शिक्षा

कुमुदिनी होम्सका विद्यार्थीले गरे फेवाताल सरसफाइ

पोखरा । पोखरा ४ मा अवस्थित कुमुदिनी होम्स माविका विद्यार्थीहरूले बुधबार फेवातालको किनारमा रहेको फुटपाथमा सरसफाइ गरेका छन् । सन् १९५६ मा बेलायतका राजकुमार फिलिप ड्युक अफ एडिनब्राले स्थापना गरेर हाल विश्वका विभिन्न देशका विद्यालयहरूमा सञ्चालन भएकोड्युक अफ एडिनब्राज इन्टरनेशनल अवार्ड कार्यक्रम अन्तर्गत रहेर हरेक वर्ष विभिन्न चरणमा गरिदै आएको सामाजिक कार्य अन्तर्गत विद्यालयका विद्यार्थीले बुधबार फेवाताल किनारमा सरसफाई गरेको हो । युवाहरूमा आत्मविश्वास, नेतृत्व विकास र समाज सेवाप्रति योगदान गर्न सक्ने उदेश्य राखी स्वयं सेवा, शारीरिक गतिविधि, सीप र… पुरा पढौ

पत्रकार धौलागिरिका पत्रकारिताका दुई पुस्तक सार्वजनिक

पत्रकार विनोद प्रसाद शर्मा (विनोद धौलागिरि) का दुई पुस्तक बुधबार सार्वजनिक भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत स्नातकोत्तर तहको मिडिया टेक्नोलोजी विषयका “लेखन र सम्पादन” तथा “लेखन कला” विषयका पुस्तक राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्य र सेफर्ड कलेज काठमाण्डौका क्याम्पस प्रमुख कविता शर्माले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजना गरिएको सो कार्यक्रममा प्रमुख सूचना आयुक्त आचार्यले पत्रकारिता अध्ययनमात्र नभई विषयगत ज्ञान, सीप र लेखन कलाका लागि दुई पुस्तक उपयोगी हुने बताए ।… पुरा पढौ

चतुर्मास व्रत अनुष्ठान एवं अन्नकूट महोत्सव सम्पन्न

पोेखराको नारायणस्थानमा संचालित चतुर्मास व्रत अनुष्ठान एवं अन्नकूट महोत्सव सम्पन्न भएको छ । श्री हिमालयन सिद्ध महायोग ध्यान साधना केन्द्रमा हरिशयनी एकादशीदेखि संचालन भएको चतुर्मास व्रत अनुष्ठान तथा हिमालयन सिद्ध महायोग ध्यान साधना कार्यक्रममा आध्यात्मिक साधना एवं रामार्चन पूजा र अन्नकूट महोत्सव विशेष आकर्षण बनेका थिए। उक्त महोत्सवमा भगवानलाई ५६ भोग लगाइएको थियो भने अन्नको पर्वत निर्माण गरी पूजा पश्चात प्रसादको रुपमा बाँडिएको थियो । यस व्रत अनुष्ठानले भक्तजनहरूमा आध्यात्मिक चेतना, भक्ति भावना र सदाचारप्रति निष्ठा जागरण गराएको आयोजक समितिले… पुरा पढौ

बसाइँसराइले म्याग्दीमा घटे मतदाता

म्याग्दीमा पछिल्लो तीन वर्षको अवधिमा मतदाताको सङ्ख्या घटेको छ । विसं २०७९ मा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा ८६ हजार १२० जना मतदाता रहेको म्याग्दीमा निर्वाचन आयोगले पछिल्लो पटक असोज ८ गते सार्वजनिक गरेको मतदाता नामावली विवरणअनुसार ८४ हजार ५२० जना कायम भएको छ । जिल्ला निर्वाचन कार्यालय, म्याग्दीका सूचना अधिकारी गोविन्द थापाका अनुसार अघिल्लो निर्वाचनको तुलनामा एक हजार छ सय जना मतदाता सङ्ख्या घटेको हो । ४१ हजार १७४ जना पुरुष, ४३ हजार ३४५ महिला र एक जना अन्य… पुरा पढौ

चन्दा उठाएर बागलुङको कैयामा गाउँघर क्लिनिक स्थापना

चन्दा सङ्कलन गरेर बागलुङ नगरपालिका–१४ नारायणस्थानको कैयामा हाम्रो स्वास्थ्य गाउँघर क्लिनिक स्थापना गरिएको छ । बागलुङ नगरपालिका, नारायणस्थान स्वास्थ्य चौकी फेयरमेड, नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसन,सम्बोधन परियोजना, कैया टोल विकास संस्था, शिवा प्राथमिक विद्यालय र टोल विकास संस्था, व्यक्तिगत सहयोगका साथैस्थानीय समाजसेवीहरूको सहयोगमा क्लिनिक स्थापना भएको हो । शुक्रबारदेखि सञ्चालनमा आएको क्लिनिक रु एक लाख नौ हजारको लागतमा स्थापना गरिएको वडाध्यक्ष चक्रबहादुर खत्रीले जानकारी दिए । औषधि र जनशक्ति भने बागलुङ नगरपालिकाले उपलब्ध गराउने उनले बताए । गाउँघर क्लिनिकलाई व्यवस्थित र… पुरा पढौ

नर्सहरुको जारी आन्दोलनले सेवा प्रभावित,स्वास्थ्यमन्त्रीलाई चिकित्सक सङ्घद्वारा सुझाव पेश

