पोखरा १९ घार्मीमा रहेको भूमेश्वर आधारभूत विद्यालयको अध्यक्षमा पोखराका युवा व्यवसायी पोषराज पौडेल चयन भएका छन् ।
अभिभावक भेलाबाट छनोट भएका र वडा शिक्षा समितिले प्रतिनिधी पठाए पछि बसेको भेलाले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पौडेललाई चयन गरेको हो । समितिका सदस्यमा चुडामणी पौडेल, संगिता वि .क, ज्योति रेग्मी, भेषराज पौडेल र अजय पौडेल दीपक चयन भएको निवर्तमान अध्यक्ष रामप्रसाद पौडेलले जानकारी दिए । शिक्षा समितिबाट पोषराज र भेषराज तथा समुदायका तर्फबाट अजय मनोनित भएका थिए । शिक्षक प्रतिनिधिको रुपमा समितिमा सम्झना पुन मनोनित भएकी छन् ।समितिको सदस्य सचिवमा प्रधानाध्यापक भरतराज पौडेल छन् । नव गठित समितिलाई पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले विद्यालयको उचित व्यवस्थापन तथा शैक्षिक गुणस्तर थप वृद्धि गर्न सक्रिय हुनुपर्नेमा जोड दिए ।
नि. वर्तमान अध्यक्ष रामप्रसाद पौडेल,पूर्व प्रधानाध्यापक तथा अक्षयकोष व्यवस्थापन समितिका संयोजक मोहन प्रसाद पौडेलले नव गठित समितिलाई शुभकामना दिदैं समितिलाई जिम्मेवार बन्न सुझाव दिए ।प्रधानाध्यापक भरतराज पौडेलले विद्यालयको शैक्षिक विकासका लागि थप नयाँ कार्ययोजना प्रस्ताव पेश गरे ।भेलामा अभिभावकले विद्यालयमा विद्यार्थी संख्या न्युन भएकोमा चिन्ता व्यक्त गर्दै, विद्यार्थी आर्कषण हुने खालका शैक्षिक योजना ल्याउन स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल भुतपुर्व खेलाडी मञ्चको रजत महोत्सवको समापन आगामी मंगलबार हुने भएको छ।…







