अर्थ

राजनीति र खेलकुदकर्मीले खोले पोखराको बगरमा ‘जिम टाउन’

पोखरा । पोखराको बगरमा ‘जिम टाउन’ सञ्चालनमा आएको छ । पोखरा महानगरपालिका वडा नम्बर–१ बगरमा ५ करोडको लगानीमा जिम, स्विमिङ पुल र रेष्टुरेण्टसहितको ‘जिम टाउन’ सञ्चालनमा आएको हो । राजनीतिकर्मी तथा खेलकुदकर्मी ६ जना युवाहरु मिलेर ‘जिम टाउन’ सञ्चालनमा ल्याएका हुन् । यसको कार्यकारी अध्यक्षमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सभा सदस्य दीपक कोईराला छन् । उनी क्रिकेट संघका कार्यवाहक अध्यक्ष तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्षसमेत हुन् । त्यस्तै, फेन्सिङ खेलाडी बलराम सुवेदी म्यानेजिङ डाईरेक्टर… पुरा पढौ

पोखरा सुनचाँदी ब्यवशायी संघको अध्यक्षमा बुद्धाचार्य

पोखरा । पोखरा सुनचांदी ब्यवशायी संघको अध्यक्षमा पुष्पमान बुद्धाचार्य निर्वाचित भएका छन । पोखरा सुनचांदी ब्यवशायी संघको २३ औं साधारण सभा तथा ११ औं अधिवेशनबाट अध्यक्षमा पुष्पमान बुद्धाचार्य निर्वाचित भएका हुन । संघको उपाध्यक्षमा मंगलराज शाक्य, सचिवमा प्रविण बुद्वाचार्य, कोषाध्यक्षमा राकेशमान बुद्वाचार्य र सह सचिवमा रविन्द्र बज्रचार्य चयन भएका छन । त्यसैगरी सदस्यहरुमा इश्व मान बुद्वाचार्य, महेश रत्न शाक्य, दिनेशमान बुद्वाचार्य र निकिन बज्रचार्य चयन भएका छन । अधिवेशन तथा साधारण सभाको उद्घाटन गर्दै संस्थाका पूर्व अध्यक्ष राजेशमान बुद्धाचार्यले सुनचाँदी… पुरा पढौ

नेप्से परिसूचकको उकालो यात्रा

कर्णाली । शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ५८ अङ्कले उकालो लागेको छ । पछिल्ला केही दिनदेखि नेप्से परिसूचकले उकालो यात्रा तय गरेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५७।६५ अङ्कले उकालो लागेर दुई हजार ८६।४२ मा पुगेको छ । त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०।२१ अङ्कले उकालो लागेर ३९८।८२ मा पुगेको छ । नेप्सेको उकालो यात्रासँगै कारोबार रकम समेत बृद्धि भएको छ । कूल २३१ कम्पनीको ६२ लाख २७ हजार ६९२… पुरा पढौ

दाङमा खानेपानी आयोजनामा १२ अर्ब लगानी

काठमाडौँ । ‘एक घर, एक धारा’ अभियानलाई सार्थकता दिन स्थानीय तहसँग सहकार्य गरी दाङमा खानेपानी आयोजना विस्तारको काम धमाधम भइरहेको छ । लुम्बिनी प्रदेश सरकारअन्तर्गत खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका अनुसार जिल्लामा चालु आर्थिक वर्षका लागि १० वटै पालिकामा विभिन्न शीर्षकमा गरी २५२ खानेपानी आयोजनाका लागि रु १२ अर्ब २२ करोड ३५ लाख ७२ हजार लगानी भएको छ । ती आयोजनामध्ये केही ठाउँमा कार्यान्वयनमा आइसकेको छ, भने धेरैजसो स्थानमा काम जारी छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख… पुरा पढौ

