शिक्षा

पद्मश्री साहित्य पुरस्कारको उत्कृष्ट पाँचको सूचीमा पोखराका सरस्वती र तीर्थ

पोखरा, साउन १५ पद्मश्री साहित्य पुरस्कारको उत्कृष्ट पाँच पुस्तकमा पोखराका दुई स्रस्टा परेका छन् । पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले आज सार्वजनिक गरेको उत्कृष्ट पाँचको सूचीमा पोखराका दुई स्रस्टाका उपन्यासहरु परेका हुन् । उत्कृष्ट १५ बाट उत्कृष्ट पाँचमा परेका पुस्तकको सूचीमा पोखरेली साहित्यकार सरस्वती प्रतीक्षाको उपन्यास ‘स्व’ र तीर्थ गुरुङको उपन्यास ‘हिउँको गीत’ परेको प्रतिष्ठानले जनाएको छ । पोखरेली स्रस्टासँगै छुदेन काविमोको उरमाल (आख्यान), रमेश भुसालको छालबाटो (गैह्र आख्यान) र भवानी खतिवडाको प्रणाम सगरमाथा (नियात्रा)… पुरा पढौ

समाजसेवी थापाद्वारा सिद्ध मा.वि.लाई पच्चीस हजार पाँच सय सहयोग

पोखरा १५ गलेश्वर चोक निवासी समाजसेवी तथा कालिका मा. वि. रामबजारका पूर्व प्रधानाध्यापक प्रेमबहादुर थापाले पितृ उद्वारको कामना गर्दै सिद्ध मा.वि.को अक्षयकोषमा रु २५,५००/ सहयोग गरेका छन् पितृ उद्धार तथा घरपरिवारका छोरा, बुहारी, नातिनातिनीहरु सबैको प्रगति र विद्यार्थीको उज्ज्वल भविष्य कोर्नमा सहयोगी बन्न पाउँदा आफूलाई खुसी लागेको शिक्षासेवी थापाले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेलले शिक्षा जस्तो पवित्र क्षेत्रमा दान गर्नु भएकोमा धन्यवाद र आभार व्यक्त गर्दै उहाँको सम्पूर्ण थापा परिवारको सुस्वास्थ्य, सुखद् जीवन र उत्तरोत्तर प्रगतिको कामना… पुरा पढौ

कुमुदिनीमा मनाईयाे हजुरबुबा हजुरआमा दिवस

पोखरा, साउन ११ । पोखराकाे गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माविले हजुरबुबा हजुरआमा दिवस मनाएकाे छ । विद्यालयले विद्यार्थीका अभिभावक हजुरबुबा हजुरआमासंगै मन्टेश्वरी तथा कक्षा १, २ र ३ का विद्यार्थीहरुलाई दिवस मनएको हो । । सो अवसरमा विद्यार्थीले नृत्य तथा हजुरबुबा हजुरआमाहरु खेलमा सहभागी भइ रमाइलो गरेका थिए । विद्यालयक संस्थापक अध्यक्ष अशोक पालिखेले विद्यार्थीलाई सानै उमेरदेखि विभिन्न प्रकारका ज्ञानवर्धक अतिरीक्त क्रियाकलापमा संलग्न गराउने गरेको बताए । यसले अतिरीक्त ज्ञान हाँसिल हुने उनको भनाइ थियो । सानै उमेरबाट दिवसहरु, आफ्नो,… पुरा पढौ

कुमुदिनी होम्समा ग्रेण्ड प्यारेन्ट्स् डे (हजुरबुबा-हजुरआमा दिवस) आयोजना

पोखरा । पोखरा महानगरपालिका–४ स्थित गण्डकी प्रदेशकै प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी होम्समा आज भव्य रूपमा ग्रेण्ड प्यारेन्ट्स् डे (हजुरबुबा–हजुरआमा दिवस) मनाइएको छ। मन्टेश्वरीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूले आफ्ना हजुरबुबा–हजुरआमासँगै विद्यालयको सभाहलमा छुट्टाछुट्टै कार्यक्रममार्फत दिवस मनाएका थिए। कार्यक्रममा विद्यार्थीहरूले नृत्य, नाटक तथा मन्त्रोच्चारण जस्ता विविध प्रस्तुति दिएका थिए भने हजुरबुबा–हजुरआमालाई विभिन्न खेलमा सहभागिता गराएर रमाइलो गरिएको थियो। कार्यक्रमको उद्घाटन मन्त्रोच्चारण गरि प्रि वन र प्रि टु का बालबालिकाबाट गरिएको थियो। विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले बालबालिकालाई सानैदेखि संस्कार, संस्कृति, सामाजिक सेवा,… पुरा पढौ

प्रजनन स्वास्थ्यबारे परिवार नियोजन कार्यालयसँग सहकार्य गरिने : स्वास्थ्य मन्त्री पाठक

पोखरा । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले गण्डकीमा स्वास्थ्य क्षेत्र सुधारका लागि सरकार लागिपरेको बताएका छन् । उनले मध्यकालीन र दीर्घकालीन योजना अघि सार्दै सरकारले अस्पताल स्तरोन्नतिमा गर्दै गएको बताए । परिवार नियोजन संघको आयोजनामा परिवार नियोजन, यौन तथा प्रजनन स्वास्थ्य र अधिकारबारे प्रदेशस्तरीय कार्यशालाको आइतबार पोखरामा उद्घाटन गर्दै मन्त्री पाठकले सो कुरा बताएका हुन् । उनले प्रदेशमै जनशक्ति उत्पादनका लागि बागलुङ र गोरखामा एचए पढाउने व्यवस्था गर्ने लागेको जानकारी दिए । उनले परिवार नियोजन संघसँग मिलेर सम्बन्धित जिल्ला… पुरा पढौ

