गण्डकी

पोउवा संघको ३६ औं महाधिवेशन भदौ तेस्रो साता

पोखरा, २५ असार । पोखरा उद्योग वाणिज्य संघको ३६ औं महाधिवेशन तथा ७२ औं वार्षिक अधिवेशन आउँदो भदौको २० र २१ गते हुने भएको छ ।पोखरा उद्योग वाणिज्य संघको बिहीबार बसेको ३० औं कार्यसमिति बैठकले सो निर्णय गरेको हो । बैठकमा संघका अध्यक्ष तथा हाल नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका गोकर्ण कार्कीले भदौको तेस्रो साता महाविधेशनको प्रस्ताव गरेका थिए । अध्यक्ष कार्कीको प्रस्तावलाई बैठकले सर्वसम्मत अनुमोदन गरेको महासचिव शोभा गौतमले जानकारी दिइन ।पोखराको निजी क्षेत्रको छाता संस्था तथा… पुरा पढौ

गण्डकीमा गाजा खेतीले पायो मान्यता, गाजाको व्यवसायीक खेती गर्न पाईने

सन्देश श्रेष्ठपोखरा, असार २५ गण्डकी प्रदेशमा गाजा खेतीले वैधानिकता पाएको छ । अवैध मानिदै आएको गाजा खेतीलाई गण्डकी प्रदेशले कानूनी मान्यता दिएको हो । तर औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि मात्रै गाजाखेती गर्न पाईनेछ । गण्डकी प्रदेश सभाको विहीबार बसेको बैठकले ‘औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक २०८३’ पारित गरेसँगै गाजाखेती गर्न कानूनी बाटो खुलेको हो । सभाको बैठकमा विहीबार प्रदेशकी उद्योग तथा पर्यटन मन्त्री यसोदा रिमालले गाजा खेतीलाई मान्यता दिने प्रस्ताव गरेकी… पुरा पढौ

कौराहा संरक्षण पत्रकारिता पुरस्कार मीना थापा मगरलाई

‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८३’ बाट पत्रकार मीना थापामगर पुरस्कृत हुने भएकी छिन् । फोनिज गण्डकीका इन्चार्ज रुद्र श्रीसमगरको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले यो वर्ष उक्त पुरस्कारबाट पत्रकार मीना थापा मगरलाई सम्मान गर्ने निर्णय गरेको हो । समितिका सदस्यहरुमा राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिका अध्यक्ष नरमाया आलेमगर,अधिवक्ता मनोज घर्तीमगर, मगर पत्रकार संघ कास्कीका अध्यक्ष सुरज थापामगर तथा संघका सचिव बलबहादुर रोकामगर थिए । राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्वारा स्थापित यो पुरस्कार हरेक वर्ष नेपाल मगर पत्रकार संघ… पुरा पढौ

पोखरामा ३ दिने मैनबत्ती बनाउने तालिम सम्पन्न

पोखराको विरौटामा सञ्चालित मैनबत्ती बनाउने तालिम सम्पन्न भएको छ। पोखरा महानगरपालिका १७ नं. वडा कार्यालय र कास्की पोखरा हस्तकला संघ, पोखराको संयुक्त आयोजनामा भएको तालिम ३ दिनसम्म संचालन भएको थियो ।बुधबार समापन भएको हो। कास्की पोखरा हस्तकला संघकी अध्यक्ष सीता गुरुङको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा पोखरा महानगरपालिका वडा नं। १७ की वडा अध्यक्ष राधिका कुमारी शाहीले तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गरिन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहीले महिला तथा स्थानीय नागरिकलाई आर्थिक रूपमा सबल बनाउन सीपमूलक तालिमको ठूलो महत्त्व रहने… पुरा पढौ

४० दिनदेखि संसदमा विपक्षीको निरन्तर विरोध,सीमा विवादबारे सरकारको स्पष्ट जवाफ माग

प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षसहित विपक्षी दलहरूले सीमा विवादसम्बन्धी विषयमा सरकारको स्पष्ट जवाफ माग गर्दै विरोधलाई निरन्तरता दिएका छन् । बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरू आ–आफ्नो आसनबाट उठेपछि सभामुख डोलप्रसाद अर्यालले एउटै विषयमा निरन्तर विरोध भइरहेकाले विपक्षी दलका तर्फबाट एक जना सदस्यलाई सङ्क्षिप्त धारणा राख्न समय दिएका थिए । त्यस क्रममा नेपाली कांग्रेसकी हरिनादेवी कामीले प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते प्रतिनिधिसभाको बैठकमा दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीले स्पष्ट जवाफ… पुरा पढौ

