अर्थ

समय सहकारीद्वारा कोपिला नेपाललाई खाद्य सामग्री सहयोग

पोखरा, चैत २२ समय बचत तथा ऋण सहकारी संस्था लिमिटेड दरबारथोक पोखराले कोपिला नेपाललाई खाद्य सामग्री सहयोग गरेको छ । १७ औं स्थापना दिवसको अवसर पारेर सहकारीले कोपिला नेपालमा आश्रित विपन्न महिलाहरुका लागि खाद्य सामग्री सहयोग गरेको हो । सहकारीले चामल, दाल, तेल, बिस्कुट, तरकारीलगायतका खाद्य समग्री सहयोग गरेको सहकारीकी प्रबन्धक विधाता श्रेष्ठ द्वाले जानकारी दिईन् । कार्यक्रममा सहकारीका अध्यक्ष शिवप्रसाद द्वा, उपाध्यक्ष मदनप्रसाद द्वा, प्रबन्धक विधाता श्रेष्ठ द्वा, सचिव अनिल बड्गामी, कोषाध्यक्ष ओमप्रकाश श्रेष्ठलगायतले सहयोग सामग्री हस्तान्तरण गरेका थिए… पुरा पढौ

मुस्ताङमा हालसम्म तीन लाख ९७ हजार पर्यटक भित्रिए

मुस्ताङ । चालु आर्थिक वर्षको हालसम्म धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा तीन लाख ९६ हजार ९०१ पर्यटक भित्रिएका छन् । गत साउनदेखि चैत १८ गतेसम्मको प्रहरी तथ्याङ्कअनुसार मुस्ताङमा आन्तरिक तथा बाह्य गरी उक्त सङ्ख्यामा पर्यटक भित्रिएका हुन् । मुस्ताङमा चालु वर्षको साउनदेखि हालसम्ममा तीन लाख ३३ हजार ८४५ आन्तरिक र ६३ हजार ५६ जना विदेशी पर्यटक जिल्लामा भित्रिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए । उनका अनुसार साउनदेखि हालसम्ममा दुई लाख ३८ हजार ३५४… पुरा पढौ

जलविद्युत् निर्माणको कामले मनाङमा स्थानीय र पर्यटकलाई सास्ती

मनाङ । मनाङ जिल्लाको नासोँ गाउँपालिका–९ दानाक्युमा एक सय ३५ मेगावाट क्षमताको निर्माणाधीन मनाङ(मर्स्याङ्दी जलविद्युत् आयोजनाका कारण स्थानीय र पर्यटकले सास्ती भाग्नुपरेको छ । जलविद्युत्को टनेल, सुरुङ निर्माण तीव्र रूपमा सञ्चालन भइरहेको अवस्थामा ‘बमब्लाष्टिङ’ र ठूला सवारीसाधनको प्रयोगले स्थानीय तथा पर्यटकलाई समस्या हुँदै आएको हो । मनाङ पर्यटकीय क्षेत्र भएकाले यो समय विश्वका पर्यटकको आगमन हुने गर्दछ । बिना जानकारी आयोजना निर्माणस्थलमा बमब्लाष्टिङ गरिँदा पैदलयात्रामार्फत यहाँ आउने पर्यटक तर्सने गरेका छन् । आयोजना निर्माण क्षेत्रमा पर्ने स्थान भएर आउने पर्यटकले… पुरा पढौ

रैथाने खाद्यान्नको ‘ब्राण्डिङ’ गरी ‘अनादीको खट्टे’ उत्पादन

डुम्रे । तनहुँको भानु नगरपालिका–१२ कवाचितस्थित रुप एण्ड अर्गानिक एग्रो फार्मले रैथाने खाद्यान्नको ‘ब्राण्डिङ’ गरी ‘भानुको अनादीको खट्टे’ उत्पादनमा जुटेका छन् । अनादीको चामललाई प्रवद्र्धन र आम्दानीसँग जोड्ने उद्देश्यले फार्मले भानुको अनादीको खट्टे बजारमा ल्याएको हो । जिल्ला तथा नगरपालिका क्षेत्रमा उत्पादित अनादीको धानखेतीमा प्रोत्साहन पु¥याउने लक्ष्यका साथ ब्राण्डिङ गरी अनादीको खट्टे बजारमा ल्याइएको फार्मका सञ्चालक रामकृष्ण अधिकारीले बताए । भानु नगरपालिकाको समन्वयमा अनादी धानलाई खट्टे बनाएर बजार पठाइएको हो । अनादीको धानखेती लोपोन्मुख भएकाले यसको प्रवद्र्धनका लागि अनादीको खट्टे… पुरा पढौ

