शिक्षा

कुमुदिनी होम्समा कक्षा १२ का विद्यार्थीको बिदाई,मेहनत र अनुशासन नै सफल भविष्यको आधार अध्यक्ष पालिखे

पोखर महानगरपालिका वडा नं ४ गैह्रापाटनमा रहेको प्रतिष्ठित विद्यालय, कुमुदिनी होम्स माध्यमिक विद्यालयका १२ कक्षाका विद्यार्थीलाई शनिबार बिदाई गरिएको छ । कक्षा ११ का विद्यार्थीको आयोजनामा भएको कार्यक्रममा उनीहरुलाई आगामी समयका लागि शैक्षिक सफलताको शुभकामना व्यक्त गरिएको छ ।कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले विदाई र स्वागत एक किसिमको कल्चर भएको बताउँदै, ठूलाले सानालाई र सानाले ठूलालाई सम्मान गर्ने संस्कार सानैदेखि विद्यार्थीमा दिन सकियो भने जीवनभर कामयावी हुने बताए। अध्यक्ष पालिखेले विद्यार्थीहरूलाई मेहनत र अनुशासनलाई आफ्नो… पुरा पढौ

प्रतिभा माविमा कक्षा १२ का विद्यार्थीको बिदाई

पोखराको पालिखेचोकस्थित प्रतिभा माविले कक्षा १२ का विद्यार्थीलाई शनिबार एक कार्यक्रम आयोजना गरि बिदाई गरेको छ । कक्षा ११ का विद्यार्थीले संयोजन गरेको कार्यक्रमको प्रतिभा मावि संचालक समितिका अध्यक्ष नारायण पौडेलले उद्घाटन गरेका थिए । अध्यक्ष पौडेलले कक्षा ११ ले १२ का विद्यार्थीलाई बिदाई गर्नु आफैमा गतिलो संस्कार भएको बताए । उनले कम्तिमा दुइवर्षको यो अवधिले अगाामि दिनमा अघि बढ्न थप उर्जा मिल्ने बताए ।‘युवाले अहिलेको उर्जाशिल समयलाई उपयोग गरेर भविश्यका लागि अघि बढ्नुपर्छ । भविश्य उज्जवल बनाउन लगनशीलता र… पुरा पढौ

कुमुदिनी होम्समा चाईनिज भाषा शिक्षक इनको बिदाई

पोखरा महानगरपालिका वडा नं ४ मा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यायमा चाईनिज भाषा अध्यापन गराईरहेकी शिक्षक हाउ सिङ इनलाई बिहिबार बिदाई गरिएको छ । बिगत ५ वर्षदेखि कक्षा ३ देखि कक्षा ७ सम्मका विद्यार्थीलाई चाईनिज भाषाको सिकाई चल्दै आएको विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले जानकारी दिए । हरेक वर्ष चाईनिज शिक्षक आएर चाईनिज भाषा सिकाउने क्रम चलिरहेको र एउटा शिक्षक एक वर्षभन्दा बढी बस्न नपाउने चाईनिज अन्तराष्ट्रि भाषा केन्द्रको नीति अनुसार इन चाईना फिर्ता हुन लागेको बताए ।नेपालमा चाईनिज भाषा… पुरा पढौ

कालिका पब्लिक कलेजमा परिवार नियोजनको अभियान

नेपाल परिवार नियोजन संघ कास्की शाखाले यौंन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान जारी राखेको छ । २४ वटा विद्यालय तथा कलेजमा अभियान संचालन गर्ने लक्ष्य सहित सुरु गरिएको अभियान १३ वटा विद्यालय तथा क्याम्पसमा पुगेको सभापति नवीन सिग्देलले जानकारी दिए । पछिल्लो समय पोखरा महानगरपालिका वडा नं १० रामबजार स्थित कालिका पब्लिक कलेजमा अभियान संचालन गरिएको छ । कार्यक्रमको शुभारम्भ पोखरा महानगरपालिका वडा नं १० का वडा सदस्य पूर्णचन्द्र न्यौपानेले गरे । कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका कोषाध्यक्ष विष्णु… पुरा पढौ

मध्यपूर्व द्वन्द्वको प्रभावमा बालबालिका: युनिसेफ

मध्यपूर्वमा बढ्दो द्वन्द्व चौथो हप्तामा चलिरहदा लेबनानमा ११८ र कुवेतमा दुई सय भन्दा बढी बालबालिकाको मृत्यु भएको जनाइएको छ । रिपोर्ट गरिएका तथ्याङ्कहरूमा हिंसा जारी रहँदा प्रभावितको सङ्ख्या बढ्ने आशंका गरिएको छ । युद्ध सुरु भएदेखि हरेक दिन औसत लगभग ८७ जना बालबालिका मारिएका वा घाइते भएको युनिसेफका उपकार्यकारी निर्देशक टेड चाइबानको टिप्पणी गरे । उनले तत्काल शत्रुता अन्त्य, नागरिक पूर्वाधारको सुरक्षा, र निर्बाध मानवीय पहुँच सुनिश्चित गर्न सम्बन्धित पक्षलाई आह्वान गरेका छन् । युनिसेफले लामो हिंसा जारी रहेमा मध्यपूर्वमा… पुरा पढौ

