गण्डकी

दुई जिल्ला जोड्ने पुल

तनहुँको बन्दिपुर गाउँपालिकाको बिमलनगर र गोरखाको च्याङ्ली जोड्ने मस्र्याङ्दी नदी माथि निर्माण गरिएको पक्की मोटरेवल पुल । उक्त पुल निर्माण पश्चात सवारीसाधन आवतजावतमा सहज भएको छ । तस्वीर ः सानेबहादुर नेपाली, रासस पुरा पढौ

घाइतेको उपचारमा जुट्यो रु ३ लाख

रुखबाट लडेर गम्भीर घाइते भएर पोखरा फेवासिटी अस्पतालमा उपचाररत म्याग्दी, रघुगंगा गाउँपालिका–३ पीप्लेका एक युवकको उपचारमा करीब रु तीन लाख सहयोग जुटेको छ । यही कात्तिक ५ गते रुखबाट खसेका २२ वर्षीय अवतार रिजालको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । मेरुदण्डमा चोट लागेकाले तल्लो भाग नचल्ने समस्या आएको र उपचारमा ठूलो खर्च लाग्ने भएपछि अर्थ संकलन अभियान शुरु गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी पीप्ले उपशाखा र सिवाइजी क्लबको अगुवाइमा सञ्चालन भएको सहयोग संकलन अभियानअन्तर्गत मंगलवारसम्म प्राप्त रु… पुरा पढौ

क्षेत्री समाजका अध्यक्ष प्रा.डा.क्षेत्रीलाई कोरोना

क्षेत्री समाज नेपालका केन्द्रीय अध्यक्ष प्रा.डा.दीलबहादुर क्षेत्री कोरोना संक्रमित भएका छन् । उनलाई कोरोना संक्रमण पुष्टी भएको क्षेत्री समाज नेपालका महासचिव केशबहादुर केसीले जानकारी दिएका हुन् । ईतिहासकारसमेत रहेका अध्यक्ष प्रा.डा.क्षेत्री हाल होम आइसोलसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको क्षेत्री समाज नेपालका केन्द्रीय उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख कृष्ण थापाले जानकारी दिए । उनले अध्यक्ष प्रा.डा.क्षेत्रीसँग केहि दिन यता सम्पर्कमा रहेकाहरुलाई विशेष सतर्कता अप्नाउनसमेत आग्रह गरे । पुरा पढौ

दशैंपछि नेपालमा संक्रमण बढ्छ ? के भन्छन् विज्ञ ?

नेपालीको महान चाड बडादशैं सम्पन्न हुने क्रममा रहेको छ । दशैंमा सबैभन्दा धेरी आवतजावत र घुलमिल हुनु स्वाभाविक हो । योबेला धेरैले विश्वव्यापी रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९)को संक्रमण बढ्ने अनुमान गरेका थिए । तर यहिबेला अस्पतालहरुले कोरोना जाँच गर्ने पिसीआर परिक्षण घटायो । जसका कारण संक्रमण बढेको देखिएन, बरु घटेको देखियो । परिक्षणको दायरा नै घटेपछि संक्रमितको संख्या घट्नु स्वाभाविक नै हो । तर अब बुधबारदेखि पुनः अस्पतालका ल्यावहरुले परिक्षणको दायरा बढाउँदैछन् । जसका कारण संक्रमितको संख्या बढ्नसक्ने… पुरा पढौ

भूकम्प पीडितलाई घर बनाउन लालपुर्जा दिइने

जग्गाधनी प्रमाणपुर्जा नभएका तनहँुका २७ भूकम्प पीडित घरधुरीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने भएको छ । अव्यवस्थित जग्गामा बसोबास गर्दै आएका र विसं २०७२ को भूकम्पले घर क्षति भएका घरधुरीलाई स्थायी घर बनाउन उनीहरु बसोबास गरेकै ठाउँको जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने तयारी छ । सङ्घीय सरकारको मन्त्रिपरिषद्को निर्णयानुसार त्यस्ता भूकम्प पीडितलाई स्थायी आवास बनाउन जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउन लागिएको हो । तनहँुमा जग्गाधनी प्रमाणपुर्जा नभएका भूकम्प पीडितको सङ्ख्या धेरै भए पनि पहिलो चरणमा २७ घरधुरीलाई लालपुर्जा उपलब्ध गराउन लागिएको राष्ट्रिय पुनःनिर्माण… पुरा पढौ

