पोखराको सिमलचौरमा रहेको जनप्रिय माध्यमिक विद्यालयमा विहीबार अभिभावक भेला सम्पन्न भएको छ । भेलाले विद्यालय व्यवस्थापन समितिमा अभिभावकबाट चयन हुने ३ सदस्य टोली सर्वसम्मत चयन गरेको छ । जसमा सरस्वती शाही पोख्रेल, टंकप्रसाद सुवेदी र देवीप्रसाद त्रिपाठी रहेका छन् ।सोही भेलाले शिक्षक अभिभावक संघको अध्यक्षमा केदार धमलालाई चुनेको छ । संघको सदस्यमा रिङ्कु जैसवाल, माया पाण्डे, पानमाया परियार, अनु सिंह, सुशिला श्रेष्ठ, सपना पराजुली र कवितादेवी ढकाल रेग्मीलाई सर्वसम्मत चयन भएको छनौट समितिका संयोजक शिक्षा अधिकृत रामप्रसाद तिवारीले जानकारी दिए…
पुरा पढौ