शिक्षा

एक्स गण्डकी बोर्डिङ स्टुडेन्ट्स एशोसियसन (एग्बोसा)को साधारण सभा पुस १९ मा हुने

सन्देश श्रेष्ठपोखरा, पुस २ एक्स गण्डकी बोर्डिङ स्टुडेन्ट्स एशोसियसन (एग्बोसा)को साधारण सभा यहि पुस १९ गते हुने भएको छ । गण्डकी बोर्डिङ स्कुलबाट उत्तिर्ण भएका विद्यार्थीहरुको साझा संस्था एग्बोसाको १६ औं साधारण सभा पुस १९ गते शनिबार पोखरामा हुन लागेको हो । पोखराको न्यूरोडस्थित सिटी स्क्वायर व्याङ्क्यूटमा सो दिन दिउँसो २ बजेदेखि साधारण सभा शुरु हुने जनाइएको छ । साधारण सभाले वार्षिक प्रतिवेदन , वार्षिक वित्तीय प्रतिवेदन र संस्थाको विनियम पारित गर्ने एग्बोसाका रोजिना रञ्जित बिजुक्छेले जानकारी दिईन् । साधारण… पुरा पढौ

पोखरेली नवरत्न सम्मान : तीर्थ श्रेष्ठ, रामकली खड्कादेखि नेपथ्यका अमृत गुरुङसम्म

सन्देश श्रेष्ठपोखरा, पुस २ गते पोखरा महानगरपालिकाले पोखराको गौरवको रुपमा रहेका नौं जनालाई पोखरेली नवरत्न सम्मान प्रदान गरेको छ । पोखरा महानगरपालिकाको ६७ औं स्थापना दिवसको अवसरमा महानगरले पोखरामा बसेर विभिन्न क्षेत्रमा योगदान गरेका ९ जनालाई पोखरेली नवरत्न सम्मान गरेको हो । जसमा साहित्यतर्फ तीर्थ श्रेष्ठ, संगीत तथा गायनतर्फ नेपथ्य व्याण्डका अमृत गुरुङ, उद्यमशिलतातर्फ रामकली खड्का, खेलकुद तथा शिक्षातर्फ प्रा.डा.बिरेन्द्रसिंह गुरुङ, शिक्षा सेवा र उद्योगतर्फ हरिप्रसाद पाण्डे, समाजसेवा तथा उद्योगतर्फ चन्द्रकृष्ण कर्माचार्य, स्वास्थ्यतर्फ प्रा.डा.बुद्धिबहादुर थापा, धार्मिक पर्यटन तथा कृषि उद्यमतर्फ… पुरा पढौ

परिवार नियोजनको अभियान ११ वटा विद्यालय तथा कलेजमा

नेपाल परिवार नियोजन संघ कास्की शाखाले ११ वटा विद्यालय तथा क्याम्पसमा यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान संचालन गरेको छ । २४ वटा विद्यालय तथा कलेजमा अभियान संचालन गर्ने लक्ष्य सहित भदौ १७ गतेदेखि अभियान संचालन गरिएको सभापति नवीन सिग्देलले जानकारी दिए । पोखरा महानगरपालिकाका १६ र गाउँपालिकाका आठ वटा विद्यालय तथा कलेजमा अभियान संचालन गरिने छ । पछिल्लो समय पोखरा महानगरपालिका वडा नं ३२ स्थित गोगन मावि र पोखरा महानगरपालिका वडा नं २७ स्थित लक्ष्मी आदर्श बहुमुखी क्याम्पसमा अभियान… पुरा पढौ

गण्डकी प्रज्ञा प्रतिष्ठान आठ महिनादेखि पदाधिकारीविहीन

गण्डकी प्रज्ञा प्रतिष्ठान विगत आठ महिनादेखि पदाधिकारीविहीन अवस्थामा छ । यसअघि चार वर्षका लागि नियुक्त पदाधिकारी तथा सदस्यहरूको कार्याकाल गत वैशाख १५ गते सकिएको थियो । कुलपतिसहित सबै प्राज्ञसभा सदस्यहरूको नियुक्तीका लागि गत वैशाख २७ गते गण्डकी प्रदेश सरकारको सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयले दरखास्त माग गरेकामा अहिलेसम्म नियुक्ती हुन नसकेको हो । प्रतिष्ठानका निवर्तमान सदस्यसचिव मनकुमार श्रेष्ठले प्रतिष्ठानमा रहेका २४ वटै पद अहिले रिक्त रहेको बताए । “कुलपति, उपकुलपति, सदस्यसचिवसहित विभिन्न विभागका प्रमुख र सदस्यमा गरी ९५ जनाको… पुरा पढौ

प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान

पालिखेचोकस्थित प्रतिभा माविले विभिन्न खेलकुद गतिविधिमा उत्कृष्ट विद्यार्थीलाई सोमबार एक कार्यक्रमबीच पुरस्कार वितरण गरेको छ । वार्षिक खेलकुद कार्यक्रम अन्तर्गत वर्षभरि भएका खेलकुदका विभिन्न गतिविधिका उत्कृष्ट विद्यार्थी र समूहलाई पुरस्कार वितरण गरिएको हो । पोखरा रंगशालामा आयोजित कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका–३ का अध्यक्ष प्रकाशमान उदास, विद्यालय संचालक समितिका अध्यक्ष नारायण पौडेल लगायतले उद्घाटन गरेका थिए । प्रतिभाले विद्यालय तहमा आन्तरिक प्रतिश्पर्धा हुनेगरि फुटसल, भलिवल, बास्केटबल, टेवलटेनिस, चेस लगायतका खेलकुद गतिविधि संचालन गरेको थियो । तिनै खेलकुदका उत्कृष्ट विद्यार्थी र… पुरा पढौ

