शिक्षा

त्रिविले ५ सय बढी उपप्राध्यापकको विज्ञापन खुलाउँदै

त्रिभुवन विश्वविद्यालयले ५ सयभन्दा बढी उपप्राध्यापकको लागि विज्ञापन खुलाउने भएको छ। खुला प्रतिस्पर्धाका आधारमा पदपूर्ति गर्ने योजना अनुसार ५ सयभन्दा बढी उपप्राध्यापक खुलाउन लागेको हो। रिक्त दरबन्दीका आधारमा अब हरेक वर्ष खुला प्रतिस्पर्धामार्फत पदपूर्ति गर्ने योजना त्रिविले बनाएको छ। त्यस्तै, केही विषयमा दरबन्दी साटफेर गरेर पनि पदपूर्ति गरिने तयारी त्रिविको छ। यसका लागि दरबन्दी संकलनको काम भइरहेको त्रिविले जनाएको छ। त्रिविमा कार्यरत आंशिक प्राध्यापकको दरबन्दी विवरण पनि संकलन भइरहेको जनाएको छ । त्रिविले खुला प्रतिस्पर्धाबाट उपप्राध्यापक लिन लागेका हो। त्रिविका… पुरा पढौ

दृष्टिविहिन मैत्री शैक्षिक योजना कार्यान्वयन गर्न नेत्रहिन संघको ध्यानार्षण

पोखरा । नेत्रहीन संघ कास्कीले बिहीबार दृष्टिविहिन मैत्री शैक्षिक योजना कार्यान्वयन गर्न पोखरा महानगरपालिकालाई ध्यानार्षण पत्र बुझाएको छ । विश्व ब्रेल दिवसका अवसरमा सप्ताहाव्यापी कार्यक्रमको घोषणा गरेको संघले आज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख हेमप्रसाद आचार्यलाई नेत्रहिन संघ कास्कीका अध्यक्ष श्रीकान्त सापकोटाको नेतृत्वमा गएको नेत्रहिन संघ कास्की र नेत्रहिन युवा संघ कास्कीको टोलीले नौ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्रमा पोखरा महानगरपालिकाभित्र सञ्चालन भएका दृष्टिबिहिन विद्यार्थीका लागि सञ्चालित विद्यालय तथा स्रोत कक्षामा अध्ययनरत सबै विद्यार्थीले ब्रेल पुस्तक नपाएको,… पुरा पढौ

महेन्द्र जनसहयोगलाई सांस्कृतिक विद्यालय बनाउने तयारी

स्याङ्जा । स्याङ्जाको फेदीखोलाको एक विद्यालयलाई सांस्कृतिक विद्यालय बनाउन यति बेला तयारी थालिएको छ । फेदीखोला गाउँपालिका २ स्थानचौरमा अवस्थित महेन्द्र जनसहयोग आधारभुत विद्यालयले गीत, संगीत, संस्कृति, रितिरिवाज लगायतबारे अध्यापन गर्दै सांस्कृतिक विद्यालय बनाउन तयारी थालेको हो । विस २०१४ सालमा अनौपचारिक रुपमा शिक्षा सुभारम्भ गरेको यस विद्यालयले विस २०१८ सालमा तत्कालिन राजा महेन्द्रको स्याङ्जाको नुवाकोट भ्रमणका क्रममा ३ सय रुपैयाँ अनुदानबाट २०१८ सालमा औपचारिक अनुमति पाएको थियो । सोहि विद्यालय अहिले सांस्कृतिक विद्यालय सञ्चालनका लागि कम्मर कसेर लागेको छ… पुरा पढौ

शिवालय माविको ६० औँ वार्षिकोत्सव, ५ जनालाई शिवालय वर्ष सम्मान

कास्कीको रुपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयको ६० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मङ्गलबार सम्पन्न भएको छ। सो अवसरमा विद्यालयको विकासमा सहयोग गर्ने ५ जनालाई शिवालय वर्ष सम्मान २०७७ प्रदान गरिएको थियो। सम्मानित हुनेहरुमा शिक्षक धनबहादुर गुरुङ, पूर्व अध्यक्षद्वय तिलबहादुर थापा र हिराप्रसाद सुवेदी, शिक्षक–अभिभावक सङ्घकी पूर्व अध्यक्ष लीला ओझा र समाजसेवी हिमलाल ढुङ्गाना रहेका छन्। कार्यक्रमका प्रमुख अतिथि रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले शिवालयले रुपा गाउँपालिकाको उत्कृष्ट विद्यालयका रुपमा पहिचान बनाएको बताए। कोभिड–१९ का बिचमा पनि प्रभावकारी पठनपाठन सञ्चालन… पुरा पढौ

नेलम्बोद्वारा विद्यालयलाई युरोगार्ड प्रदान

पोखरा । पोखरा ४ स्थित नेलम्बो नेपालले एक कार्यक्रमका बीच माछापुच्छ«े गाउँपालिका–७, धम्पुस स्थित उदय माध्यमिक विद्यालयमा युरोगार्ड सहयोग गरेको छ । संस्थाले स्वच्छ खानेपानी पिउनको लागि युरोगार्ड सहयोग गरेको हो । कार्यक्रममा भनाई राख्दै वडाध्यक्ष समबहादुर गुरुङले नेलम्बो नेपालका कार्यक्रम अन्य गैह्रसरकारी संस्थाहरुको भन्दा भिन्न प्रकृतिको र पारदर्शी हुने भन्दै नेलम्बोसँग वडा सहकार्य गर्न तयार रहेको बताए । उनले धम्पुस स्थित प्रत्येक विद्यालय, स्वास्थ्य चौकी र केही टोल विकासमा पनि नेलम्बोले गरेको सहयोग प्रति आभार समेत जनाए । प्रधानाध्यापक… पुरा पढौ

