहर नगरपालिका ८ का रक्त क्यान्सर पीडित २९ बर्षीय विकास घिमिरेलाई नेपाली काग्रेस वडा इकाई ६ बैदामले आर्थिक सहयोग गरेका छ । संविधान दिवसको अवसरमा इकाई ६ले सहयोग गरेको हो । पोखरा महानगर पालिका वडा ६ बैदामका नेपाली काग्रेसका कार्यकताहरुले आर्थिक संकलन गरि घिमिरेको उपचारमा सघाउ पु¥याउन ३२ हजार ५५ रुपियाँ सहयोग गरेका छन् । सोमबार एक कार्यक्रमको आयोजना गरि नेपाली काग्रेस वडा इकाई सभापति सन्तोष पौडेलले विकास घिमिरेकी दिदी पोखरा ६ बैदाम मुलथोक निवासी अनिता घिमिरे बराललाई… पुरा पढौ

सुनको भाउ तोलामा चार सय रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घटेको छ । आज सुन तोलाको ९१ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।हिजो सुन तोलाको ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १० रुपैयाँ घटेको चाँदीको भाउ १ हजार १ सय ७५ रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ । पुरा पढौ

कर्णालीमा सुपथ मूल्य पसल सञ्चालन

कर्णाली । कर्णालीमा दसैँ, तिहार र छठलाई लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालन भएको छ । शनिबारदेखि सुर्खेतसहित कर्णालीका दसैँ जिल्लामा सुपथ पसल सञ्चालन भएको छ । चाडपर्वको बेलामा बजारमा अस्वाभाविकरूपमा मूल्यवृद्धि हुने भएकाले उपभोक्तालाई राहत दिन सुपथ पसल सञ्चालनमा ल्याइएको हो । उक्त सुपथ मूल्य पसलको शनिबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले उद्घाटन गरे । सो अवसरमा उनले सबै सरोकारवालाको समन्वयमा बजार अनुगमनलाई प्रभावकारीरूपले तीव्र पारिने बताए । रिजालले यस्ता सहुलियत मूल्य पसल सहरमा मात्र नभई गाउँसम्म पु¥याउन आवश्यक… पुरा पढौ

नेप्सेमा उच्च अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से ३३ दशमलव ९७ अङ्कले ओरालो लागेर एक हजार आठ सय ७६ दशमलव ४१ अङ्कमा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव शून्य चार अङ्कले ओरालो लागेको छ । कूल दुई सय २९ कम्पनीको ६२ लाख ९६ हजार चार सय ४५ कित्ता शेयर रु एक अर्ब ६० करोड १८ लाख २२ हजार… पुरा पढौ

पर्यटकीय क्षेत्रको सुधारवाट मात्रै पर्यटकको आर्कषण वढ्छः मन्त्री खड्का

पोखरा । पोखराको पर्यटकीय क्षेत्र महेन्द्र गुफामा गण्डकी प्रदेश सरकारको सहयोगमा वृहत विकास परियोजना शुरु भएको छ । सामुदायिक विद्यालय तर्फ नेपालकै पहिलो नमुना विद्यालय विन्ध्यवासिनी माध्यमिक विद्यालय, वाटुलेचौरको संरक्षण तथा व्यवस्थापनमा संचालित महेन्द्र गुफामा विद्यालयले तयार पारेको व्यवस्थित विकासको गुरुयोजना अनुरुप एक वर्षभित्र सक्ने गरी विभिन्न योजना समेटिएको परियोजना शुरु भएको हो । महेन्द्र गुफा परिसर सुधार तथा विभिन्न पुर्वाधारहरुको निर्माण कार्यको आइतवार एक कार्यक्रमका विच गण्डकी प्रदेशका भौतिक पुर्वाधार, शहरी विकास एवं यातायात व्यवस्था मन्त्री कुमार खड्काले शिलान्यास… पुरा पढौ

सुनको भाउ आज तोलामा तीन सय रुपैयाँ बढ्यो

सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ । अस्ति शुक्रवार ९१ हजार ५ सय रुपैयाँ रहेको सुनको भाउ आज ९१ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। पुरा पढौ

सात मिटरब्याजी विरुद्ध जिल्ला प्रहरीमा मुद्दा दर्ता

चितवन । जिल्ला प्रशासन कार्यालयले सात मिटरब्याजीविरुद्ध मुद्दा दर्ता गरेको छ । आन्तरिक छलफलका क्रममा सहमति नजुटेपछि जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ताका लागि फाइल पठाइएको छ । दुईपक्षीय सहमति हुन नसकेपछि ती मुद्दालाई प्रहरी कार्यालय पठाइएको प्रशासन कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेले जानकारी दिए । उनका अनुसार परेका निवेदनमध्ये अहिले अन्य पाँचवटा मद्दा छलफलमा छन् । ती उजुरीमा पक्ष र विपक्षीको बयान लिने काम जारी छ भने अन्य उजुरीको विषयमा सम्बन्धित व्यक्तिलाई बोलाउने क्रममा रहेको उनले बताए । जिल्ला प्रहरी… पुरा पढौ

चाडवाड लक्षित छुट योजना संचालन गर्न पोउवा संघको आग्रह,छुट दिने बस्तुगत संघहरुको प्रतिवद्धता

पोखरा । पोखरा उद्योग वाणिज्य संघले दसैं र तिहारलाई लक्षित गर्दै उपभोग्य सामग्रीमा छुट दिन व्यवसायीहरुसँग आग्रह गरेको छ । अध्यक्ष पवनकुमार प्रजापतिले संघअन्तर्गत रहेका विभिन्न बस्तुगत संघहरुका अध्यक्ष र प्रतिनिधिहसँगको बिहीबार भएको बैठकमा सो आग्रह गरेका हुन् । ‘ चाडवाडमा सहुलियत दरमा उपभोग्य सामग्री बिक्री–बितरण गर्दा व्यवसायी र उपभोक्ताबीचको सम्बन्ध सुमुधुर हुन्छ’,उनले भने,‘त्यसले व्यवसाय विस्तारमा पनि सघाउँछ,सामाजिक उत्तरदायित्व पनि बहन हुन्छ ।’ अध्यक्ष प्रजापतिले स्वच्छ व्यवसाय गर्न तथा चाडवाडलक्षित अनुगमनलाई सघाउन पनि व्यवसायीहरुसँग आग्रह गरे । अनुगमनको नाममा हुने… पुरा पढौ

नेप्सेमा उच्च अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५७ अङ्कले ओरालो लागेर एक हजार नौ सय २४ दशमलव ४८ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११ दशमलव २३ अङ्कले ओरालो लागेर तीन सय ७४ दशमलव १३ मा सीमित भएको छ । कूल दुई सय ३२ कम्पनीका ६९ लाख ४० हजार पाँच सय ९६ कित्ता शेयर रु दुई अर्ब १२ करोड… पुरा पढौ