अर्थ

लेखनाथका भट्टराई निर्माण व्यवसायी संघ कास्कीको सहकोषाध्यक्षमा उठ्ने

चैत्र ०९लेखनाथका युवा व्यवसायी ध्रुव भट्टराईले निर्माण व्यवसायी संघ कास्कीको सहकोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।संघको चैत्र ११ र १२ गते पोखरामा २८ औं साधारण सभा तथा १५ औं अधिवेशन हुँदैछ । अधिवेशनको निर्माण व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष रबि सिंहले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।निर्माण व्यवसायीहरु पनि लोकतान्त्रीक र प्रगतीशिल गरी दुई खेमामा विभाजित छन् । लोकतान्त्रीक खेमाबाट लिलकाजी गुरुङ्ग र प्रगतीशिल समूहबाट रामराज अधिकारीको नेतृत्वमा चुनावी मैदानमा उत्रिन लागेका हुन ।यसअघिको निर्वाचनमा कार्यसमितिको सदस्यमा सर्वाधिक मत ल्याएर विजयी… पुरा पढौ

सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घट्यो

काठमाडौं । बुधबार सुनको मूल्य तोलामा ११ सय र चाँदीको मूल्य २५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार २ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार एक लाख तीन सय रुपैयाँ प्रतितोलामा छापावल र ९९ हजार ८ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । आज चाँदीको कारोबार मूल्य १३ सय ७० रुपैयाँ तोकिएको छ… पुरा पढौ

नयाँ दुलेही झैँ बन्यो आठौँ तनहुँ महोत्सव स्थल

तनहुँ । तनहुँको सदरमुकाम दमौली नयाँ दुलेही झैँ सिङ्गारपटार गरिएको छ । यही चैत १० देखि २० गतेसम्म हुन गइरहेको आठौँ तनहुँ महोत्सव दमौलीमा हुन लागेकाले बजार क्षेत्रलाई सिङ्गारिएको हो । दमौलीको ट्राफिक चोकमा मुख्य स्वागत गेट निर्माण गर्नुकासाथै सडकका दायाँबायाँ किनारमा रङ्गरोगन गरी चिटिक्क बनाइएको छ । बजार क्षेत्रदेखि महोत्सवस्थलसम्म ध्वजापताका टाँगेर झिलिमिली र आकर्षक बनाइएको छ । ‘महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको पूर्वाधार’ भन्ने मूल नाराका साथ तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजना तथा दमौली बजार इकाइ समितिको… पुरा पढौ

एगाको टोलीद्वारा पूर्वी नेपालमा पर्यटन प्रवद्र्धन एवम् उद्योग अवलोकन

पोखरा । पर्यटकका लागि उपहारका रुपमा प्रयोग गरिने सामाग्रीको विक्री वितरण गर्दै आएको संस्था इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन(एगा) पोखराको टोलीले पूर्वी नेपालमा पोखराको पर्यटन प्रवद्र्धनसँगै विभिन्न उद्योगहरूको अवलोकन गरेको छ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा एगा पोखराद्वारा आयोजित पर्यटन प्रवद्र्धन एवम् क्षमता अभिबृद्धि कार्यक्रम अन्तर्गत व्यवसायीलाई विराटनरस्थित अन्नपूर्ण निटिङ इन्डस्ट्रिज प्रा.लि. र प्रगति टेक्सटायल प्रा.लि.को अवलोकनसँगै इलामको कन्याम चियावारी, कोशी व्यारेज लगायतका स्थानहरू अवलोकन गराइएको कार्यक्रम संयोजक एवम् संस्थाका उपाध्यक्ष गोकर्ण लम्सालले जानकारी दिए । अवलोकन पश्चात आयोजित कार्यक्रममा अन्नपूर्ण… पुरा पढौ

महिलालाई आत्मनिर्भर बनाउन नगरपालिकाद्धारा ढाका बुनाइ सीप

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा महिलालाई आत्मनिर्भर बनाउन ढाका बुनाइ तालिम सुरु भएको छ । वडा नं १ हुँगीका महिलालाई लक्षित गरी आयआर्जन बढाउने उद्देश्यले दुई महिने तालिम आयोजना सुरु गरिएको हो । गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत ढाका बुनाइ तालिम सुरु भएको वडा सचिव हरिप्रसाद भण्डारीले बताए । त्यहाँका १५ महिला तालिममा सहभागी छन् । तालिममा सिकेका सीपलाई व्यवहारमा उतारी आत्मनिर्भर बनाउन महिलालाई सीपमूलक तालिम उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । सहभागीलाई मेसिन, धागो, प्रशिक्षकलगायत खर्च… पुरा पढौ