शिवालय माविको ६० औँ वार्षिकोत्सव सम्पन्न, ५ जनालाई शिवालय वर्ष सम्मान

पोखरा । कास्कीको रुपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयको ६० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मङ्गलबार सम्पन्न भएको छ । सो अवसरमा विद्यालयको विकासमा सहयोग गर्ने ५ जनालाई शिवालय वर्ष सम्मान २०७७ प्रदान गरिएको थियो । सम्मानित हुनेहरुमा शिक्षक धनबहादुर गुरुङ, पूर्व अध्यक्षद्वय तिलबहादुर थापा र हिराप्रसाद सुवेदी, शिक्षक–अभिभावक सङ्घकी पूर्व अध्यक्ष लीला ओझा र समाजसेवी हिमलाल ढुङ्गाना रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले शिवालयले रुपा गाउँपालिकाको उत्कृष्ट विद्यालयका रुपमा पहिचान बनाएको बताए । कोभिड–१९… पुरा पढौ

विद्यालय, जिमखाना र सिनेमा हलहरु खुल्दै

कोभिडका कारण बन्द भएका विद्यालयहरू खुल्ने भएका छन् । आइतबार बसेको कोभिड रोकथाम तथा नियन्त्रण समिति (सीसीएमसी) निर्देशक समितिको बैठकले आवश्यक परेमा विद्यालय, चलचित्र घर, जिमखाना लगायतलाई बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्ने निर्णय गरेको हो। सरकारको पूर्व निर्णयअनुसार रोक लगाइएका सबै क्षेत्रहरूमा वर्तमान स्थितिको विश्लेषण गरी रोक लगाउन सक्ने गरी अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउने निर्णय गरिएको हो। यस्तै, बैठकले नयाँ कोरोना भाइरसको संक्रमणको… पुरा पढौ

सामुदायिक विद्यालयलाई ल्यापटप र टेलिभिजन

गण्डकी गाउँपालिकाभित्रका ३० सामुदायिक विद्यालयलाई ल्यापटप तथा टेलिभिजन प्रदान गरिएको छ । विद्यालयहरुलाई प्रविधिमैत्री बनाउन गण्डकी गाउँपालिकाभित्रका नौवटा माध्यमिक र २१ वटा आधारभूत विद्यालयमा ल्यापटप तथा टेलिभिजन वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका शिक्षा शाखा प्रमुख सुदीप पन्तका अनुसार विद्यालयमा आइटिसी सामग्री कार्यक्रम सञ्चालनका लागि सहजता प्रदान गर्न नेपाल युथ फाउन्डेशन र गण्डकी गाउँपालिकाको सहकार्यमा ती सामग्री उपलब्ध गराइएको हो । उहाँले भन्नुभयो, “फाउन्डेशनले सबै सामग्री खरीद गरी प्रत्येक विद्यालयलाई एक÷एक थान ल्यापटप र टेलिभिजन वितरण गरेको छ ।”… पुरा पढौ

शिवालय माविको शिक्षक–अभिभावक सङ्घमा ओझा

पोखरा । कास्कीको रुपा गाउँपालिका वडा नं. २, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयको शिक्षक–अभिभावक सङ्घको अध्यक्षमा रामचन्द्र ओझा सर्वसम्मत चयन भएका छन् । सङ्घका सदस्यहरुमा काजीमान सुर्खाली, मीना परियार, नवराज सुवेदी, सपना आले मगर, वसन्त थापा मगर, कालिका ओझा र दीपा ओझा चयन भएका छन् । सङ्घमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन सुवेदी पदेन सदस्य तथा प्रधानाध्यापक रुपिन्द्र प्रभावी जोशी पदेन सदस्य सचिव रहेका छन् भने शिक्षक प्रतिनिधि शान्ता तिमल्सेना चयन भएकी छिन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन सुवेदीको अध्यक्षतामा… पुरा पढौ

विभागीय पुस्तकालयको तयारी तीब्र

पोखरा । क्याम्पस हाता भित्रै क्षेत्रीय पुस्तकालय भएपनि विद्यागत पाठ्यबस्तुको अप्रर्याप्तता भएको भन्दै पृथ्वीनारायण क्याम्पस नेपाली विभागले विभागीय पुस्तकालय स्थापनाको पहल जारी राखेको छ । जसबाट नेपाली विषयका विभिन्न विद्याको पठनपाठनका थप सहजता आउने तथा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षणमा सहयोग पुग्ने विभागको विश्वास छ। जसअन्र्तगत यतिवेला पुस्तक संकलन कार्य तीब्र पारिएको छ । हालसम्म विभिन्न संघसंस्था एवम् सृष्टाबाट कुल ५ हजारको सङख्यामा पुस्तक संकलन भइसकेको विभागीय प्रमुख प्रा.डा कुसुमाकर न्यौपानेले जानकारी दिए । जसअन्र्तगत आइतवार नेपाल संगीत तथा… पुरा पढौ