शिक्षा

चीनमा स्कुले विद्यार्थीलाई मोबाइल बोक्न प्रतिबन्ध

चीनले स्कुले विद्यार्थीलाई मोबाइल फोन बोक्न प्रतिबन्ध लगाएको छ। चीनको शिक्षा मन्त्रालयले प्राथमिक र माध्यामिक विद्यालयका विद्यार्थीलाई मोबाइल बोक्न रोक लगाएको हो। इन्टरनेट र गेमको लत छुटाएर विद्यार्थीको ध्यान पढाईमा केन्द्रीत गराउन यस्तो कदम चालिएको मन्त्रालयले जनाएको छ। कुनै विद्यार्थीले मोबाइल विद्यालयमा ल्याउनै पर्ने भए अभिभावक र विद्यालयको पूर्वस्वीकृति लिनु पर्नेछ र कक्षामा हुँदा फोन विद्यालय प्रशासनलाई बुझाउनु पर्नेछ। मन्त्रालयले यो प्रतिबन्ध तत्कालै लागू हुने बताएको छ। मन्त्रालयको निर्देशनमा विद्यार्थीको भौतिकदेखि मानसिक स्वास्थ्यको रक्षा गर्न यो कदम चालिएको उल्लेख छ।… पुरा पढौ

विद्यालयमा स्वास्थ्य सामग्री प्रदान

नेलम्बो नेपालले पोखराका ३ विद्यालयहरुलाई स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण गरेको छ ।संस्थाले कोभिड १९ को विषम् परिस्थितिलाई मध्येजनर गर्दै सामग्री हस्तान्तरण गरेको हो। पोखरा–२५, हेमजा स्थित ग्रामप्रकाश आधारभूत विद्यालय, पोखरा ३० को त्रिभुवन शान्ति नमूना माध्यमिक विद्यालय र पोखरा २६ को लक्ष्मी माध्यमिक विद्यालयलाई सामग्री हस्तान्तरण गरिएको हो। संस्थाले मास्क, सेनिटाइजर, स्प्रे बोतल, के.एन ९५ माक्स, फेस सिल्ड, हात धुने साबुन, थर्मल गन लगायतका स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरेको हो।हेमजा स्थित ग्रामप्रकाश आधारभूतमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्रराज पौडेल र… पुरा पढौ

कक्षा १२ को नतिजा सार्वजनिक

भक्तपुर। राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । आज सार्वजनिक गरिएको नतिजानुसार छ हजार ९१६ जनाले ३.६१ देखि ४ , ३८ हजार ४८० जनाले ३.२१ देखि ३.६० र एक लाख नौ हजार ३१२ जनाले २.८१ देखि ३.२० जिपिए(स्तरीकृत अङ्क) ल्याएका छन् । त्यसैगरी ५२ हजार ४२७ जनाले २.०१ देखि २.४०, सात हजार १६४ जनाले १.६१ देखि २.०, ३३३ जनाले १.२१ देखि १.६०, चार जनाले ०.८१ देखि १.२० र १८ हजार ८८९ जनाले… पुरा पढौ

माविमा छैन दरबन्दी

बागलुङ। माध्यमिक तहमा स्तरवृद्धि भएको १० वर्ष बित्दासमेत यहाँको एक विद्यालय शिक्षक दरबन्दीविहीन अवस्थामा छ । जैमिनी नगरपालिका–९ पैँयूथन्थापस्थित बिजुवा माध्यमिक विद्यालयमा मावि तहको दरबन्दी छैन । कक्षा १० सम्म पढाइ हुने सो विद्यालयको आधारभूत तहमा छ दरबन्दी र एक राहत शिक्षक छन् । बाँकी छ शिक्षक निजी स्रोतका छन् । दरबन्दी अभावमा विद्यालयले अतिरिक्त आर्थिक भार बोक्नुपरेको छ । शिक्षकलाई तलब खुवाउनै धौधौको स्थिति छ । निजी स्रोतबाट राखिएका शिक्षक टिकाउन गाह्रो भइरहेको प्रधानाध्यापक सतीदेवी थापाले बताउनुभयो । “न्यून… पुरा पढौ

करारमा नियुक्त हुँदैछन् त्रिविका आंशिक प्राध्यापकहरु

त्रिभुवन विश्वविद्यालय मातहतका आंशिक प्राध्यापकहरु शिक्षण सहायक (करार) सरहको पारिश्रमिक पाउने गरी नियुक्त हुँदैछन्। त्रिभुवन विश्वविद्यालयले नेपाल आंशिक प्राध्यापक संघसँगको सहमति कार्यान्वयनका लागि आंशिक प्राध्यापकहरुको व्यवस्थापन र नियुक्तिको प्रक्रिया सुरु गरेको हो। त्रिवि कार्यकारी परिषद्को यही माघ २ गतेको बैठकको निर्णयानुसार रजिष्ट्रारको कार्यालयका प्रमुख वैकुण्ठप्रसाद थपलियाले त्रिवि मातहतका विभिन्न क्याम्पस र विभागमा अध्ययन कार्यमा संलग्न आंशिक शिक्षकको व्यवस्थापनबारे सर्कुलर पठाएका हुन्। सम्बन्धित क्याम्पसले आन्तरिक स्रोतबाट पारिश्रमिक पाउनेगरी त्यस्ता शिक्षकको व्यवस्थापनका लागि सूची पठाउन त्रिविले निर्देशन गरेको हो। गएको पुस २४… पुरा पढौ

