अर्थ

पोखरा स्पोर्टस अवार्डलाई जापानबाट घलेको सहयोग

पोखरा । पोखरा स्पोर्टस अवार्डलाई जापानबाट मोहन घलेले सहयोग गर्ने भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यहि असार १८ गते शनिबार हुने ‘छैंटौं पोखरा स्पोर्टस् अवार्ड’ लाई उनले नगद सहयोग गरेर सहयोग गर्ने भएका हुन् । स्पोर्टस् अवार्डका लागि गठित अन्तर्राष्ट्रिय समन्वय समितिका सह संयोजक एवम अग्रज फोटो पत्रकार सुदर्शन रञ्जितका अनुसार मोहन घलेले अवार्ड सफल बनाउन नगद १५ हजार सहयोग गर्ने जनाएको बताए । पर्वत स्थायी घर भई हाल जापान बस्दै आएकी घले नेपाल खेलकुद पत्रकार… पुरा पढौ

बढ्यो सुनको मूल्य,चाँदीको घट्यो

काठमाडौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० तोकिएकोे छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार ७०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु १०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ३०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार २०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार… पुरा पढौ

आजदेखि हिमालयन हाइड्रोपावरको आईपीओ निष्कासन

हिमालयन हाइड्रोपावर लिमिटेडले आज (असार १५ गते) देखि सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य दरका कुल १९ लाख ६८ हजार २ सय ५० कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो। कम्पनीले निष्कासन गर्ने कुल शेयरमध्ये २ प्रतिशत अर्थात् ३९ हजार ३ सय ६५ कित्ता शेयर कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ। त्यस्तै, ५ प्रतिशत अर्थात् ९८ हजार ४ सय १३ कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरेको छ। बाँकी रहेको १८ लाख… पुरा पढौ

पोखराको बजारमा पहिलो पटक नयाँ पुस्ताको ल्यापटप–एसरको १२ जेन

पोखरा ।  पहिलो पटक नयाँ पुस्ताको ल्यापटप एसर १२ जेनेरेशन (ACER 12th Generation) पोखराको बजारमा पाइने भएको छ । एसर व्राण्डको यो ल्यापटप पहिलो पटक पोखराको बजारमा आएको हिमालय कम्प्पुयुटरका प्रवन्ध निर्देशक जगन बहादुर गुरुङले जनाएका हुन् । उनले भने–“यो अहिले सम्मकै उच्चस्तरिय प्रविधियुक्त ल्यापटप हो । एसर ब्राण्डको ल्याटप पहिलो पटक पोखरा आएको छ ।” बदलिंदो प्रविधि संगै नयाँ पुस्ताका लागि लक्षित यो ल्यापटप निकै उत्कृष्ट रहेको गुरुङको भनाई छ । फोर जिवी ¥याम, २५६ जिवी एसएसडी स्टोरेज, विन्डोज… पुरा पढौ

नेपालमा लगानी गर्न आग्रह

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपालका लागि अष्टे«लियन राजदूत फेलीसिटी वोल्कसँग नेपालले नीतिगत क्षेत्रमा थुप्रै सुधार गरिसकेकाले ढुक्क भएर यहाँ लगानी गर्न आग्रह गरेका छन । राजदूत फेलीसिटी र मल्लबीच आज चेम्बरको कार्यालयमा भएको भेटमा अध्यक्ष मल्लले जडीबुटी एवं खानीजन्य धातुको प्रशोधनसम्बन्धी उद्योगमा लगानी गरी अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्न उनीसँग आग्रह गरेका हुन । अध्यक्ष मल्लले नेपाल र अष्टे«लियाबीच सिधा हवाई सेवा विस्तार गरेर दुवै देशले फाइदा लिनसक्ने बताए । नेपाल र अष्टे«लियाबीच कूटनीतिक सम्बन्ध विस्तार… पुरा पढौ