अदुवाले मूल्य नपाएपछि किसान चिन्तित

तनहुँ । तनहुँ जिल्लाको घिरिङ गाउँपालिका–२ चिन्नेखोला निवासी दुलबहादुर थापा शारीरिकरुपले कमजोर छन् । जन्मिएपछि करिब पाँच÷छ वर्षको उमेरदेखि उहाँका हात खुट्टा राम्रोसँग चल्न सक्दैनन् । शारीरिक अपाङ्गता भए पनि सपाङ्गभन्दा कमी हुनुहुँदैन भन्ने आत्मबलका साथ गत वर्षदेखि अदुवाखेतीमा थापा क्रियाशील छन् । गण्डकी प्रदेशको आर्थिक सहयोगमा अपाङ्गता भएका व्यक्तिको लागि अधिकार विकासको लागि स्रोत केन्द्र (रिसेड)मार्फत रु पाँच हजार अनुदान पाएपछि थापाले अदुवाखेती गरेका हुन् । करिब चार रोपनी क्षेत्रफलमा अदुवा लगाउँदा झण्डै ४०० क्विन्टल अदुवा उत्पादन भएको किसान… पुरा पढौ

ग्रीन भेन्चर्सको आइपिओ खुला

काठमाडौ । ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु ३१ करोड २५ लाख मूल्य बराबरको ३१ लाख २५ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको हो । कम्पनीले निष्कासन गरेको साधारण शेयरमा कूल निष्कासनको पाँच प्रतिशतअर्थात्् एक लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषलाई र तीन प्रतिशतअर्थात् ९३ हजार ७५० कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी २८ लाख ७५ हजार कित्ता शेयर खरिदका… पुरा पढौ

लेखनाथ महोत्सवमा रु छ करोड ४५ लाखको कारोबार

कास्की । लेखनाथ महोत्सवमा रु छ करोड ४५ लाखको कारोबार भएको छ । गत फागुन २६ गतेदेखि सञ्चालित १७ औँ संस्करणको सो महोत्सवमा दुई लाख २० हजार दर्शकले अवलोकन गरेको लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक छत्रधर आत्रेयले जानकारी दिए । महोत्सव सोमबार सम्पन्न भएको छ । सो अवसरमा गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले व्यापारिक मेला महोत्सवले आर्थिक समृद्धिमा टेवा पुग्ने बताए । व्यापारिक मेलाले क्रेता र विक्रेताका बीच वस्तु तथा… पुरा पढौ

पेट्रोलियम व्यवसायी आन्दोलनमा, माग पुरा नभए सम्पूर्ण इन्धन कारोबार ठप्प पार्ने चेतावनी

लेखनाथ चैत्र ०७इन्धन आपूर्ति र दुवानी गर्ने व्यवसायीहरुले विभिन्न माग राखी आन्दोलनको घोषणा गरेका छन् । राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिमा आवद्ध नेपाल पेट्रोलियम डिलर्स एशोसियन, नेपाल एल.पि ग्याँस उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले संयुक्त रुपमा आन्दोलनको घोषणा गरेका हुन ।कास्कीका प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल आयल निगमलाई ज्ञापनपत्र बुझाउँदै व्यवसायीहरुले चैत्र २० गतेसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन ।मुल्यवृद्धि पछिको पेट्रोलियम पदार्थको कारोबारमा रोकिएको कमिसन उपलब्ध गराउनु पर्ने लगायतका मागहरु राखेका छन् । यसैगरी प्राविधिक… पुरा पढौ

लेखनाथ महोत्सवमा साढे ६ करोड कारोबार

१७ औँ संस्करणको लेखनाथ महोत्सवमा करिब साढे ६ करोड रूपैयाँ बराबरको कारोबार भएको छ। लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका संयोजक छत्रधर आत्रेयका अनुसार सोमवार सम्पम्न महोत्सवमा ६ करोड ४५ लाख रूपैयाँ बराबरको कारोबार भएको छ। कास्कीको पोखरा महानगरपालिकामा भएको महोत्सवमा २ लाख २० हजार दर्शकले अवलोकन गरेको आत्रेयले बताए। महोत्सव अवधिभर विभिन्न क्षेत्रमा उत्कृष्ट भएका सहभागीलाई पुरस्कृत गरेको थियो। महोत्सव फागुन २६ देखि चैत ७ गतेसम्म संचालन भएको थियो। महोत्सवमा विभिन्न बस्तु तथा सेवाका ३… पुरा पढौ