अर्थ

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । स्थानीय बजारमा प्रतितोला सुनको मूल्य रु दुई हजार तीन सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु एक लाख ६२ हजार आठ सयमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला रु एक लाख ६० हजार पाँच सयमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला रु ३० बढेर एक हजार नौ सय १५ मा कारोबार भइरहेको छ । बिहीबार सोही परिमाणको चाँदी रु एक हजार आठ… पुरा पढौ

व्यापार मेलामा राजस्थानको लोकनृत्य आजको मुख्य आर्कषण

माघ १७ पोखरा । पोखराको नयाँबजारमा जारी ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला शनिबारसम्म चल्ने भएको छ ।आइटी महोत्सवसहित १२ औं क्यान इन्फोटेक तथा चौथो मोवाइल मेलासमेत समाहित गरिएको मेलामा अवलोकनकर्ताको चासो बढेपछि मेलाई शनिबारसम्म निरन्तरता दिइने निर्णय भएको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले बताए । मेला माघ १० गतेदेखि सुरु भएको थियो । मेला समापनतर्फ अगाडि बढ्दा स्टलहरुबाट उत्साहजनक कारोबार भएको महोत्सवका स्टल व्यवस्थापन उपसमिति संयोजक टीकाराम सुवेदी ’माधव’ले जानकारी दिए । महोत्सवमा मोवाइल,… पुरा पढौ

उत्पादनमा अनुदान पाउँदा दुग्ध किसान उत्साहित

ढोरपाटन । प्रतिलिटर दूधमा रु पाँच अनुदान पाउन थालेपछि बागलुङका दुग्ध उत्पादनक किसान उत्साहित भएका छन् । गत वर्षसम्म प्रतिलिटर साढे दुई रुपैयाँ पाउँदै आएका किसानले चालु आर्थिक वर्षदेखि रु पाँच पाउन थालेका हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले किसानलाई उत्पादनका आधारमा दूधमा अनुदान दिन थालेको हो । किसानलाई प्रोत्साहन र जिल्लालाई दूधमा आत्मनिर्भर बनाउनका लागि अनुदान उपलब्ध गराएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र बागलुङका प्रमुख डाक्टर ऋषिराम सापकोटाले जानकारी दिए। केन्द्रले दुग्ध उत्पादन सहकारीमा… पुरा पढौ

सुनको मूल्य घट्यो, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य घटेको छ । चाँदीको भने बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूचीमा उल्लेख छ । महासंघका अनुसार बुधबार तोलामा १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार १०० रुपैयाँ घटेर १ लाख ६० हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य बुधबार तोलामा १ हजार ८५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा १ हजार ८८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । पुरा पढौ

बागलुङमा अलैँची उत्पादनमा वृद्धि, एकै वर्षमा छ करोडको कारोबार

बागलुङमा अलैँची उत्पादनमा वृद्धि भएको छ । क्षेत्र विस्तारका कारण गत वर्ष बागलुङका किसानले ४८ मेट्रिक टन अलैँची उत्पादन गर्न सफल भएका छन् । कृषि ज्ञानकेन्द्रको तथ्याङ्कअनुसार यहाँ किसानले अलैँची बिक्रीबाट एक आर्थिक वर्षमा रु छ करोड भित्र्याउन सफल भएका छन् । राम्रो मूल्य पाउने आशामा प्रत्येक वर्ष अलैँचीखेती विस्तार भइरहेको जैमिनी नगरपालिका वडा नं २ का कृषक बलिभद्र सापकोटाले बताए । उनका अनुसार अन्य जिल्लाको तुलनामा बागलुङका कृषकले अलैँचीको मूल्य कम पाएका छन् । यहाँ प्रतिकेजी रु एक हजार… पुरा पढौ