आर्थिक वर्ष २०७९÷८० को वार्षिक बजेट प्रदेश सभाबाट बहुमतले पारित

मोरङ । प्रदेश नं १ प्रदेश सभाको आर्थिक वर्ष २०७९÷८० को वार्षिक बजेट आज प्रदेश सभामा बहुमतले पारित भएको छ । बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले निर्णयार्थ प्रस्तुत गरेपछि बजेट पारित भएको हो । यसअघि नेकपा९एमाले० संसदीय दलका तर्फबाट प्रदेश सभा सदस्य तुलसीप्रसाद न्यौपानेसहित पाँच सदस्यले बजेटको सेवा तथा परामर्श शीर्षकमा रु १०० खर्च कटौती गरियोस भन्ने प्रस्ताव बहुमतले अस्वीकार गरेको थियो । प्रस्तावको पक्षमा बोल्दै सदस्य न्यौपानेले सरकारलाई अझ जवाफदेही, पारदर्शी र उत्तरदायी बनाउन खर्च कटौतीको प्रस्ताव गरेको बताएका थिए… पुरा पढौ

पर्यटनका समस्या मौद्रिक नीतिमार्फत सम्बोधन गर्न होटल संघ पोखराको आग्रह

होटल संघ पोखराले कोरोना प्रभावित पर्यटनलाई पुनरुत्थान गर्दै व्यवसायलाई निरन्तरता दिन विशेष राहतका कार्यक्रम ल्याउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ। नयाँ मौद्रिक नीतिका सन्दर्भमा सो बैंकलाई सुझाव प्रदान गर्न संघद्वारा शनिबार पोखरामा आयोजित अन्तक्र्रियामा संघका अध्यक्ष लक्ष्मण सुवेदीले गभर्नर महाप्रसाद अधिकारीलाई संस्थाका तर्फबाट लिखित सुझाव तथा माग प्रस्तुत गरे। गत जेठ १५ मा प्रस्तुत बजेटले पर्यटन क्षेत्रका समस्या सम्बोधन गर्न नसकेको बताउँदै अध्यक्ष सुवेदीले मौद्रिक नीतिले तिनलाई समेट्नेमा आफूहरू आशावादी रहेको बताए। कोभिड–१९ का कारण ३० प्रतिशत व्यवसायी तथा… पुरा पढौ

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० तोकिएकोे छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार ५०० मा कारोबार भएका पहेँलो धातु आज प्रतितोला रु ३०० ले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २५ ले घटेर रु एक हजार २१० तोकिएको… पुरा पढौ

सयपत्री हाइड्रोपावरको आइपीओ भर्ने म्याद थप गरियो

सयपत्री हाइड्रोपावरको ३ लाख कित्ता आइपीओ भर्ने म्याद थप गरिएको छ। कम्पनीले पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि असार २४ गतेसम्मका लागि समय थपेको हो। कम्पनीले असार २ गते आयोजना प्रभावित स्थानीय बासिन्दाहरुको लागि प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३ करोड रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो। कम्पनीले आयोजना प्रभावित क्षेत्र बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकाका स्थानीय बासिन्दालाई उक्त सेयर निष्कासन गर्न लागेको जनाएको छ। यस आइपीओमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ। रेटिङ एजेन्सी… पुरा पढौ

नेप्से परिसूचकमा उछाल

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । लगातार ओरालो लागेको नेप्से परिसूचक पछिल्ला केही दिनदेखि भने उकालोको यात्राका लागि तम्तयार भएजस्तो देखिएको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से परिसूचक ७४।९३ अङ्कले उकालो लागेर दुई हजार ३७।६४ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२।६३ अङ्कले उकालो लागेर ३९१।७८ मा पुगेको छ । नेप्सेको बृद्धिसँगै कारोबार रकममा समेत सामान्य सुधार देखिएको छ । कूल २२७ कम्पनीको… पुरा पढौ

बागमती प्रदेशसभा बैठक ः आगामी आवको बजेट बहुमत पारित

बागमती । प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि प्रस्तुत गरेको बजेट बहुमतले पारित भएको छ ।प्रदेशसभाको आज बसेको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेललाई उक्त बजेटसम्बन्धी प्रस्ताव पेश गर्न अनुमति दिएका थिए । प्रदेश सरकारले आगामी आवका लागि कूल रु ७० अर्ब ९३ करोड अनुमानित बजेट ल्याएको थियो । यही असार १ गते बसेको प्रदेशसभामा मन्त्री जम्मकट्टेलले उक्त बजेट प्रस्तुत गरेका थिए ।कूल रु ७० अर्ब ९३ करोड बजेटमध्ये चालुतर्फ रु १९ अर्ब दुई… पुरा पढौ