गण्डकी

बाढी प्रभावितको सहयोगार्थ ‘मिडिया कप फुटसल’को तयारी पूरा

पोखरा, भदौ २८ कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिअन्तर्गत नयाँलिपि न्यूज डटकमको आयोजनामा असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता-२०८३’ को तयारी अन्तिम चरणमा पुगेको छ । आयोजकले आईतबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउँदै सो प्रतियोगिताबाट प्राप्त सबै मुनाफा बाढी प्रभावितका लागि सहयोग गर्ने घोषणा गरेको हो । पोखरा रंगशालास्थित बहुउद्देश्यीय खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताका लागि टिम दर्ताको काम भइरहेको आयोजक मिडियाका अध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए । ’प्रतियोगिता… पुरा पढौ

कास्कीका बालगृहहरुद्वारा भोटेकोशी बाढीबाट प्रभावित अभिभावकविहीन् १७० बालबालिका संरक्षणका लागि दिन माग

सन्देश श्रेष्ठपोखरा, भदौ २८ कास्कीका बालगृहहरुले भोटेकोशी बाढीबाट प्रभावित भई अभिभावकविहीन् भएका बालबालिकाहरुलाई संरक्षण गर्न आफूहरु तयार रहेको जनाएका छन् । कास्कीका बालगृहहरुको साझा संस्था बालगृह सञ्जाल कास्कीले आईतबार पोखरामा पत्रकार पत्रकार सम्मेलन गरेर राज्यले अनुमति दिएको खण्डमा भोटेकोशी बाढीका कारण अभिभावक गुमाएका १७० जना बालबालिकाहरुको संरक्षण गर्न तयार रहेको जनाएको हो । कास्कीमा २५ वटा बालगृहमा तत्काल १०८ जना र केहि पछि थप ६२ जना गरेर १७० जना बालबालिकाको दिर्घकालीन संरक्षण गर्न आफूहरु तयार रहेको सञ्जाल कास्कीकी अध्यक्ष शोभा… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिलाई बुद्ध विशाल बजारको बधाई तथा शुभकामना

बुद्ध विशाल बजार व्यापारिक एशोसियसनले पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष लगाएत कार्यसमितिलाई बधाई तथा स्वागत गरेको छ । कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका नव निर्वाचित अध्यक्ष शोभा गौतमले आफ्नो जित सम्पुर्ण व्यवसायीको जित भएको बताउँदै संघको ७२ वर्षको ईतिहासमा एउटी चेलीलाई अध्यक्षको जिम्मेवारी दिनुभएकोमा सम्पुर्ण व्यवसायी साथीहरूलाई धन्यवाद दिएकी थिइन् । गौतमले आज महिलाहरूको महानपर्व हरितालिका तिजको अवसरमा एउटा चेलीलाई बुद्व विशाल बजार व्यापारिक एशोसियसनले जुन बधाई तथा सम्मान गरेकोमा आफुलाई माईति घरको झल्को आएको बताईन । अध्यक्ष… पुरा पढौ

सृजनामा नेपाली समाचार वाचन प्रतियोगिता सम्पन्न

पोखरा– ८, सृजनाचोक स्थित सृजना सेकेण्डरी स्कुलमा नेपाली समाचार वाचन प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयको आयोजना तथा युवा रेडक्रस सर्कल, सृजना मा.वि.को व्यवस्थापनमा भएको प्रतियोगितामा कक्षा ६ बाट प्रिन्सी ढकालले प्रथम स्थान हासिल गर्न सफल भइन् भने अक्षता तुलाधर र रिजन काफ्ले संयुक्त रूपमा द्वितीय र रिचा बसेल तृतीय तथा सपन बराल चौँथो भएका छन् । कक्षा ७ तर्फ प्रमाङ्की चालिसे, आर्या घिमिरे, एड्रिना थापा, एञ्जिला पौडेलले क्रमश प्रथम द्वितीय तृतीय र चतुर्थ स्थान हासिल गर्न सफल भए ।… पुरा पढौ

मर्दी हिमाल आरोहण गर्ने युवा सम्मानित

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा रहेको मर्दी हिमालको सफल आरोहण गर्ने युवाहरु सम्मानित भएका छन् । पाँच हजार ५८७ मिटर उचाइको सो हिमाल आरोहण गरेका माछापुच्छे्र गाउँपालिकासहित म्याग्दी र गोरखाका युवालाई घाचोक–माछापुच्छ्रे–पोखरा सम्पर्क समाजले शनिबार सम्मान गरेको हो। माछापुच्छ्रे गाउँपालिका–१ का नारायण गुरुङ, नवीन गुरुङ, रामबहादुर परियार, किसान थापामगर र अर्जुन विक, वडा नं. ३ का क्षेत्रबहादुर गुरुङ र सुदीप तामाङ तथा म्याग्दीका खिम पाइजा र गोरखाका मनुमान गुरुङलाई समाजका अध्यक्ष तोयनाथ बैरागी लम्साल, सल्लाहकार मिनराज लम्साललगायतले सम्मान गरे । कार्यक्रममा स्थानीय… पुरा पढौ

बिभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परि ६ जनाको मृत्यु

देशका बिभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने ९ जना घाईते भएका छन् । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका १२ कमलाबारीमा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको मनहरि गाउँपालिका ६ बस्ने २६ वर्षीय अजय थिङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना६ख ९४९७ नम्बरको ट्रक अनियन्त्रित भई पल्टिँदा गम्भीर घाइते चालक थिङलाई प्रदेश अस्पताल दमौलीका चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले… पुरा पढौ

तीज आजदेखि सुरु, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

नेपाली नारीहरुको सांस्कृतिक पर्व हरितालिका तीज आज देखि सुरु भएको छ । चारदिनसम्म मनाईने तीजको व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाने तयारी गरेका छन् । दर खाएसँगै तीजपर्व सुरु हुन्छ । विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन अर्थात् भाद्र शुक्ल द्वितीयाका दिन आज दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रूपमा विशेषगरी दूधबाट बनेका शुद्ध परिकार खाइन्छ । जसले व्रतका दिन आडिलो बनाउँछ । गहुँको रोटी र घिउ… पुरा पढौ

भोटेकोशी बाढीपीडितलाई केफ मा.विको ३ लाख बढी सहयोग

रसुवाको भोटेकोशीमा आएको विनासकारी बाढीबाट प्रभावितलाई पोखराको सिम्पानीमा रहेको केफ माध्यमिक विद्यालयले आर्थिक सहयोग गरेको छ । गत भाद्र १० गते आएको बाढीले सर्वस्व गुमाएका पीडित परिवारका लागि विद्यालयले ३ लाख २४ हजार ८७३ रुपैयाँ सहयोग गरेको जनाएको छ । विद्यार्थी, शिक्षक, कर्मचारी र विद्यालय प्रशासनको संयुक्त पहलमा जुटाइएको सो रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको विद्यालयका सहायक प्रधानाध्यापक भानुभक्त पोखरेलले जानकारी दिए ।विद्यालयले संचालन गरेको संकलन अभियानमा विद्यार्थीहरूले १ लाख ५९ हजार ६८६ रुपैयाँ योगदान गरेका छन्… पुरा पढौ

तनहुँको बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

तनहुँको व्यास नगरपालिका २ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने डुबान तथा कटानबाट जोगाउन तटबन्धन निर्माणको काम तीव्र गतिमा अघि बढाइएको छ । बुल्दी खोलाको आसपासका बाघबजार, उत्तरशिला र पुल्चोक टोललगायतका क्षेत्र वर्षायाममा डुबान तथा कटानको जोखिममा पर्दै आएका छन् । खोलामा पानीको बहाव बढ्दा बस्ती तथा आसपासका संरचनामा समेत असर पुग्ने भएकाले जोखिमयुक्त स्थानको व्यवस्थापनका लागि तटबन्धन निर्माण थालिएको हो ।सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाअन्तर्गत चालु आर्थिक वर्ष २०८३,८४ को बजेटबाट तटबन्धन सुरु गरिएको वडासदस्य सुरेश वाग्लेले जानकारी… पुरा पढौ

‘बुकीफूल’को शुभमुहूर्त सिक्लेसमा हुने

नेपाली चलचित्र ‘बुकीफूल’को शुभमुहूर्त असोज १ गते कास्कीको सिक्लेसमा हुने भएको छ । गुरुङ समुदायको परम्परा, संस्कृति, इतिहास र मौलिक जीवनशैलीलाई कथावस्तुसँग जोडेर अभियान फिल्मस प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको छायांकन तथा निर्माण तयारीबारे शनिबार सिक्लेसमा स्थानीय सरोकारवालासँग छलफल गरिएको छ । छलफलमा चलचित्रका निर्माता वेदबहादुर गुरुङ श्याम, निर्देशक ओमप्रकाश गुरुङ र प्रोडक्सन म्यानेजर डिबी गुरुङसहितको टोली सहभागी थियो । टोलीले मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजंग गुरुङ, सिक्लेस आमा समूहका अध्यक्ष सन्तोषी गुरुङ, टोल संयोजक, पर्यटन व्यवसायी तथा स्थानीय… पुरा पढौ