अर्थ

पश्चिम बागलुङवासीलाई उत्तरगङ्गा आयोजनाको आश

बलेवा । मङ्सिर २१ गते, दिनको १ बज्नै लागेको थियो । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी प्रदेश हुँदै गण्डकी प्रदेश प्रवेश गर्दै थिए । ओली दुई प्रदेशको सिमाना बागलुङको निसीखोला गाउँपालिका पातीहाल्नेमा स्वागत गर्न बसेकाको मनमा भने हिजोका दुःख, आजको अवस्था र भोलीको चिन्ताले पिरोलेको देखिन्थ्यो । पुष्पलाल मध्यपहाडी लोकमार्गको यात्रामा हिँड्नुभएका ओलीलाई निसीखोलावासीले खुलेर स्वागत गरेका थिए भने गाउँपालिकाको विकास निर्माणका विषयमा ध्यानाकर्षण गराए । उनीहरुको पहिलो प्रश्नसहितको माग थियो “उत्तरगङ्गा जलाशययुक्त आयोजना रोकिनुका कारण… पुरा पढौ

पर्वतमा उन्नत जातका गाईभैँसी खरिद गर्नेलाई अनुदान

पर्वत । पशुपालनका माध्यमबाट गाउँपालिकालाई आत्मनिर्भर गराउने उद्देश्यले पर्वतको विहादी गाउँपालिकाले उन्नत जातका गाईभैँसी खरिद गर्नेलाई अनुदान दिने भएको छ । दूध उत्पादनमा गाउँपालिकालाई आत्मनिर्भर गराउने उद्देश्यले चालु आर्थिक वर्षदेखि उन्नत जातका गाईभैँसी खरिद गरेबापत अनुदान वितरण गर्न थालिएको हो । पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अर्जुन रिजालका अनुसार उन्नत जातका गाई वा भैँसी जुनसुकै खरिद गरेर दूध तथा पाडापाडी र बाच्छाबाच्छी उत्पादन गर्नेलाई प्रति गाईभँैसी रू २० हजार अनुदान दिने निर्णय भएको छ । “बढ्दो बसाइँसराइ, शिक्षा तथा रोजगारका… पुरा पढौ

तनहुँ देवघाटका सुन्तला किसानलाई काठमाडौँ महानगरको सहयोग

डुम्रे । तनहुँको देवघाट गाउँपालिका–१, २, ३ र ४ मा उत्पादित सुन्तलाको प्रभाव काठमाडौँ महानगरपालिकासम्म परेको छ । आइतबार ‘गाउँमा करोडौँको सुन्तला, बजार पुर्‍याउन गाह्रो’ शीर्षकमा राष्ट्रिय समाचार समिति ९रासस०मा समाचार प्रकाशित भएपछि कामपाले देवघाटका किसानलाई बजार र अनुदानको व्यवस्था गर्ने विषयमा छलफल सुरु गरेको हो । काठमाडौँलाई मुख्य बजार बनाएर देवघाटमा उत्पादित सुन्तला बिक्री वितरणका लागि बजार व्यवस्थापन, किसानले सिधै अनुदान पाउने व्यवस्थालगायत विषय महानगरको बैठकमा छलफल गरिने कामपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले राससलाई जानकारी दिए । उनले… पुरा पढौ

सिक्लेसमा बढ्दो पर्यटक आगमनसँगै व्यवस्थापनको चिन्ता

गण्डकी । मङ्सिरको १५ गते शुक्रबार पोखरा महानगरपालिका–३३ भरतपोखरीको बर माझथरका सात युवा कास्कीकै मादी गाउँपालिका–१ स्थित सिक्लेसको भ्रमणका लागि निस्किए । पछिल्लो समयमा बढ्दो पर्यटकको आगमनले चासो र चर्चा कमाएको सिक्लेस सञ्चारमाध्यममा सुनेका उनीहरुको उद्देश्य सिक्लेसमै पुुगी त्यहाँको वातावरण प्रत्यक्ष अवलोकन गर्नुु थियो । मोटरसाइकलमार्फत यात्राको तय गरेका उनीहरुलाई घरबाट निस्कँदा कतै भीडभाडका कारण बस्ने ठाउँ नै पाइँदैन की भन्ने चिन्ता पनि थियोे । त्यसै चिन्ताले यात्राकै क्रममा त्यहाँका होमस्टे सञ्चालकलाई फोन गरी आफूहरू आउन लागेको जानकारी गराएको भ्रमणटोलीका… पुरा पढौ

विदेशबाट फर्केर टिमुरे खोलामा सामूहिक माछापालन

गलेश्वर । वैदेशिक रोजगारीमा भनेजस्तो कमाइ नभएपछि स्वदेश फर्केर पश्चिम म्याग्दीको मालिका गाउँपालिका–३ का तीन जना युवाले सामूहिक माछापालन गरेका छन् । स्थानीय पूर्णबहादुर रोका, तेजेन्द्र बुढा र यमेन्द्र रोकाले मालिका–३ मा पर्ने टिमुरे खोलामा सामूहिक माछापालन थालेका हुन् । उक्त सामूहिक माछापालन पश्चिम म्याग्दीका लागि उदाहरणीय व्यवसाय बनेको छ । पूर्ण कतारमा छ र यामेन्द्र तीन वर्ष तथा तेजेन्द्र बहराइनमा तीन वर्ष काम गरेर स्वदेश फर्किएपछि सामूहिक माछापालनमा लागेका हुन् । टिमुरे खोला नजिकैको आठ रोपनी जग्गा भाडामा लिएर… पुरा पढौ