पर्यटक आकर्षित गर्न छुट प्याकेज घोषणा

आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सञ्चालित होटल व्यवसायीले छुट प्याकेज घोषणा गरेका छन् । कोभिड–१९ ले थला परेको बन्दीपुरको पर्यटन व्यवसाय उकास्नका लागि यहाँका व्यवसायीले होटलमा छुट प्याकेज घोषणा गरेका हुन् । चाडपर्वलाई लक्षित गरी सबै होटल तथा रेष्टुरेण्टले १० देखि १५ प्रतिशतसम्म छुट प्याकेज दिइरहेको क्षेत्रीय होटल व्यवसायी सङ्घ बन्दीपुरका अध्यक्ष विपीन प्रधानले जानकारी दिनुभयो । “कोरोनाको कहरले थला परेको बन्दीपुरको पर्यटन व्यवसायलाई गतिशिल बनाउनका लागि पनि आन्तरिक पर्यटक आकर्षित गर्नुको विकल्प छैन”, उहाँले भन्नुभयो,… पुरा पढौ

युवाले पु¥याउँछन् पीडितको घरघरमै उपचार खर्च

बागलुङको जैमिनी नगरपालिका वडा नं २ दमेककी तुलसी सापकोटा अर्बुद रोग पीडित हुनुहुन्छ । लामो समयदेखि उपचार गराइरहनुभएका उहाँलाई आर्थिक अभाव भएको छ । उपचारमा लाग्ने खर्च जुटाउन मध्यम परिवारको सदस्य भएकाले उहाँलाई कठिन छ । विभिन्न माध्यमबाट सहयोगको याचना गरिरहनुभएका सापकोटालाई ‘हाम्रो जैमिनी’ नामक संस्थाले आर्थिक सहयोग गरेको छ । संस्थाले विदेशमा रहेका आफ्ना सदस्यले संकलन गरेर पठाएको रकममध्ये रु २५ हजार सापकोटाको उपचारका लागि उपलब्ध गराएको हो । जैमिनी– ५ बिनामारेका श्रवण सुनुवार मिर्गौलारो–ग पीडित हुनुहुन्छ । उहाँका… पुरा पढौ

आफ्नै कार्यकर्ताले भने, ‘ओलीमाथि पार्टीले कार्वाही गर्न सक्नुपर्छ’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एक कार्यकर्ताले प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीले कार्वाही गर्नुपर्ने बताएका छन् । नेकपा जिल्ला कमिटी कास्कीका सचिवालय सदस्य जनकराज पराजुलीले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्रीको भेटले राष्ट्रियता र स्वाधिनतामाथि नाङ्गो हस्तक्षेप भएकाले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई पार्टीले कार्वाही गर्न सक्नुपर्ने बताएका हुन् । https://m.facebook.com/story.php?story_fbid=3869736896369895&id=100000008677687 प्रधानमन्त्रीले गम्भीर गल्ती गर्नु भएको छ,‘उनले फेसवुक स्टाटसमा अगाडि लेखेका छन्,‘उहाँले गरेका गल्तीप्रति नेपाली जनता र पार्टी कमिटीमा आफ्नो कमजोरी… पुरा पढौ

पुस्तकसंगका स्मृतिहरु ..

एकमित्रलाई परेको पितृ शोकमा समबेदना व्यक्त गर्न केहि दिन अघि उनको घर गएको थिएं । परिचित पुरोहितसंग पुराना धार्मिक पुस्तक बारे चर्चा भयो । मैले भन्दै थिएं - ‘तपाईंले पुराना पुस्तक जम्मा पारेर सानो पुस्तकालय बनाउनोस् न । धर्म संस्कृति , पठन संस्कृतिको पनि बिकास हुन्छ र पन्डित्याई पेशा मात्र होइन यो सामाजिक जागरणको अभियान पनि रहेछ भन्ने शिक्षा नयाँ पुस्तामा पनि सकारात्मक चेतनाको रुपमा बिकास हुन्छ र यो पेशा अझै मर्यादित हुन्छ’ ।एकजना भाइले बिचैमा रोष प्रकट गर्दै भने-… पुरा पढौ

कोरानाले पोखरामा २ सहित गण्डकी प्रदेशमा ४ को मृत्यू, मृतक संख्या ६७ पुग्यो

पोखरामा थप २ सहित गण्डकी प्रदेशमा ४ जनाको कोरोनाले ज्यान गएको छ । पोखरा ५ र पोखरा १५ का २ सहित पछिल्लो पटक ४ जनाको मृत्यू भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रम तथा प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यू हुनेको संख्या ६७ पुगेको छ । कोरोनाबाट पछिल्लो पटक पोखरा ५ का पुरुषको मृत्यू भएको छ । ५५ वर्षिय ती पुरुष निमोनिया र मुटु सम्बन्धी समस्याबाट ग्रस्त रहेको अस्पताल श्रोतले जनाएको छ । कात्तिक… पुरा पढौ