पश्चिमाञ्चल माविको वार्षिकोत्सव सम्पन्न

पोखराको गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले सोमबार स्थापनाको ३४ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवसरमा विद्यालयमा शैक्षक प्रदर्शनी पनि आयोजना गरिएको छ ।वार्षिकोत्सवको प्रमुख अतिथि पृथ्वीनारायण क्याम्पसका प्रमुख प्राडा हरिप्रसाद पाठकले उद्घाटन गरेका थिए । पाठकले पोखराका शैक्षिक संस्थाले पोखराको पहिचान नै फराकिलो बनाएको बताए । पोखराको पहिचान पर्यटनले मात्र नभई शैक्षिक क्षेत्रको अग्रणी सहरको रुपमा समेत बनेको उनले बताए । पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्राडा रामनाथ ओझाले विद्यालयले गुणस्तरीय शिक्षाका लागि हरदम प्रयास गरिरहेको बताए । साढे ३ दशक अघि स्थापित… पुरा पढौ

अन्तर बिद्यालय स्तरिय खुल्ला चित्रकला प्रतियोगितामा न्यू मिलेनियम स्कुलका समृद्ध जंग गोदार प्रथम

पोखरा २९, मंसिर अन्तर बिद्यालय स्तरिय खुल्ला चित्रकला प्रतियोगितामा न्यू मिलेनियम स्कुलका समृद्ध जंग गोदार प्रथम भएका छन् । ड्यामसाइड क्लबको आयोजनामा आइतबार पोखराको माछापुच्छ«े प्रतिबिम्ब पार्क (ड्यामसाइड) मा सम्पन्न चित्रकला प्रतियोगितामा कक्षा १० का गोदारले उत्कृष्ट चित्र कोर्दै प्रथम स्थान हासिल गर्न सफल भएका हुन् । त्यस्तै एक्स–आर्मी स्कुल कक्षा ८ का शिसम श्रेष्ठले दोस्रो स्थान हासिल गर्नु भयो भने हार्वर्ड एकेडेमीका कक्षा १० का तेजस सुनारले तेश्रो स्थान हासिल गरे । प्रतियोगितामा बालोदय सेकेन्डरी स्कुलकी कक्षा ८ की… पुरा पढौ

पोखराको लेकसिटी कलेजमा कार्निभल सम्पन्न

पोखरा । लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर पोखराले यस वर्ष आफ्नो चौथो लेकसिटी कार्निभल भव्य रूपमा सम्पन्न गरेको छ । पोखरा–४ गैहपाटनस्थित कलेज परिसरमा शुक्रबार आयोजना भएकोे कार्निभलमा खुला सडक, सांगीतिक प्रस्तुति, स्वादिष्ट परिकार र सांस्कृतिक विविधताका प्रस्तुतिहरु रहेका थिए । कलेज व्यवस्थापन समितिका अध्यक्ष प्राध्यापक डा. विश्वकल्याण पराजुलीले एक कार्यक्रमका वीच बेलुन उडाएर कार्निभलको उद्घाटन गर्नुभएको थियो । विगतका वर्षहरुदेखि निरन्तर हुँदै आएको कार्निभललाई यस वर्ष झनै व्यवस्थित र आकर्षक रूपमा सम्पन्न गर्न सफल भएको क्याम्पस प्रमुख नारायण श्रेष्ठले… पुरा पढौ

प्रगति माध्यमिक विद्यालयको खेल उत्सव सम्पन्न, सगरमाथा यसबर्ष पनि उत्कृष्ट

शिशिर उजाडपोखरा पोखराको बाटुलेचौरमा रहेको प्रगति माध्यमिक विद्यालयले आयोजना गरेको खेल उत्सव आइतबार सम्पन्न भएको छ । एक दिन विद्यालय र दुइ दिन पोखरा रंगशाालामा गरी तीन दिनसम्म संचालन भएको उत्सवमा बिभिन्न १३ वटा खेलमा विद्यालयका कक्षा १ देखि १२ सम्मका १ हजार बढी विद्याथीले सहभागिता जनाएका थिए । उत्सवको अन्तिम दिन आज भएको फुटवलको फाईनल खेलमा सन्देश खत्री टिम क्याप्टेन रहेको माछापुच्छे्र् सदनलाई पराजित गरी अर्मान गुरुङको नेतृत्वको अन्नपुर्ण सदन विजेता भएको छ ।निर्धारित र थप समयमा दुवै पक्षबाट… पुरा पढौ

कन्यामार्गका दिदिबहिनीहरुलाई क्षमता अभिबृद्धि तालिम

पोखरा महानगरपालिका वडा नं ३ स्थित कन्यामार्ग टोल विकास संस्थाले टोलका दिदिबहिनीहरुका लागि एकदिने क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न गरेको छ । संस्थाकी निवर्तमान अध्यक्ष लक्ष्मी पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा उत्प्रेरक विकल शेरचनले सामाजिक संजाल र विभिन्न खेलहरुको नकारामक प्रभाव बारे सहजिकरण गरे । बालबालिकाहरुमा बढ्दै गएको मोबाईलको प्रयोगले भविष्यमा निकै अफ्ठेरो पार्न सक्ने भएकोले स्वयं अभिभावक यसबाट सचेत हुनुपर्ने र बालबालिकालाई अन्य सिर्जनात्मक, अध्ययन लगायतका विषयहरुमा अभ्यस्त गराउन आवश्यक भएको बताए । अधिवक्ता सरिता तिमिल्सिना पगेनीले महिला हिंसा तथा यसका… पुरा पढौ