लामा अमृत फाउण्डेशनद्वारा घान्द्रुकको जनप्रिय विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण

पोखराः   लामा अमृत फाउण्डेशनले घान्द्रुकको श्री जनप्रिय आधारभुत विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ ।फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले कास्कीको अन्नपूर्ण गाउँपालिक-१० किम्चे स्थित जनप्रिय आधारभुत विद्यालयमा आज (शुक्रबार) एक कार्यक्रमको आयोजना गरि विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेका हुन् ।फाउण्डेशनका संस्थापक गुरुङले ६५ जना विद्याथीैहरुलाई शैक्षिक सामाग्री र विद्यालयलाई डष्टविन र एक थान भलिबल सहयोग गरेका हुन् ।शैक्षिक सामाग्री हस्तान्तरण पछि बोल्दै फाउण्डेशनका संस्थापक गुरुङले सामाजिक कार्यमा जोडिने उद्धेश्यसहित विद्यालयहरुमा शैक्षिक सामाग्री सहयोग गर्दै आएको… पुरा पढौ

प्रतिभामा स्वागत : ‘सगरमाथाको आधारशिविर त पक्कै पुगिन्छ’

पोखरा, साउन ६पोखराको पालिखेचोकस्थित प्रतिभा माविले कक्षा ११ मा विज्ञान विषयमा भर्ना भएका नवआगन्तुक विद्यार्थीका लागि मंगलबार स्वागत तथा उत्प्रेरणामुलक कार्यक्रम आयोजना गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) उत्तिर्ण गरि प्रतिभामा भर्ना भएका विद्यार्थीका लागि कार्यक्रम आयोजना गरिएको हो ।विद्यालयले सोमबार व्यवस्थापन र होटल व्यवस्थापन विषयका विद्यार्थीका लागि स्वागत कार्यक्रम राखेको थियो । मंगलबार भने विज्ञान विषयका विद्यार्थीका लागि स्वागत र उत्प्रेरणामुलक कार्यक्रम राखेको विद्यालयका प्राचार्य किरण सापकोटाले बताए । मंगलबारको कार्यक्रमको राष्ट्रिय परीक्षा बोर्ड पोखराका प्रमुख गोविन्दराज पोखरेलले… पुरा पढौ

कुमुदिनी होम्स माविमा कक्षा ११ का विद्यार्थीका लागि उत्प्रेरणामूलक कार्यक्रमको आयोजना

पोखरा । गैह्रापाटनस्थित कुमुदिनी होम्स माविले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरू तथा उनीहरूका अभिभावकहरूको लागि एक दिवसीय उत्प्रेरणामूलक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयको होटल व्यवस्थापन, व्यवस्थापन तथा विज्ञान संकायमा भर्ना भएका विद्यार्थीहरूलाई लक्षित गर्दै आयोजित उक्त कार्यक्रममा लोकप्रिय मोटिभेसनल स्पिकर डा. रविन कटवालले प्रेरणादायी सन्देश दिएका थिए। डा. कटवालले चेतनाको दायरा विस्तार गर्दै जीवनमा अब्बल बन्न उत्प्रेरणा कार्यक्रमले सघाउने बताए। उनले जीवन परिवर्तन गर्न सकिने प्रेरक दृष्टान्तहरू प्रस्तुत गर्दै विद्यार्थी र अभिभावकहरूलाई शिक्षाको महत्वबारे सचेत गराएका थिए।… पुरा पढौ

मदरल्याण्ड माविमा स्वागत, देश बिग्रेको छैन, बरु सप्रेको छ : डा.भगवान कोइराला

पोखरा, साउन ५वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइराला देश बिग्रेको भनेर मात्र मान्न तयार छैनन् । आफुले देख्दादेख्दै धेरै क्षेत्रमा देशले फड्को मारेकोले देश बिग्रेको नभई सप्रेको डा.कोइराला बताउँछन् ।पछिल्लो समय नेपाल खत्तमै भयो, सबैतिर बिग्रियो, भत्कियो, कामै केही भएन भन्ने मात्र भाष्य सिर्जना भएको छ । युवाको विदेश पलायनको ताती, बढ्दो बेरोजगारी समस्या जस्ता विषयलाई उठान गर्दै देश बिग्रेको भन्ने गुनासो सर्वत्र छ । तर, डा. कोइराला यस्ताखाले भाष्यप्रति फरक मत राख्छन ।पोखराको मासवारस्थित मदरल्याण्ड माविले सोमबार माध्यमिक शिक्षा परीक्षा… पुरा पढौ

प्रतिभाले गर्यो नवआगन्तुक विद्यार्थीलाई स्वागत

पोखरा, साउन ५पोखराको पालिखेचोकस्थित प्रतिभा माविले नवआगन्तुक विद्यार्थीका लागि सोमबार स्वागत तथा उत्प्रेरणामुलक कार्यक्रम आयोजना गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) उत्तिर्ण गरि प्रतिभामा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि कार्यक्रम आयोजना गरिएको हो ।कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यले उद्घाटन गरे । प्रमुख अतिथि आचार्यले पोखरा विभिन्न तरिकाले परिचित भईरहेकोमा शिक्षाको क्षेत्रबाट पनि उत्तिकै परिचित हुँदै गएको बताए । पोखरामा उत्कृष्ट विद्यालयहरु संचालन भएको अवस्थामा पोखरा शिक्षाको राजधानी बन्दै गएको आचार्यले बताए ।‘पोखरा… पुरा पढौ