अर्थ

राईड सेयरिङ सम्बन्धि विवाद वार्ताबाट मिलाउन होटल संघको आग्रह

होटल संघ पोखरा नेपालले गण्डकी प्रदेशमा जारी सार्वजनिक यातायात सेवामा गरिएको हड्तालका कारण पर्यटक र समग्र यात्रु वर्गले दुःख खेप्नु परेको भन्दै वार्ताका माध्यमबाट समस्या समाधान गर्न सम्वन्धित पक्षसँग माग गरेको छ । संघका अध्यक्ष लक्ष्मण सुवेदीले आइतबार जारी गरेको विज्ञप्तिमा सरकार र यातायात व्यवसायी वार्तामा बसेर समस्या समाधान गर्न र यातायात सेवालाई सुचारु गर्न अनुरोध गरिएको छ । विज्ञप्तिमा भनिएको छ– ‘व्यवसायीका तर्फबाट जेजस्ता मागहरु राखेर आन्दोलन गरिए पनि सरकार र व्यवसायी वार्ताका माध्यमबाट एउटा निश्कर्षमा पुगी सार्वजनिक यातायात… पुरा पढौ

पर्यटक बसलाई निर्वाध रुपमा सञ्चालन हुने वातावरण मिलाउन पोखरा पर्यटन परिषदको आग्रह

पोखरा, १८ जेठ । पोखरा पर्यटन परिषदले पर्यटक बसहरुलाई निर्वाध रुपमा सञ्चालन हुन दिन आग्रह गरेको छ । परिषदका अध्यक्ष तारानाथ पहारीले आईतबार एक विज्ञप्ती जारी गर्दै पर्यटक बसमा गरिएको अवरोधप्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । विज्ञप्तीमा पर्यटक बसमा गरिने अवरोधले आन्तरिक तथा बाह्य दुबै किसिमका पर्यटकहरुमा नकारात्मक सन्देश जाने भएकाले निर्वाध रुपमा सञ्चालन गर्न दिन सरोकारवालाको ध्यानाकर्षण गराइएको छ । पर्यटन क्षेत्र समृद्धिको आधार मध्येको एक भएकाले पर्यटनलाई व्यवस्थित र सुरक्षित बनाउनु सबैको उत्तिकै साझा दायित्व हो,विज्ञप्तीमा… पुरा पढौ

गण्डकीमा राईड सेयरिङ सम्बन्धमा गण्डकी सरकारको अडान : नियमावली खारेज हुँदैन, तर संसोधन हुनसक्छ

पोखरा, जेठ १८ गण्डकी प्रदेश सरकारले राईड सेयरिङ नियमन र व्यवस्थापन गर्न बनेको नियमावली खारेज नहुने स्पष्ट पारेको छ । गण्डकी प्रदेश सरकारले आन्दोलनरत यातायात व्यवसायीसँग वार्ता गर्न बनाएको वार्ता समिति संयोजक तथा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयका सचिव ई.कमलकुमार अधिकारीले आईतबार पत्रकार सम्मेलन गरेर राईड सेयरिङ नियमन र व्यवस्थापन गर्न बनेको नियमावली खारेज नहुने स्पष्ट पारेका हुन् । सरकारले राईड सेयरिङ सम्बन्धि नियमावली राजपत्रमा प्रकाशित गरी कार्यान्वलयनमा ल्याएपछि सो निमायवली खारेजीको माग गर्दै नेपाल यातायात व्यवसायी… पुरा पढौ

नेपाल पर्यटन बोर्ड, गण्डकीको आयोजनामा पोखरामा डुंगा दौड प्रतियोगिता हुँदै

जेष्ठ १४,पोखरा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको आयोजनामा पोखराको फेवातालमा राष्ट्रिय खुल्ला डुंगा दौड प्रतियोगिता हुने भएको छ । फेवा डुंगा व्यवसायी संगठनको व्यवस्थानमा आगामी जेष्ठ १८ गते उक्त प्रतियोगिता हुन लागेको पोखरामा बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महिला तथा पुरुषतर्फ खुल्ला रुपमा यो प्रतियोगिता सञ्चालन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । फेवातालका बारेमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय जगतमा प्रचार प्रसार गर्ने, फेवातालमा हुन सक्ने भवितब्य घटनाबारे सचेतनामुलक जानकारी दिने, फेवातालको महत्व बुझाउन तथा पोखरामा पर्यटक भित्र्याउँदै पोखराको पर्यटन… पुरा पढौ

वार्ता छाडेर निर्णायक आन्दोलनमा यातायात व्यवसायी, जेठ १६ गतेदेखि गाडी घर, ग्यारेजमा थन्क्याउने चेतावनी

पोखरा, जेठ १४ गण्डकी प्रदेशमा राईड सेयरिङलाई मान्यता दिनेगरी कार्यविधी ल्याएपछि रुष्ट रहेका यातायात व्यवसायीहरु निर्णायक आन्दोलनमा उत्रिएका छन् । यातायात व्यवसायीहरुको विरोधका बिच गण्डकी प्रदेश सरकारले राईड सेयरिङलार्य मान्यता दिएपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशको आह्वानमा यातायात व्यवसायीहरु निर्णायक आन्दोलनमा उत्रिएका हुन् । राईड सेयरिङलाई मान्यता दिने कार्यविधि आएलगत्तै यातायात व्यवसायीहरुले विज्ञप्ती निकालेर विरोध गरेका थिए । तर गण्डकी सरकारले त्यसलाई पेलेर जाने नीति लिएको थियो । तर आन्दोलनमै जाने थाहा पाएपछि प्रदेश सरकारले हतार हतार यातायात… पुरा पढौ

