अर्थ

पर्वतको पाङमा निर्माणाधीन औद्योगिक ग्राम सात वर्षदेखि अलपत्र

‘एक पालिका एक औद्योगिक ग्राम’ कार्यक्रमअन्तर्गत पर्वतको कुश्मास्थित पाङमा निर्माणाधीन औद्योगिक ग्राम सात वर्षदेखि अलपत्र परेको छ । कुश्मा नगरपालिका–१ पाङमा २०७६ सालमा सुरु गरिएको औद्योगिक ग्राम योजना बजेट अभाव तथा कानुनी झमेलाका कारण अलपत्र परेको हो ।औद्योगिक ग्रामका लागि आवश्यक जग्गा अधिग्रहण गरी सम्याउने, तारबार लगाउने र पहुँचमार्ग निर्माण गर्ने काम गरिएको भएपनि वन क्षेत्रसम्बन्धी कागजी प्रक्रिया, स्थानीय सहमति र प्रशासनिक ढिलासुस्तीका कारण काम अघि बढ्न नसकेको कुश्मा नगरपालिकाले जनाएको छ । परामर्शदाता छनोट, बोलपत्र आह्वानलगायतका कानुनी प्रक्रिया पूरा… पुरा पढौ

विकास निर्माणमा बजेट रोक्का मुख्य अवरोधः मन्त्री घिसिङ

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा विकास खर्च कम देखिनुको मुख्य कारण सरकारी बजेट रोक्का भएको बताएका छन् । राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा मन्त्री घिसिङले तीन मन्त्रालयअन्तर्गत मात्र रु एक खर्ब ९५ अर्ब बराबरको बजेट रोक्का हुँदा अधिकांश काम प्रभावित भएको स्पष्ट पारे । उनले सहरी विकास मन्त्रालयमा मात्र करिब रु ६१ अर्ब बजेट रोक्का भएको उल्लेख गर्दै प्रगति कम देखिएको बताए ।… पुरा पढौ

जेरी अन टप’को रेकर्ड परानले तोड्यो

दीपकप्रसाद अचार्यको निर्देशनमा बनेको फिल्म ‘परान’ ले ‘जेरी अन टप’ को रेकर्ड तोडेको छ। बरिष्ठ कलाकार नीर शाहको मुख्य अभिनय रहेको परानले अनमोल केसी अभिनीत जेरी अन टपलाई उछिन्दै यसवर्षको सर्वाधिक कमाइ गर्ने फिल्म बनेको हो।सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्सअफिस रिपोर्ट अनुसार मंसीर ६ गते रातिसम्मको तथ्यांकका आधार ‘परान’ ले भने २३ दिनसम्म १४ करोड १६ लाख ५१ हजारको आकंडा पार गरेको छ भने ‘जेरी अन टप’ ले एक महिनाभर १२ करोड ९७ लाख ४८ हजारको व्यापार गरेको… पुरा पढौ

मंसिर लागेसँगै पोखरामा महोत्सव सिजन शुरु

सन्देश श्रेष्ठपोखरा, मंसिर ७ पोखरामा महोत्सव सिजन शुरु भएको छ । पर्यटकीय नगरी पोखरामा मंसिर शुरु भएलगत्तै महोत्सव सिजन शुरु भएको हो । महोत्सव सिजन मानिने मंसिरदेखि माघसम्ममा पोखरामा ५ वटा ठूला महोत्सव तथा मेला आयोजना हुने गरेका छन् । त्यसबाहेक अन्य साना आधा दर्जन भन्दा बढी मेला तथा महोत्सवहरु आयोजना हुने गर्छन् । उसो त पोखरा आसपासका क्षेत्रहरु मादी गाउँपालिकाको सिक्लेस, माछापुच्छ«े गाउँपालिकाको तातोपानी, अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकलगायतका ठाउँहरुमा पनि महोत्सवहरु आयोजना हुने गरेका छन् । पोखरामा भने उस्तै प्रकृतिका… पुरा पढौ