नर्सको आन्दोलनका कारण देशभरको स्वास्थ्य संस्थामा सेवा प्रभावित भएको छ। निजी अस्पताल तथा मेडिकल कलेजहरूमा काम गर्ने नर्सहरूलाई सरकारी स्वास्थ्य संस्थाहरूमा कार्यरत नर्सहरूको सरह तलब, भत्ता तथा सेवा सुविधा कायम गरिनुपर्ने १५ बुँदे मागसहित नर्सहरूले आन्दोलन जारी राखेपछि अस्पतालका स्वास्थ्य सेवा प्रभावित भएका हो। सरकारी सरह पारिश्रमिक पाउनु पर्छ भनेर असोज १० गते देखि सुरु भएको आन्दोलनमा देशभरका नर्सहरुले समर्थन जनाएका छन्। देशभर सबै स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुले कार्तिक १२ गतेदेखि १० देखि १२ बजेसम्म २ घण्टा सेवा बहिष्कार गरेर… पुरा पढौ

त्रिविद्वारा शैक्षिक क्यालेण्डर सार्वजनिक,स्नातक तहको कक्षा सञ्चालन मङ्सिरमा

त्रिभुवन विश्वविद्यालयले यस वर्षदेखि सुरु हुने शैक्षिकसत्रका लागि ‘शैक्षिक क्यालेण्डर’ सार्वजनिक गरेको छ । त्रिविले यसै शैक्षिकसत्रका लागि स्नातक तह वार्षिक परीक्षा र सेमेष्टर प्रणाली तथा स्नातकोत्तर तह सेमेष्टर प्रणालीको ‘शैक्षिक क्यालेण्डर’ मङ्गलबार सार्वजनिक गरेको हो । त्रिविका शिक्षाध्यक्ष प्रा डा खड्ग केसीले त्रिविको प्राज्ञिक परिषद्बाट निर्णय गरेर नै ‘शैक्षिक क्यालेण्डर’ सार्वजनिक गरिएको जानकारी दिए । उनले समयमा नै कक्षा सञ्चालन, परीक्षा र परीक्षाफल प्रकाशन गर्नका लागि ‘शैक्षिक क्यालेण्डर’ सार्वजनिक गरिएको बताए । उनले त्रिविका ६४ आङ्गिकसहित सम्बन्धनप्राप्त क्याम्पस र… पुरा पढौ

पोखरामा घुम्ती साहित्य उत्सव, महानायक हमाल पनि सहभागी हुने

प्रकाशन संस्था फाइनप्रिन्टद्वारा आयोजित घुम्ती साहित्य उत्सव ‘फाइनप्रिन्ट फिभर’ बुधबार पोखरामा हुँदैछ । एकदिने उक्त साहित्य उत्सवमा विभिन्न लेखक तथा कलाकारले पाठकसँग प्रत्यक्ष संवाद गर्नेछन् । कार्यक्रममा महानायक राजेश हमाल, लेखक सुविन भट्टराई र डा नवराज केसी सहभागी हुने स्थानीय आयोजक ¥यान्डम रिडर्स सोसाइटीले जनाएको छ । महानायक हमालको हालै प्रकाशित पुस्तक ‘युगदेखि युगसम्म’, लेखक भट्टराईको ‘चमेलीको फूल, बैजनी रुमाल’ र डा केसीको ‘स्वस्पर्श’बारे विभिन्न सत्रमा छलफल हुनेछ । महानायक हमालसँग अपिल त्रिपाठी, लेखक डा केसीसँग उपेन्द्र पौडेल र सुविन… पुरा पढौ

अफिन गण्डकीले भन्यो : नर्सहरुलाई सरकारी सरह तलब दिन सक्दैनौं

सन्देश श्रेष्ठपोखरा, असोज २९ एशोसियसन अफ प्राईभेट हेल्थ ईन्ष्टिच्यूसन नेपाल (अफिन) गण्डकीले नर्सहरुलाई सरकारी सरह तलब दिन नसक्ने बताएको छ । सरकारले नर्सहरुलाई सरकारी सरह तलब दिन निर्देशन दिएको भोलिपल्ट पोखरामा बुधबार पत्रकार सम्मेलन गरेर अफिन गण्डकीले नर्सहरुलाई सरकारी सरह तलब दिन नसक्ने जनाएको हो । पोखरामा अहिले मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेजलगायतका नर्सहरु तलब, भत्ता बढाउन माग गर्दै आन्दोलनमा रहेका छन् । विगत एक हप्तादेखि आन्दोलनमा रहेका उनीहरुले सरकारी सरह तलब दिन माग गर्दै आएका छन् । अस्पताल… पुरा पढौ

कालिका माविको शिक्षक अभिभावक सङ्घमा डिबी

पोखरा ३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयको शिक्षक अभिभावक सङ्घको अध्यक्षमा धनबहादुर विश्वकर्मा ९डिबी० सर्वसम्मत चयन भएका छन् । मङ्गलवार विद्यालयमा सम्पन्न अभिभावक भेलाबाट सङ्घका सदस्यहरूमा गोपाल मुरी मगर, हुमबहादुर थापा, सपना राजबाहक, यशोदा विश्वकर्मा, रामु गुरुङ, बेलबहादुर केसी र सोमबहादुर श्रेष्ठ चयन भएका छन् । सङ्घको शिक्षक प्रतिनिधिमा लक्ष्मी गिरी तथा पदेन सदस्यहरूमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर थापा र प्रधानाध्यापक रुपिन्द्र प्रभावी रहेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष डिबी विश्वकर्माले विद्यालयको… पुरा पढौ