व्यापार मेलामा मधेशको परिकार, मधेशको संस्कृतिको चर्चा

माघ १६ पोखरा । गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले पोखराबाट बाँकी ६ वटै प्रदेशमा उडान संचालनको लागि पहल भइरहेको बताएका छन् । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानसँगै बाँकी ६ वटै प्रदेशसँग पनि जोड्नका लागि प्रदेश सरकारले पहल गरिरहेको छ,’अन्तर प्रादेशिक उडान हुनैपर्छ ।’ मन्त्री बस्यालपोखराको नयाँबजारमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा बुधबार मधेश प्रदेश सरकारको उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयले आयोजना गरेको ‘घुमौं मधेश, बुझौं मधेश’ कार्यक्रमलाई संवोधन गर्दै थिए ।उनले मधेशवाट पर्यटकको रुपमा गण्डकी प्रदेशमा आउने अतिथिलाई… पुरा पढौ

गण्डकीका भौतिक पूर्वाधार मन्त्री केसीद्वारा ढिलाई भएका दुई योजनाको अनुगमन

माघ १६ तनहुँ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश बहादुर केसीले शुक्लागण्डकीका दुई महत्वपूर्ण निर्माणाधिन योजनाको अनुगमन गरेका छन् । लामो समयदेखि निर्माणमा ढिलाई भएको प्रदेशको एक निर्वाचन क्षेत्र एक रणनितिक सडक अन्तर्गत दुलेगौंडा हर्कपुर मोटरमार्ग र वडा नंं ५ र ८ जोड्ने सेती नदि माथि निर्मित मोटरेबल पुलको बुधवार अनुगमन गरेका हुन् । सो अवसरमा मन्त्री केसीले निर्माण व्यवसायीका कारण ढिलाई भएका ती योजनाहरुलाई काममा गति दिन निर्माण व्यवसायीलाई निर्देशन दिए । गण्डकी प्रदेशका पूर्व… पुरा पढौ

पोखरा इलेक्ट्रोनिक्स तथा मोवाइल व्यवसायी संघ कास्कीले गर्यो भद्रकाली मन्दिर परिसर सरसफाई

पोखरा, माघ १६ पोखरा इलेक्ट्रोनिक्स तथा मोवाइल व्यवसायी संघ कास्कीले बुधबार आफ्नो २५ औं स्थापना दिवस मनाएको छ । संघ कास्कीले बुधबार पोखरा–१३ स्थित भद्रकाली मन्दिर परिसर सरसफाई गरेर स्थापना दिवस मनाएको हो । सरसफाईमा संघका पदाधिकारी तथा कार्य समिति सदस्यहरुसहित संघमा आबद्ध इलेक्ट्रोनिक्स तथा मोवाइल व्यवसायीहरु सहभागी भएको अध्यक्ष चिन्तामणी पोखरेलले जानकारी दिए । उनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना दिवसको अवसरमा सरसफाई कार्यक्रम गरिएको बताए । सो अवसरमा संघका कास्की अध्यक्ष चिन्तामणी पोखरेलको बुधबार नै जन्म दिन परेकाले… पुरा पढौ

पोखरामा खुल्यो गोरेटो कन्सल्टेन्सीको ब्राञ्च, महानायक राजेश हमालले गरे उद्घाटन

पोखरा, माघ १६ नेपालकै उत्कृष्ट कन्सल्टेन्सी मध्येको एक गोरेटो कन्सल्टेन्सीको ब्राञ्च पोखरामा सञ्चालनमा आएको छ । पोखराका युवा व्यवसायीहरु राजेन्द्र शर्मा र धिरज कँडेलको संयुक्त लगानीमा पोखराको महेन्द्रपुलस्थित मारवाडी भोजनालयको पारिपट्टी गोरेटो कन्सल्टेन्सीको ब्राञ्च सञ्चालनमा आएको हो । ब्राञ्चको बुधबार नेपाली चलचित्रका महानायक राजेश हमालले रिबन काटेर उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै महानायक हमालले गोरेटो कन्सल्टेन्सीको पोखरा ब्राञ्च विदेश अध्ययन गर्न जाने विद्यार्थीको पहिलो रोजाई बन्ने विश्वास व्यक्त गरे । मेरो भविष्य कहाँ छ भन्ने कुरा विद्यार्थी र उसको… पुरा पढौ

सुनको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

सुनको मूल्य बुधबार तोलामा १ हजार ४०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ बढेर १ लाख ६० हजार ६०० रुपैयाँ पुगेको हो। यसैगरी चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ८३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ८५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । पुरा पढौ