राष्ट्रिय मावि पोखराका तत्कालीन ६ जना पदाधिकारीसहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय माध्यमिक विद्यालय, पोखराका तत्कालीन ६ जना पदाधिकारीसहित ८ जनाविरुद्ध मुद्दा दायर गरेको छ । सामुदायिक विद्यालयको भवन कानुन विपरीत निजी विद्यालयलाई भाडामा दिई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।अख्तियारले राष्ट्रिय माध्यमिक विद्यालय, पोखरा–१, पुरानो टुँडिखेलको करिब ४ रोपनी जग्गामा निर्मित भवनसहितका सार्वजनिक सम्पत्ति निजी प्रयोगमा लगाई दुरुपयोग गरेको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो । अनुसन्धानबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम विक्रम राणा, पोखरा महानगरपालिका– १ का वडा अध्यक्ष शाहारा प्रधान,व्यवस्थापन… पुरा पढौ

‘पिसिएम जब फेयर–२०२५’सम्पन्न, विद्यार्थी र व्यवसायी उत्साहित

पोखराको नदीपुरस्थित पोखरा कलेज अफ म्यानेज्मेण्टको आयोजनामा ‘पिसिएम जब फेष्ट–२०२५’सम्पन्न भएको छ । नेपाल युवा उद्यमी मञ्च, पोखरासंगको सहकार्यमा कलेज प्राङ्गणमा सम्पन्न फेष्टमा विविए, विसिएस आइटीतर्फ सातौं तथा आठौं सेमेष्टरमा अध्यायनरत तथा भर्खरै पास आउट समेत झण्डै २ सय विद्यार्थीहरुको सहभागिता रहेको थियो । फेष्टमा सुजल फुड्स, जोन्छे ट्रेडर्स, होटल सरोवर, मिन मार्ट,पोखरा इन्टरनेट, कर्माचार्य ग्रुप लगायत विभिन्न प्रतिष्ठित कम्पनीहरुको स्टलहरु रहेका थिए । कलेजका प्राचार्य लीना नेगी श्रेष्ठले विद्यार्थी र व्यवसायीक घरानाविच सम्बन्ध कायम गराउने सेतुको भुमिंका निर्वाह गर्दै… पुरा पढौ

२१ औं लेखनाथ महोत्सव पुसको पहिलो साता हुने,९ करोड बरावरको कारोबार गर्ने लक्ष्य

लेखनाथ उद्योग वाणिज्य संघले पुसको पहिलो साता देखि २१औँ संस्करणको लेखनाथ महोत्सव गर्ने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजना तथा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र ने.उ.वा. महासंघ गण्डकी प्रदेशको सहआयोजनामा महोत्सवको पहिलो चरणको तयारीका बारेमा जानकारी दिने उद्देश्यले आईतबार आयोजित पत्रकार सम्मेलनमा संघले पुसको ३ गते देखि १४ गते सम्म पोखरा २७ को तालचोकमा २१ औँ संस्करणको लेखनाथ महोत्सव गर्न लागेको जानकारी गराइएको हो । कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सवका मूल… पुरा पढौ

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

बढ्दो माग र अन्तरराष्ट्रिय बजारमा मूल्य वृद्धिका कारण स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ४४ हजार ६०० निर्धारण भएको छ । गत शुक्रबार एक तोला सुन रु दुई लाख ४१ हजार ७०० मा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला रु तीन हजार १३५ कायम भएको छ । त्यति नै परिमाणको चाँदी शुक्रबार रु तीन हजार १०० मा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज… पुरा पढौ

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज दुवै धातुको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा रु ७०० ले बढेको छ भने त्यति नै परिमाणको चाँदी रु ३५ ले बढेको छ । आज एक तोला सुनको मोल रु दुई लाख ४३ हजार निर्धारण भएको छ । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला रु तीन हजार १८५ कायम भएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय… पुरा पढौ

एमसिसी नेपाल कम्प्याक्टः ५० मिलियन अमेरिकी डलर थप सहयोग सुनिश्चित

नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीले एमसिसी नेपाल सम्झौतामा अमेरिकाले पाँच करोड अमेरिकी डलर ९करिब सात अर्ब रुपैयाँ० को अनुदान रकम थप गर्ने घोषणा गरेका छन् । यससँगै उक्त सम्झौताअन्तर्गत उपलब्ध कूल रकम ७४ करोड ७० लाख अमेरिकी डलर ९करिब एक खर्ब छ अर्ब रुपैयाँ० पुगेको छ, जसमा अमेरिाको ५५ करोड डलर र नेपाल सरकारको १९ करोड ७० लाख डलर रहने छ । यो थप स्रोतले प्राथमिकता प्राप्त विद्युत् प्रसारण पूर्वाधारलाई पूर्ण बनाउने, नेपालको ऊर्जा… पुरा पढौ