अकबरे खुर्सानीबाट छ करोडभन्दा बढी आम्दानी

भोजपुर । व्यावसायिक अकबरे डल्ले खुसार्नी खेती भोजपुरका कृषकको रोजाइमा परेको छ । बजारमा माग राम्रो भएकाले खुसार्नी खेतीमा कृषकको आकर्षण बढेको हो । यहाँका विभिन्न ठाउँमा कृषकले व्यावसायिकरूपमा अकबरे खुर्सानीको खेती गरिरहेका छन् । विषेश गरेर भोजपुरको पौवादुङमा गाउँपालिकाले पकेट क्षेत्र घोषणा गरेर कृषकलाई यसको खेतीमा प्रोत्साहन गरेको छ ।गएको वर्ष यसै याममा यस गाउँपालिकामा खुसार्नी विक्रीबाट रु छ करोड ५० लाखभन्दा बढी रकम भित्रिएको गाउँपालिकाका कृषि शाखा प्रमुख बर्तेन्द्र राईले बताउनुभयो ।गत वर्ष तीन रोपनीमा खेती हुँदै आएकामा… पुरा पढौ

सर्वसाधारणका लागि अप्पर हेवाखोलाको आइपिओ आउँदै

काठमाडौ । अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले यही असार २४ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित रु १५ करोड मूल्य बराबरको १५ लाख कित्ता साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन ९आइपिओ० बिक्री खुला गर्न लागेको हो । कम्पनीले कूल निष्काशनको दुई प्रतिशतले हुने ३० हजार कित्ता कर्मचारीलाई र पाँच प्रतिशत अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याई बाँकी १३ लाख ९५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने जनाएको छ । कम्पनीले… पुरा पढौ

गण्डकीमा ६ समुह वर्गीकरण गरि सवारी कर बढ्यो

पोखरा । आगामी आर्थिक वर्षदेखि गण्डकी प्रदेशमा १२५ सीसीसम्मको स्कुटर र मोटरसाइकलको नवीकरण तथा सवारी साधन वार्षिक कर ३ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ । ४ समूहमा वर्गीकरण गरेर नवीकरण तथा वार्षिक सवारी कर लिइरहेको गण्डकी प्रदेशले अब ६ समूहमा वर्गीकरण गरी सबैमा कर बढाएको हो । अहिले १२५ सिसिको २७ सय तिरे पुग्छ भने १२६ देखि २ सय ५० सीसीसम्मको ४ हजार ६ सय रुपैयाँ तिरे पुग्छ । २ सय ५१ देखि ४०० सीसीसम्मलाई ९ हजार ६ सय रुपैया… पुरा पढौ

गण्डकी प्रदेश सरकारसमक्ष यातायात व्यवसायीको माग

यातायात व्यवसायीहरुले गण्डकी प्रदेश सरकारले सवारी साधनमा करको दायरा बढाएको भन्दै गण्डकी प्रदेश सरकारसमक्ष माग राखेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, गण्डकी प्रदेश कमिटिले प्रदेशको अर्थमन्त्री रामजीप्रसाद बराल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुमार खड्का समक्ष माग राखेको हो। नेपालको सार्वजनिक यातायातलाई चलायमान बनाउन उपयुक्त आयात नीति, संचालन विधि, समयानूकुल विधिको प्रयोग गरी यातायात क्षेत्रलाई मर्यादित तथा यात्रुमैत्री बनाउन प्रदेस सरकारसमक्ष यातायात व्यवसायीहरुको माग छ। व्यवसायीहरुले सार्वजनिक यातायातमा बृद्धि गर्न लागेको करको सूचकहरुलाई परिमार्जन गर्न प्रदेशको अर्थमन्त्री बराल… पुरा पढौ

पराजुली दम्पत्तिद्वारा २५ औ वैवाहिक वर्षगाँठका अवसरमा विद्यालयमा अक्षयकोष स्थापना

पोखरा । पोखराका पर्यटन व्यवसायी भरतराज पराजुली र जमुना पहारी पराजुली दम्पत्तिले एक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । पराजुली दाम्पत्तिले २५ औ वैवाहिक वर्षगाँठका अवसर पारेर पोखरा वडा नं.६ स्थित तालवाराही माध्यमिक विद्यालयमा रु. ५१ हजारको अक्षयकोष स्थापना गरेका हुन् । विभिन्न बहानामा फजुल खर्च गर्ने परिपाटीलाई चिर्दै सोहि खर्च समाजसेवामा लगानी गर्नुपर्छ भन्ने सन्देश दिनको लागि उक्त अक्षयकोष खडा गरेको पर्यटन व्यवसायी पराजुली बताए । आफुले एस.एल.सी.सम्म अध्ययन गरेको विद्यालयमा खडा गरेको अक्षयकोषबाट प्राप्त व्याजबाट सोहि विद्यालयमा अध्ययनरत… पुरा पढौ