शतबीज छर्न देवघाटमा भक्तजनको घुइँचो

दमौली । बाला चतुर्दशीको अवसरमा तनहुँको प्रसिद्ध देवघाटधाममा शतबीज छर्न भक्तजनको घुइँचो लागेको छ । मङ्सिर कृष्णचतुर्दशीका दिन देवघाटमा आज शतबीज छर्न भक्तजनको घुइँचो लागेको हो । शतबीज छर्न आइतबारदेखि नै देवघाटधामा भक्तजनको भीड लागेको गाउँपालिकाका प्रवक्ता एवं देवघाट–५ का वडाध्यक्ष पूर्णबहादुर कुँवरले जानकारी दिए । उनले भने, “आज शतबीज छर्नका लागि हिजोेदेखि नै हजारौँ सङ्ख्यामा भक्तजन आइपुगेकाले यहाँको शान्ति सुरक्षाका लागि प्रबन्ध गरेका छौँ । ” शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रहरी कार्यालयबाट सुरक्षाकर्मी थप गरिएको छ । उनले… पुरा पढौ

सुन्तलाको दाना कसरी टिप्ने भन्ने चिन्तामा दोसल्लेवासी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजा बगैँचामा फलेको सुन्तलाको दाना कसरी टिप्ने भन्ने चिन्तामा छन् । दोसल्लेकै रेबहादुर पुनको फल दिने भएका सुन्तलाका बोट बिजुलीको तारले छुन थालेपछि मर्न थालेका छन् । ४२ घरधुरीको बसोबास रहेको दोसल्लेका बासिन्दाले पूरै गाउँमा सुन्तलाखेती गरेका छन् । नौ हजार सुन्तलाको बोट भएको बगैँचाको बीचमा रहेको ११ केभी क्षमताको विद्युतको नाङ्गो तारले हाँगा छुन थालेको छ । बगैँचाभित्र पस्न विद्युत्को करेन्ट लागेर दुर्घटना हुने जोखिम रहेको अन्नपूर्ण गाउँपालिकाका पूर्वउपाध्यक्ष केशमाया मगरले बताए… पुरा पढौ

विशाल महादेवको मूर्तिका कारण यसरी फेरियो पुम्दीकोटको परिचय

अन्नपूर्ण । पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको पर्यटकीय क्षेत्रमा मात्र सीमित हुन चाहन्नन् । उनीहरूको रोजाइ बन्ने गरेको छ, नजिकैका गाउँ अनि डाँडापाखाहरू । एकै मेसोमा फेवाताल, हिमशृङ्खला अनि पोखरा बजार हेर्नका लागि पोखरा नजिक धेरै डाँडा र थुम्का छन् । यसका लागि केही वर्षअघिसम्म शान्ति स्तुपा अनि सराङ्कोट धेरैको रोजाइ थियो । तर, पछिल्लो समय पोखरा महानगरपालिका–२२ स्थित पुम्दीकोट डाँडा पनि यसको विकल्प बनेको छ । शान्ति स्तुपाबाट केही पर विशाल महादेवको मूर्ति निर्माणपछि पुम्दीकोट डाँडाको… पुरा पढौ

व्यापार मेलाअन्तर्गत पोखरामा देशकै ठूलो अटो मेला

मंसिर २४ पोखरा । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिको दावी छ,‘पोखरा उद्योग वाणिज्य संघले आयोजना गर्ने मेला नाफामुखीभन्दा पनि प्रवद्र्धनात्मक र रोजगारी सिर्जनामा केन्द्रीत रहन्छ ।’ पोखराको नयाँबजारमा मंसिर २१ गतेदेखि जारी र ‘राष्ट्रिय औद्योगिक व्यापार मेला’मा जाने हो भने, उनले भनेको कुरा पत्याउन कर लाग्छ । उनले भनेजस्तै मेला परिसरमा छिर्नासाथ विभिन्न मोडलका गाडी तथा मोटरसाइकलहरु हेर्न पाइन्छ । यो पटकको मेलामा २४ वटा स्टलमार्फत् विभिन्न कम्पनीहरुले गाडी र मोटरसाइकल अनि स्कुटरहरुको प्रदर्शन गरिरहेका छन् । र,… पुरा पढौ

पोखराबाट बस चोरी, बस सहित एक बालक चितवनबाट पक्राउ

पोखरा । पोखरामा बस चोरी गरी चितवन लैजाँदै गर्दा एक जना बालक पक्राउ परेका छन् । बस चोरी गरि चितवन भरतपुर लैजादै गर्दा तनहुँको म्याग्दे गा.पा. वडा नं.३ का १७ वर्षका बालक चितवनको आँपटारीबाट पक्राउ परेका हुन् । यहि २२ गते राति पोखराको पृथ्वीचोकमा पार्किङ गरेर राखेको ग १ ख ९६३८ नम्बरको बस चोरी भएको थियो । बस चोरी भएलगत्तै प्रहरीले खोजतलास सुरु गरेको थियो । उक्त बस सहित बालकलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा… पुरा पढौ