विद्यालय भवन भत्काउँदा पठनपाठन अवरुद्ध

जिल्ला वन कार्यालय मकवानपुरले जिल्लाको बकैया गाउँपालिकामा रहेको एक प्राथमिक विद्यालय भवन भत्काएपछि त्यहाँका विधार्थीको पठनपाठन दुई हप्तादेखि अवरुद्ध भएको छ । सो विद्यालय भवन सरकारी वन क्षेत्रमा रहेको र थप विद्यालय कोठा निर्माण गर्न लागेपछि कार्यालयले यही पुस २५ गते भत्काएको बताइएको थियो । बकैया गाउँपालिका–१ को ढिकीफेदीमा रहेको वनदेवीकालिका आधारभूत विद्यालयको बन्दै गरेको नयाँ भवन र पुरानो टहरालाई भत्काइएको विद्यालयका प्राचार्य सरलोकुमार कछडियाले गुनासो गर्नुभयो । कक्षा १ देखि ३ सम्म पठनपाठन हुने सो विद्यालयमा १०७ विद्यार्थी शिक्षाबाट… पुरा पढौ

भूकम्प प्रभावित ८५ विद्यालय भवन पुनःनिर्माण सम्पन्न

लमजुङ। यहाँ भूकम्पबाट क्षति पुगेका ८५ विद्यालय भवनको पुनःनिर्माण सम्पन्न भएका छन् । भूकम्पबाट क्षति पुगेका १२७ विद्यालयमध्ये ६० प्रतिशतको निर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइ ९शिक्षा० लमजुङले जनाएको छ । सो विद्यालय पुनःनिर्माणका लागि रु ६२ करोड खर्च भएको एकाई प्रमुख अशोक पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार साउदी अरेबियका दूतावासबाट भवन पुनःनिमार्णका लागि आएको रु १२ करोड, गैरसकारी संस्था र विद्यालय व्यवस्थापन समितिमार्फत गरी भवन पुनःनिर्माणका लागि आएको कूल रु एक अर्ब १२ करोडमध्ये… पुरा पढौ

दक्षिण कोरियामा नेपालीलाई कोरोनाविरुद्धको खोप निःशुल्क

दक्षिण कोरिया सरकारले त्यहाँ रहेको नेपालीलाई कोरोनाविरुद्धको खोप निःशुल्क प्रदान गर्ने भएको छ। दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्करूपमा प्रदान गर्ने भएको हो। दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुंग इयुन क्युङले सोमबार आयोजित पत्रकार सम्मेलनमा कोभिड–१९ विरुद्वको खोप कोरियामा रहने सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकलाई निःशुल्क प्रदान गर्ने बताएका हुन्। यसअघि, आफ्ना स्वदेशी नागरिकलाई मात्र निःशुल्क प्रदान गर्ने बताएपनि नयाँ निर्णय गर्दै विदेशीलाई पनि उक्त खोप निःशुल्क दिने भएको हो। यससँगै यहाँ रहेका ५०… पुरा पढौ

पोखरामा होटलमा परीक्षा सञ्चालन गरेको आरोपमा प्रध्यानाध्यापक सहित शिक्षक पक्राउ

पोखरा । पोखराबाट अमर्यादित तथा गैरकानुनी तरिकाले परीक्षा सञ्चालन गरेको आरोपमा एक विद्यालयका प्रध्यानाध्यापक सहित तीनजना शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पोखरा १ पुरानो टुँडिखेलमा अवस्थित राष्ट्रिय माध्यामिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत एक छात्रालाई परीक्षा केन्द्रभन्दा बाहिर होटलमा लगि अमर्यादित रुपमा परीक्षा लिएको भन्दै आवश्यक अनुसन्धानका लागि उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पक्राउ पर्नेमा विद्यालयका प्रध्यानाध्यापक सुर्य तिवारी , शिक्षक द्वय घनश्याम रेग्मी र शिरिषकुमार बस्ताकोटी छन् । आंशिक परीक्षामा सहभागी गराइएकी ती… पुरा पढौ

पशुपति पुस्तकालयका महत्वपूर्ण २०० पुस्तक पूर्व पदाधिकारीसँग

काठमाडौँ। पूर्वीय दर्शनका महत्वपूर्ण पुस्तकहरु सङ्कलन गरी पशुपति क्षेत्रमा रहेको पशुपति पुस्तकालयमा राखिएका पुस्तक पढ्न लगेकाले २० औँ वर्षदेखि फिर्ता गरेका छैनन् । नेपाल वेद विद्याश्रमले विसं २०३१ मा स्थापना गरेको पुस्तकालयमा पशुपति क्षेत्र विकास कोष स्थापना भएपछि कोषको पुस्तकालयसमेत एकीकृत गरी एउटै पुस्तकालय सञ्चालन गरिएको थियो । विसं २०५६ साउनपछि वेद विद्याश्रमसमेत कोषले सञ्चालन गर्न थालेको छ । कोषले वेद विदाश्रम सञ्चालन गर्न थालेपछि दुवै पुस्तकालयलाई एउटै बनाइएको हो । पुस्तकालयमा रहेका पाँच हजार पुस्तकमध्ये महत्वपूर्ण २०० पुस्तक कोषका… पुरा पढौ