पर्यटन प्रवर्द्धनका लागि  पृथ्वी होटल व्यवसायी समितिको टोली पश्चिम नेपाल प्रस्थान

आन्तरिक पर्यटक बाेलाउन  पाेखराका पर्यटन व्यवसायीकाे एक टाेली पश्चिमतर्फ प्रस्थान गरेकाे छ । पृथ्वी हाेटल व्यवसायी समितिकाे टाेली साेमबार बिहान  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पर्यटन प्रर्वद्धन कार्यक्रमसहित प्रस्थान गरेकाे हाे । ' पोखरा जाऊँ प्रकृतिसंग रमाऔं, पोखरा भ्रमण वर्ष २०२५ सफल पारौं’ भन्ने मूल नारासहित पृथ्वी हाेटल व्यवसायी समितिका अध्यक्ष अम्बिका घिमिरे (अमृत) काे नेतृत्वकाे टाेलीलाई नेपाल पर्यटन बाेर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले बिदाई गरेका छन् । बिदाई गर्दै उनले भ्रमण पाेखरामा आन्तरिक पर्यटक बाेलाउन सफल हुने बताए । उनले पृथ्वी हाेटल… पुरा पढौ

अन्नपूर्ण हिमाल आरोहणको ७५ वर्ष : नर्थ अन्नपूर्ण र साउथ अन्नपूर्ण दुबैतर्फ छुट्टाछुट्टै हिरक महोत्सव मनाईने

पोखरा, जेठ १२ अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पुरा भएको अवसरमा अन्नपूर्ण हिमालको दुबै क्षेत्रतर्फ छुट्टाछुट्टै हिरक महोत्सव मनाईने भएको छ । फ्रान्सेली पर्वतारोही मौरिस हार्जोग नेतृत्वको टोलीले सन १९५० जुन ३ तारिखका दिन ८ हजार ९१ मिटरको अन्नपूर्ण प्रथम हिमाल सफलतापूर्वक आरोहण गरेको थियो । ८ हजार भन्दा माथिको हिमालमा पाईला परेको सोहि दिनको सम्झनामा अन्नपूर्ण हिमालको उत्तरी र दक्षिणी मोहडामा दुबैतर्फ छुट्टाछुट्र्ट हिरक महोत्सव मनाउने तयारी गरिएको हो । अन्नपूर्ण हिमालको उत्तरी क्षेत्रलाई नर्थ अन्नपूर्ण र दक्षिणी… पुरा पढौ

बेनीका व्यवसायी पोखराबाटै सामान खरिद गर्न ईच्छुक, तर ढुवानी सहज बनाउन सुझाव

पोखरा, जेठ १० म्याग्दीको बेनीका व्यवसायीहरु पोखराबाटै सामान खरिद गर्न ईच्छुक देखिएका छन् । प्रायः काठमाडौंबाटै सामान ल्याउने गरेका उनीहरु पोखराबाटै सामान खरिद गर्न ईच्छुक देखिएका हुन् । उत्तरी छिमेकी जिल्लाहरुको भ्रमणमा गएको पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरुको साझा संस्था सर्वेश्वर व्यवसायी समितिसँगको छलफलमा बेनीका व्यवसायीहरुले ढुवानीमा सहजता भए पोखराबाटै सामान खरिद गर्न आफूहरु तयार रहेको बताए । पोखरा दुरीका हिसाबले नजिक भएकाले पोखरामा सामान खरिद गर्दा समयपनि बचत हुने उनीहरुको भनाई थियो ।… पुरा पढौ

पोखराको सर्वेश्वर मार्ग–पराजुली मार्गलाई सामान खरिदको गन्तव्य बनाउन बागलुङका व्यवसायीलाई सर्वेश्वर व्यवसायी समितिको आग्रह

पोखरा, जेठ ९ पोखराको चिप्लेढुंगास्थित सर्वेश्वर व्यवसायी समिति र बागलुङका उद्योगी व्यवसायीहरुबीच अन्तरक्रियात्मक छलफल भएको छ । उत्तरी छिमेकी जिल्लाहरुको भ्रमणमा गएको पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरुले बागलुङका उद्योगी, व्यवसायीहरुसँग व्यापार प्रवद्र्धनबारे अन्तरक्रियात्मक छलपल गरेका हुन् । छलफलमा सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरुले काठमाडौंकै मूल्यमा पोखरामै होलसेलमा सामान बिक्री भइरहेको जानकारी दिएका थिए । कार्यक्रममा सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)ले चीन, हङकङ, थाईल्याण्ड, भारत, बंगलादेश लगायतका देशहरु तथा उद्योगहरुबाटपनि सिधै… पुरा पढौ

प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा गण्डकी प्रदेश प्रमुख समक्ष प्रतिवेदन पेश

पोखरा, ८ जेठराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गण्डकी प्रदेश प्रमुखसमक्ष छैटौं वार्षिक प्रतिवेदन पेश गरेको छ।बिहीबार आयोगका कार्यबाहक अध्यक्ष जुद्ध बहादुर गुरूङ नेतृत्वको टोलीले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रतिवेदन पेश गरेको हो । नेपालको संविधानको धारा २९४ को उपधारा ९३० बमोजिम प्रदेश प्रमुख भट्ट समक्ष गुुरूङले प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।प्रदेश प्रमुख भट्टले नेपाल सानो क्षेत्रफलमा पर्याप्त प्राकृतिक श्रोत भएको देश भएपनि यसको उपयोगिताका सन्दर्भमा उचित नीति र योजना नहुँदा उपभोग गरी लाभ लिन नसकिएको उल्लेख गर्नुभयो ।‘मुलुकमा वित्तीय… पुरा पढौ