गण्डकी

झिलिङ्गा बनाएर सुकाउने तयारी गर्दै

तनहुँको व्यासनगरपालिका–३ देउराली नगर निवासी दुई महिला मिलेर व्यावसायिकरुपमा बनाएको झिलिङ्गा सुकाउने तयारी गर्दै । तारादेवी श्रेष्ठ र विष्णुकुमार मानन्धरले गर्दै आएको होटल व्यावसाय छाडेर झिलिङ्गा बनाउन थालेका हुन् । तस्वीर ः सानेबहादुर नेपाली, रासस पुरा पढौ

‘मेसिनले धपाएको बाँदर घुमिफिरी आउँछ’

खेतबारीको बालीमा बाँदरको रजाईँले आजित बनेका बागलुङको काठेखोला गाउँपालिकाका किसान बाँदर धपाउने मेसिन पाएपछि सुखको सास फेर्न थालेका छन् । गाउँपालिकाले अनुदानमा उपलब्ध गराएको मेसिनले केही समयका लागि भए पनि बाँदर भाग्ने भएपछि किसानलाई सहज भएको छ । “एउटा वडाबाट धपाउँदा अर्को वडामा पुग्छ, पड्काएको केहीबेरसम्म बाँदर आउँदैनन्”, वडा नं. २ का किसान कान्तलाल जैसीले भन्नुभयो, “मेसिनका कारण सजिलो भएको छ ।” बाँदरले बाली मासेपछि मारमा परेका किसानलाई पछिल्लो समय सजिलो भएको उहाँको भनाइ छ । पोहोरभन्दा यस वर्ष मेसिनको… पुरा पढौ

मल्लकालीन परम्परा निरन्तरता दिँदै भित्र्याइयो फूलपाती

पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीस्थित मल्लकालीन कोटभैरव मन्दिरको कोतघरमा मल्लकालीन परम्परालाई निरन्तरता दिँदै आज फूलपाती भित्र्याइएको छ । कोरोना महामारीको विद्यमान अवस्था एवम् प्रशासनको निर्देशनसमेतलाई दृष्टिगत गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी फूलपाती भित्र्याइएको कोटभैरव मन्दिर संरक्षण एवम् सम्बद्र्धन समितिका अध्यक्ष चेतबहादुर महतले जानकारी दिनुभयो ।प्राचीन प्रचलनअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी९फूलपाती०का दिन मन्दिरका मगर पुजारीका व्यवस्थापनमा फूलपाती संकलनका लागि व्यक्ति खटाइने र उनीहरूले मन्दिर आसपासका बरमाझथर, बरधारापानी, बरपौवालगायत स्थानबाट फूलपाती ल्याउने प्रचलन छ । यसरी फूलपाती भित्र्याउँदा समाज… पुरा पढौ

सामाजिक सञ्जालले जुटाइदियो रु तीस लाख सहयोग

तनहुँको व्यासनगरपालिका–१४ कुर्लुङका २६ वर्षीय सन्तोष रानाको मिर्गौला प्रत्यारोपणका लागि हालसम्म रु ३० लाख ११ हजार २३२ सहयोग सङ्कलन जम्मा भएको छ ।आर्थिक अवस्था कमजोर रहेको हुँदा स्थानीय युवाहरुको सक्रियतामा ‘सन्तोष बचाउ अभियान’ थालेपछि सामाजिक सञ्जालमार्फत उक्त रकम सङ्कलन भएको हो । शुरुमा टाउको दुखेपछि राना उपचारका लागि दमौली अस्पताल पुगेका थिए । “स्वास्थ्य परीक्षण गरेपछि अस्पतालले थप उपचारका लागि पोखरा जान सुझाव दियो”, रानाले भन्नुभयो, “त्यसपछि पोखरास्थित मेट्रोसिटी अस्पतालमा गएर स्वास्थ्य परीक्षण गराउँदा मात्रै आफ्नो दुवै मिर्गौला फेल भएको… पुरा पढौ

धमाधम सडक कालोपत्र हुँदै

बागलुङ नगरपालिकाका सडक यतिबेला धमाधम कालोपत्र भइरहेका छन् । बागलुङ नगरपालिका–३ भलाटाकुरा–काभ्रे हुँदै कालीमाटी जाने सडकअन्तर्गत ६५० मिटर सडक कालोपत्र गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । बागलुङ बजारका मुख्य चोक तथा गल्लीहरुमा सडक मर्मत तथा कालोपत्र गर्ने कार्यले तीव्र गति पाएको छ । यसैगरी बलेवा पुग्ने सडकमा समेत कालोपत्रको तयारी थालिएको छ भने केही स्थानमा कालोपत्रका लागि पूर्वाधार निर्माणले तीव्र गति पाएको छ । स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत भलाटाकुरा–काभ्रे हुँदै कालीमाटी जाने सडकखण्डको कालोपत्रका लागि रु एक करोड विनियोजित… पुरा पढौ

