पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ रत्नचोकस्थित सबलाइम अङ्ग्रेजी माविको २८ औँ वार्षिकोत्सव एवं अभिभावक दिवस शनिबार कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा विद्यालयका पूर्व विद्यार्थीलाई सम्मान, वार्षिक परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । साथै प्रत्येक कक्षाका विद्यार्थीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । सम्मानित हुनेमा पूर्व विद्यार्थी पत्रकार हरि पन्त, चाटर्ड एकाउन्टेन्ट विक्रम पराजुली, चिकित्सक डा. प्रतीक्षा पौडेल, इन्जिनियर राजन पौडेल, पाइलट राजन कार्की, गायक सुमन खड्का, सर्प विशेषज्ञ रोहित गिरी छन्…
पुरा पढौ