तनहुँ ‘बर्डफ्लु’ को जोखिममा, उच्च सतर्कता अपनाउन आग्रह

तनहुँ जिल्ला ‘बर्डफ्लु’ को जोखिममा पर्न सक्ने भन्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले जिल्लाभर उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । पन्छी तथा पन्छीजन्य उत्पादनको आवतजावतका कारण तनहुँमा रोग भित्रिन सक्ने जोखिम रहेकाले कृषक, पन्छी व्यवसायी, उपभोक्ता तथा सम्बन्धित सबै सरोकारवालालाई आवश्यक सावधानी अपनाउन कार्यालय प्रमुख रविनसन अधिकारीले अनुरोध गरेका हुन् । अण्डा राख्ने पुराना क्रेट पुनःप्रयोग नगर्न, ढुवानीका सवारीसाधनलाई निसङ्क्रमण गर्न, कागलगायत जङ्गली पन्छीसँग घरपालुवा पन्छी वा तिनको दाना सम्पर्कमा आउन नदिन, दाना ओसारपसार गर्दा भेटेरिनरी प्रमाणपत्र लिएर… पुरा पढौ

पहिरोका कारण घान्द्रुकका तीनवटा होटलमा क्षति

लगातारको वर्षाछि आएको पहिरोमा परी कास्कीको घान्द्रुकमा तीनवटा होटलमाथि नै पहिरो खसेको छ । गएराती आएको पहिरोले घान्द्रुकको वनठाँटीमा रहेका ३ वटा होटलमा क्षति पुर्याएको अन्नपुर्ण गाउँपालिका वडा नं. ११ का वडासदस्य जगनबहादुर गुरुङले जानकारी दिए। पहिरो राती सवा ९ बजेतिर खसेको थियो । त्यहाँ रहेका ४ मध्ये ३ वटा होटलमा क्षति पुगेपनि मानवीय क्षति भने नभएको बताईएको छ । पहिरोले होटल सनराइज, होटल शंकर र गुरुङ होटलमा क्षति भएको हो।हङ्ग्री आई होटलमा भने क्षति भएको छैन। सनराइज होटलमा ७५… पुरा पढौ

झण्डै डेढ वर्षपछि गण्डकी प्रज्ञा प्रतिष्ठानले पायो पदाधिकारी

सन्देश श्रेष्ठपोखरा, असार २४ गण्डकी प्रज्ञा प्रतिष्ठानले पहिलो कार्यकाल सकिएको झण्डै डेढ वर्षपछि पदाधिकारी पाएको छ । प्रतिष्ठानको संस्थापक पदाधिकारीको कार्यकाल २०८२ साल बैशाख १५ गते सकिएको थियो । पहिलो कार्यकाल सकिएको १४ महिना ७ दिनपछि दोस्रो कार्यकालका लागि गण्डकी प्रदेश सरकारले मंगलबार पदाधिकारी पाएको हो । कांग्रेस र एमालेबीच भागवण्डामा टुंग्याएको प्रतिष्ठानको कुलपतीमा कांग्रेस निकट प्रा.डा.कुसुमाकर न्यौपाने नियुक्त भ एभने एमाले निकटकाहरु उप–कुलपतीमा शंकर विरही गुरुङ र सदस्य सचिवमा मनकुमार श्रेष्ठलाई नियुक्त गरेको हो । कुलपतीमा नियुक्त न्यौपानेले लोक… पुरा पढौ

सरकारको मुख्यसचिवमा गोविन्दबहादुर कार्की नियुक्त

सरकारले नयाँ मुख्यसचिवमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज भएको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिए ।मुख्यसचिव सुमनराज अर्याल यही असार २६ गतेदेखि अनिवार्य अवकाशमा जाँदै छन् । बैठकले काठमाडौं उपत्यका विकास प्राधिकरणको आयुक्तमा सुरज शाक्यलाई नियुक्त गरेको छ ।त्यस्तै गेटा अस्पताल कैलालीलाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृत प्रदान गर्ने निर्णय पनि गरेको प्रवक्ता पोखरेलले… पुरा पढौ

पोखरामा संचालित बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

पर्यटकीय नगरी पोखरामा साहसिक खेल बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढेको पाइएको छ । पोखरा महानगरपालिका–१७ रातोपैह्रामा बञ्जी नेपालले सञ्चालनमा ल्याएको बञ्जीजम्प गर्नेमा सबैभन्दा बढी भारतीय पर्यटक रहेका छन् । गत जेठमा ५०० जनाले बञ्जीजम्प गरेकामा त्यस मध्ये ५० प्रतिशत सहासिक भारतीय पर्यटक रहेको बञ्जी नेपाल एडभेन्चर्स प्रालिका अध्यक्ष दुर्गादत्त खरेलले जानकारी दिए। एकै महिनामा कम्पनीले त्यसबाट रु ३७ लाख ५० हजारभन्दा बढी आम्दानी गर्न सफल भएको छ ।उनका अनुसार विगतको तुलनामा यस वर्षको वैशाख, जेठ र असारमा बञ्जीजम्प गर्नेको सङ्ख्यामा… पुरा पढौ