अर्थ

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४६।०८ अङ्कले ओरालो लागेर दुई हजार ३०।५९ मा ओर्लेको छ ।यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८।७१ अङ्कले ओरालो लागेर ३८७।२३ मा ओर्लेको छ । कूल २२९ कम्पनीको ८६ लाख १३ हजार ४८९ कित्ता शेयर रु दुई अर्ब ९६ करोड ८४ लाख ८५ हजार २२४ मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोबारपछि बजार पुँजीकरण… पुरा पढौ

मूल्यवृद्धि दोब्बर ः महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले देशको आर्थिक अवस्था विग्रदै गएको आरोप लगाएका छन। मङ्गलबार प्रेस चौतारी कैलालीले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अघिल्लो सरकारको पालामा भन्दा अहिले झण्डै दोब्बरले मूल्यवृद्धि भएर जनताको ढाड सेक्ने काम भएको छ भने । महासचिव पोखरेलले करका दायरा हेरफेर गर्ने कार्य अनुचित भएकोसमेत सो अवसरमा बताए ।रासस पुरा पढौ

राप्ती हाइड्रोको आइपीओ आउँदै

काठमाडौँ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणका लागि साधारण निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही असार २९ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ ) खुला गर्न लागेको हो । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको शेयरमा बिक्री नभएर बाँकी रहेका ३७ हजार ६२३ कित्तासहित कूल २३ लाख ६६ हजार २४० कित्ता शेयर निष्कासन गर्ने जनाएको छ । कम्पनीले जारी गरेको आह्वानपत्रानुसार कूल निष्कासित शेयरमध्ये तीन प्रतिशत अर्थात ७० हजार ९८८… पुरा पढौ

फेरि बढ्यो पेट्रोल–डिजेलको मूल्य

काठमाण्डौं । नेपाल आयल निगमले सोमबार मध्यरातबाट लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार एक विज्ञप्ती जारी गर्दै पट्रोलमा २ रुपैयाँ, मट्टीतेल र डिजेलमा ९–९ रुपैयाँ वृद्धि गरेको जनाएको छ । यस्तै हवाई इन्धन आन्तरिक तर्फ ५ रुपैयाँ वृद्धि हुदा खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको विज्ञप्तीमा जनाइएको छ बढेको नयाँ मूल्य अनुसार पेट्रोल प्रति लिटर १८१, मट्टीतेल र डिजेल १७२ र हवाई इन्धनको मूल्य १९० रुपैयाँ प्रतिलिटर पर्ने भएको छ । यस्तै खाना पकाउने… पुरा पढौ

अर्थमन्त्रीलाई एमाले सांसद गुरुङको प्रश्न : तपाईं अर्थमन्त्री कि अनर्थमन्त्री ?

पोखरा । गण्डकी प्रदेश सभा सदस्य किरण गुरुङले अर्थमन्त्री रामजीप्रसाद बराललाई तपाईं अर्थमन्त्री कि अनर्थमन्त्री भनेर प्रश्न गरेका छन् । असार १ गते बजेट आएपछि स्थगित भई सोमबारदेखि शुरु भएको प्रदेश सभा बैठकमा बजेट माथिको सामान्य छलफलमा भाग लिदै एमाले प्रदेश सभा सदस्य तथा प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले ‘अर्थमन्त्री ज्यू तपाईं अर्थमन्त्री कि अनर्थमन्त्री’ भनेर प्रश्न गरेका हुन् । प्रधानमन्त्रीय प्रणालीमा मुख्यमन्त्रीको निर्देशन नमानेकाले उनले अर्थमन्त्रीलाई यस्तो प्रश्न गरेका हुन् । पुरा पढौ

विवाद मिलेपछि गण्डकीमा बजेटमाथिको छलफल शुरु

पोखरा । बजेट विवाद मिलेपछि गण्डकी प्रदेश सभामा बजेटमाथिको छलफल शुरु भएको छ । सत्तारुढ दलहरुबीच बजेटमा विवाद भएपछि रोकिएको बजेटमाथिको छलफल सोमबारदेखि शुरु भएको हो । यसअघि असार १ आएको बजेटमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम नपरेको भन्दै प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस असन्तुष्ट थियो । गठबन्धन दलहरुको निर्णय र मन्त्री परिषद बैठकमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निर्देशनका बाबजुद अर्थमन्त्री रामजीप्रसाद बरालले बजेटमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम राखेका थिएनन् । अर्थमन्त्री बरालले मुख्यमन्त्री र मन्त्री परिषदलाई नटेरेका कांग्रेसको… पुरा पढौ

नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पुनः ओरालो लागेको छ । अघिल्लो केही दिन उकालो लागेको नेप्से परिसूचक आज भने ९।७५ अङ्कले ओरालो लागेर दुई हजार ७६।६७ मा ओर्लेको हो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २।८९ अङ्कले ओरालो लागेर ३९५।९४ मा ओर्लेको छ । कूल २३४ कम्पनीको एक करोड नौ लाख ८१ हजार ५९१ कित्ता शेयर ७५ हजार ७९० पटक कारोबार भयो । आजको कूल कारोबार रु चार अर्ब ३४ करोड ९२… पुरा पढौ

जाने होईन त मिछुर्लुङ ?

मिछुर्लुङमगर ढुटमा ‘मिछुलु’ भनेको चामलको वियाँ जस्तो र ‘लुम’ भनेको ढुंगा हो । त्यस स्थानमा चामलको वियाँ जस्तो प्रसस्त स-साना ढुंगा पाईने भएकोले ‘मिछुलुम’ शव्द अप्रभंश भएर मिछुर्लुङ हुन गई गाउँको नाम मिछुर्लुङ राखिएको स्थानियहरु बताउछन् । मिछुर्लुङ समुन्द्री सतहदेखि सात सय ५० मिटर उचाईमा रहेको तनहुँको भिमाद नगरपालिका-५ मिछुर्लुङ गाउँ निकै सुन्दर र मनमोहक देखिन्छ । स्वयम मिछुर्लुङबाट पुर्वतिर रिसिङ,पश्चिमतिर स्याङजाका रमणिय केहि स्थानहरु देख्न सकिन्छ भने उत्तरतर्फ भिमाद बजार र खैरेनी,दक्षिणतर्फ घिरिङ गाउँपालिकाका रमणीय स्थानहरु लगतएत लोभलाग्दो हिमशृङ्खलाहरु… पुरा पढौ

बैंकमा पैसा राख्नेमा कुन जिल्लाका नागरिक अघि

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा सबैभन्दा कम निक्षेप राख्ने जिल्लाका रुपमा रुकुमपूर्व देखिएको छ । आर्थिक विकासमा पछाडि परेको कान्छो जिल्लाका रुपमा रहेको सो जिल्लाको कूल निक्षेप ०।२३ प्रतिशत मात्रै रहेको छ ।नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको लुम्बिनी प्रदेशको आर्थिक विवरणअनुसार सो जिल्लाका नागरिकले मात्रै रु ९३ करोड ७३ लाख बराबरको रकम मात्रै बैंक तथा वित्तीय संस्थामा निक्षेपका रुपमा राखेको पाइएको छ । केन्द्रीय बैंकले सातवटै प्रदेशको आर्थिक अवस्थाका बारेमा नियमित विवरण सार्वजनिक गर्दै आएको… पुरा पढौ

प्रदेशमा पुनः ‘छोरी शिक्षा बीमा’ सुरु

बारा । मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु भएको छ । सो कार्यक्रम कोरोना महामारीका कारण बिगत दुई वर्षदेखि रोकिएको थियो । शिक्षा विकास निर्देशनालय मधेश प्रदेशका शिक्षा निर्देशक चूडामणि फुयाँलले ‘छोरी शिक्षा बीमा’ कार्यक्रम आजदेखि पुनः सुचारु भएको जानकारी दिए । यसअघि प्रभु बैंकसँग सम्झौता गरी छोरीहरुको बीमा गरिँदै आएकोमा अब ग्लोबल बैंकसँग सम्झौता गरिएको उनले बताए । सम्झौतापत्रमा प्रदेश सरकारको तर्फबाट शिक्षा निर्देशक फुयाँल र ग्लोबल बैंकका प्रदेश प्रमुख सुजन श्रेष्ठले हस्ताक्षर गरेका छन्।… पुरा पढौ