भीरबाट लडेर परियारको मृत्यू

पोखरामा एक युवाको भीरबाट लडेर मृत्यू भएको छ । पोखरा महानरपालिका वडा नम्बर १५ खहरेस्थित भीरबाट लडेर स्थानिय २३ वर्षिय साजन परियारको ज्यान गएको हो । विहान करीब ७ः३० बजे भीरबाट खसेका उनलाई मृत अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ । घट्नाको थप अनुसन्धान भने जारी राखिएको प्रहरीले बताएको छ । पुरा पढौ

भिरबाट खसेर पोखरामा एक जनाको मृत्यु

कार्तिक ७ पोखरा । पोखरामा भिरबाट खसेर एक युवाको मृत्यु भएको छ ।पोखरा–१५ को खहरेको भिरबाट खसेर पोखराको टुटुङ्गा बस्ने वर्ष २३ का साजन परियारको मृत्यु भएको हो ।आज विहान साढे सात बजे उनी भिरबाट खसेको थाहा पाएपछि प्रहरी त्यहाँ पुगेर अनुसान्धान सुरु गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराका प्रहरी नायव उपरिक्षक राजेन्द्र बाबु रेग्मीले जानकारी दिए । साथीहरुसंग पोखरा घुम्न आएका एक किशोरको पोखरामा मृत्यु भएको छ । भारतको आन्द्रा प्रदेश घर भई मनमोहन मेडिकल कलेज काठमाण्डौंमा अध्ययन गरिरहेका… पुरा पढौ

गण्डकीमा थप ४२ जनामा कोरोना सङ्क्रमण

गण्डकी प्रदेशमा आज बिहानै थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ३०९ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । निर्देशनालयको अद्यावधिक विवरणअनुसार थपिनेमा नवलपरासी ९बर्दाघाट सुस्ता पूर्व० का २१, बाग्लुङका नौ, म्याग्दीका तीन, तनहुँ, गोरखा र लम्जुङका दुई÷दुई, पर्वत, कास्की र स्याङ्जाका एक÷एकजना छन् । सङ्क्रमित सबैको आइसोलेसन व्यवस्थापनको तयारी भइरहेको जनाइएको छ ।रासस पुरा पढौ

कोरोना संक्रमित मीन गुरुङको प्रश्न : के हाम्रो स्वाबको नतिजा हाम्रै नामको रिपोर्टमा आउला ?

विश्वब्यापी महामारीपको रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) को आफू संक्रमित भएको दशौं दिन कसैलाई वडाले त कसैले वडालाई समन्वय गरेर दोश्रो पिसिआर टेष्टको लागि हतार हतारमा कृषि तालिमकेन्द्र मालेपाटन पुगियो पूर्वाह्न ११ः०० बजेको समयमा । लाईन लामै थियो । बसियो चर्को घाममा कोरोनाको लक्षणले निकालेको पसिना भन्दा बढी पसिना चुहाउदै । केहि घण्टाको प्रतीक्षा पछि हाजिरी गरियो र पिसीआरको प्रतीक्षाको लाईन थियो, यत्रतत्र बसियो दुई सय बढिको भेलबाढी बीच । बस्दै गर्दा अर्ध चिनिएका( मास्कले) साथीहरुको उपस्थिती पनि बाक्लिदै… पुरा पढौ

गण्डकीमा संक्रमितको संख्या ६ हजार ३ सय नाघ्यो

कार्तिक ७ पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ३ सय नाघेको छ ।विभिन्न प्रयोगशालाहरुमा गरिएको परिक्षणमा प्रदेशका ४५ जनामा कोरोना पुष्टि भएसंगै प्रदेशभर संक्रमितको संख्या ६ हजार ३ सय १२ पुगेको हो ।क्षयरोग उपचार केन्द्र, पोखरा, भरतपुर अस्पताल, चितवन र चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा उनिहरुमा संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।यसरी थपिनेमा सबैभन्दा बढी नवलपुर वर्दघाट सुस्ता पूर्वका २१ जना छन् । यस्तै बाग्लुङका ९ जना, कास्कीका ४ जना, गोरखा, तनहुँ र लमजुङका… पुरा पढौ