जिल्ला वन कार्यालय मकवानपुरले जिल्लाको बकैया गाउँपालिकामा रहेको एक प्राथमिक विद्यालय भवन भत्काएपछि त्यहाँका विधार्थीको पठनपाठन दुई हप्तादेखि अवरुद्ध भएको छ । सो विद्यालय भवन सरकारी वन क्षेत्रमा रहेको र थप विद्यालय कोठा निर्माण गर्न लागेपछि कार्यालयले यही पुस २५ गते भत्काएको बताइएको थियो । बकैया गाउँपालिका–१ को ढिकीफेदीमा रहेको वनदेवीकालिका आधारभूत विद्यालयको बन्दै गरेको नयाँ भवन र पुरानो टहरालाई भत्काइएको विद्यालयका प्राचार्य सरलोकुमार कछडियाले गुनासो गर्नुभयो ।
कक्षा १ देखि ३ सम्म पठनपाठन हुने सो विद्यालयमा १०७ विद्यार्थी शिक्षाबाट वञ्चित भएको उहाँले बताउनुभयो । कार्यालयका प्रमुख इमनाथ पौडेलले सरकारी वनमा भवन बनाउन लागेकाले भत्काइएको हो भन्नुभयो । विद्यालयको नयाँ भवन निर्माण विषयमा अर्को गाउँसँग विवादसमेत रहेकाले भवन भत्काउन त्यहाँका बासिन्दाले सहयोग गरेको स्थानीय अभिभावकहरुको भनाइ रहेको छ । यो समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौँडामा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकमा जिल्ला वन कार्यालय, जिल्ला समन्वय समिति, शिक्षा एकाइ, बकैया गाउँपालिका र सो विद्यालयका प्रधानाध्यापक र प्रतिनिधिको सहभागिता थियो ।
बैठकले यही माघ १५ गतेसम्म गाउँपालिकाले दुई गाउँको सहमति ल्याउनुपर्ने र सहमतिअनुसार वनले सो निर्णयलाई स्वीकार गर्ने सहमति भएको गाउँपालिका उपाध्यक्ष सरला वोलखेले जानकारी दिनुभयो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २८ असोज । पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिमा २ जना सदस्य…