चन्दा सङ्कलन गरी पदमार्ग निर्माण

पर्वत । पर्वत कुश्मा नगरपालिका–३ आम्बोटबासी चन्दा सङ्कलन गरी पदमार्ग निर्माण गरेका छन् । राजमार्गभन्दा झण्डै ५०० मिटरमाथि जङ्गलमा रहेको आम्वोट आधारभूत विद्यालयसम्म जाने बाटो नभएपछि स्वदेश तथा विदेशमा रहेका व्यक्तिले चन्दा सङ्कलन गरेर पदमार्ग निर्माण गरेका हुन् । पदमार्ग निर्माणका लागि रु ११ लाख सङ्कलन भएको उक्त विद्यालयका प्रधानाध्यापक मीना गुरुङले बताए । अङ्ग्रेजी माध्यममा शिशुदेखि तीन कक्षासम्म पढाइ हुने विद्यालयसम्म पुग्नका लागि पदमार्ग निर्माण गर्नुपरेको उनले बताए । विद्यालयमा अहिले ३१ जना विद्यार्थी अध्ययनरत छन् । विसं २०५२… पुरा पढौ

गण्डकीका मन्त्री थापाद्धारा हालसम्म ७९ लाख सामाजिक सेवामा खर्च

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले राज्यबाट प्राप्त सम्पूर्ण सेवा–सुविधा जनताको हितमा खर्च गर्दै आएका छन् । मंगलबार नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री थापाले आफ्नो पहिलो कार्यकालदेखि नै सेवा–सुविधाको रकम स्थानीय जनताका आवश्यकताअनुसार रचनात्मक कार्यमा लगाउँदै आएको उल्लेख गरे ।“जनताको प्रतिनिधि भएपछि तिनको आवश्यकतालाई सम्बोधन गर्नु मेरो कर्तव्य हो। मैले पाएको सेवा–सुविधा बापतको रकम सामाजिक कार्यमा खर्च गर्दै आएको छु”, मन्त्री थापाले भने। मन्त्री थापाका अनुसार २०७४ सालदेखि… पुरा पढौ

हेमजामा आलु महोत्सव चैत २४ देखि बैशाख ३ गतेसम्म हुने, महोत्सवमा ४० टनको आलुको पहाड बनाईने

पोखरा, चैत १८ पोखरामा चैत चौथो सातादेखि आलु महोत्सव आयोजना हुने भएको छ । विष्णुपादुका क्लवको आयोजनामा पोखरा–२५ हेमजामा यहि चैत २४ गतेदेखि बैशाख ३ गतेसम्म तेह्रौं संस्करणको ‘राष्ट्रिय हेमजा आलु महोत्सव’ आयोजना हुन लागेको सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक विष्णुपादुका क्लवले जनाएको छ । आलु महोत्सवमा ४० टनको आलुको पहाड बनाईने क्लवले बताएको छ । जसका लागि आलु संकलन गरी भण्डारण गरेर राखिएको क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।… पुरा पढौ

पोखरामा स्कुटर जलाउने ५ जनासहित ८ जना पक्राउ

CHORI
पोखरामा स्कुटर जलाउने र स्कुटर चोरी गर्ने दुई समूहका ८ जना पक्राउ परेका छन् । पोखरामा यहि चैत १३ गते राती पोखरा महानगरपालिका वडा नम्बर २० भलामस्थित घरमा पार्किङ गरिराखेको ग.११ प. ७५३७ नम्बरको स्कुटर चोरेर जलाएको र अन्य ९ वटा स्कुटर चोरी गरेको आरोपमा कास्की प्रहरीले दीनेश गुरुङसहित ८ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकामध्ये गुरुङको मात्रै पहिचान खुलाइएको छ । उनी गोरखा स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं.१६ दिप बस्दै आएको प्रहरीको भनाई छ ।… पुरा पढौ

सुनको भाउमा दिनदिनै कीर्तिमानः आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

सुनको भाउमा दिनदिनै कीर्तिमान कायम भएको छ । आज सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ७७ हजार नौ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । जुन मूल्य आजसम्मकै उच्च भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि सामान्य बढेको छ । अघिल्लो दिन तोलामा २ हजार २५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार भने तोलामा २ हजार ३५… पुरा पढौ

पोखराको अमरसिंहचौरमा यामाहाको मेघा एक्सचेञ्ज अफर, नगदसहित आकर्षक छुट

पोखरा, चैत १७ पोखरामा यामाहा व्राण्डका ग्राहकवर्ग लक्षित ‘यामाहा मेघा एक्सचेन्ज’ अफर शुरु भएको छ । यामाहाको पोखराका लागि आधिकारिक डिलर भि.ए.डब्लु ईन्टरप्राईजेज प्रा.लि.ले पोखरा–१० अमरसिंहचोकस्थित अमरसिंहचौरमा मेघा एक्सचेञ्ज शुरु गरेको हो । यामाहा व्राण्डका बाईक तथा स्कुटरका ग्राहक वर्गहरुको चाहना र मागलाई मध्यनजर गरेर मेघा एक्सचेञ्ज अफर गरिएको भि.ए.डब्लु ईन्टरप्राईजेज प्रा.लि.का महाप्रबन्धक सरोज श्रेष्ठले जानकारी दिए । आईतबारदेखि शुरु भएको मेघा एक्सचेञ्ज अफर चैत २२ गतेसम्म जारी रहने उनले बताए । मेघा एक्सचेञ्जमा सम्पूर्ण पोखरेली ग्राहकले रोमाञ्चक डिल र… पुरा पढौ