बजेट अभाव हुँदा,पर्वतको विहादीमा विद्यालय अधुरो

पर्वतको विहादी गाउँपालिकाको एक आधारभूत विद्यालयको भवन निर्माण विगत तीन वर्षदेखि अधुरो बनेको छ । विहादी गाउँपालिका–४ वहाकीको लिम्सिङस्थित रम्बादेवी माता आधारभूत विद्यालयको निर्माणाधीन आठ कोठे पक्की भवन आर्थिक अभावमा अधुरो बनेको हो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत शिक्षा मन्त्रालयबाट विनियोजित ३६ लाख बजेटमा निर्माण थालिएको थियो । थप बजेट व्यवस्थापन हुन नसक्दा भवन निर्माण स्थगित भएको हो । भवन सम्पन्न नहुँदा विद्यार्थी कष्टकर अवस्थामा अध्ययन गर्न बाध्य छन् । चार कक्षासम्म पढाइ हुने विद्यालयमा हाल १९ जना विद्यार्थी रहेको… पुरा पढौ

विश्वमा एक करोड सात लाख सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर

‘हो!हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो योगदान’ नाराका साथ विविध चेतनामूलक कार्यक्रमका साथ देशका विभिन्न भागमा क्षयरोग दिवस मनाइएको छ । सन् २०३५ सम्ममा क्षयरोग महामारी अन्त्य गर्ने र सन् २०५० सम्ममा देशलाई क्षयरोग मुक्त बनाउने लक्ष्य हासिल गर्न सबैले आ–आफ्नो क्षेत्रबाट आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धताका साथ यो दिवस मनाइएको राष्ट्रिय क्षयरोग केन्द्र्रका निर्देशक डा. भुवन पौडेलले जानकारी दिए । मुलुकमा अझै पनि ४२ प्रतिशत क्षयरोगी उपचार बाहिर रहेका बताउँदै उनले अधिकांश बिरामीमा रोग लुकाउने, परीक्षण नगर्ने बरू… पुरा पढौ

भुपु विद्यार्थी मञ्च रतन पाण्डे माविको अध्यक्ष सुरेन्द्र

पोखरा १३ आर्बामा रहेको भूतपूर्व विद्यार्थी मञ्च,रतन पाण्डे माविको दोस्रो अधिबेशनले सुरेन्द्रप्रसाद बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । मञ्चको सम्पन्नअधिवेशनले सचिवमा ऋषिराज बराल, सहसचिवमा बिनमबन्धु बराल र कोषाध्यक्षमा सन्तबहादुर थापालाई चयन गरेको हो ।यस्तै मञ्चको सदस्यमा प्रकाश बराल, ममता बराल,दिपेन्द्र सुनार, प्रविन बराल, निशा देवकोटा र सन्तोष सुनार छानिएका छन् । बाँकी आवश्यक पदहरूमा पछि मनोनयन गरिने नवनिर्वाचित अध्यक्ष सुरेन्द्रप्रसाद बरालले जानकारी दिए । यज्ञबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णुप्रसाद बराल, भुपु विद्यार्थी एवं… पुरा पढौ

त्रिवेणी कलेजमा ६४ युनिट रगत संकलन

त्रिवेणी इन्टरनेशनल कलेज पोखरा २७ ले आइतबार आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ प्वाइन्ट रगत संकलन भएको छ । कार्यक्रममा पोखरा महानगरपालिका वडा नंं २७ का वडाध्यक्ष पूर्ण कुमार गुरुङ्गले पहिलो रक्तदाता पोखरा विश्वविद्यालयका सिनेटर एवं ३८ औं पटक रक्तदान गरेका सुरजजंग राणालाई ब्लड व्याग हस्तान्तरण गरेर शुभारंभ गरेका थिए । अध्यक्ष गुरुङ्गले पहिलो पटक रक्तदान गर्नेहरुलाई हौसला र सकरात्मक धारणा बनाउन सहयोग पुग्ने गरी सचेतता अभियान चलाउनु पर्नेमा जोड दिए । रक्तदाताको लगत राखी दुर्लभ रक्त समूहलाई रिजर्भमा राख्न वडाध्यक्ष… पुरा पढौ

आर्थिक गणना बैशााख २ देखि शुरु हुने

आगामी बैशाख दुई गते देखि देशभर आर्थिक गणना हुने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालय कास्कीको आयोजनामा आइतबार भएको छलफल कार्यक्रममा राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ऋषिराम सिग्देलले आगामी बैशाख २ गतेदेखि असार ७ गते सम्म देशैभर आर्थिक गणना हुने जानकारी दिए । उनले यस गणनाले आर्थिक क्रियाकलापका बारेमा ठोस तथ्यांक ल्याउने विश्वास व्यक्त गरे । राष्ट्रिय तथ्यांक कार्यालय कास्कीका प्रमुख नन्दलाल सापकोटाले गणनाको लागि गणक तथा सुपरिबेक्षकहरू प्रतिष्ठानहरूमा भौतिकरूपमा नै उपस्थित भएर गणना गरिने उल्लेख गर्दै सबै पक्षको सहयोगमा गणना… पुरा पढौ