गण्डकी

रारा पोखरा स्पोर्ट्स अवार्ड–२०८२ मा करिब ८ लाख बचत

पोखरामा आयोजित दशौं रारा पोखरा स्पोर्ट्स अवार्ड–२०८२ बाट करिब ८ लाख रुपैयाँ बचत भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले गत वैशाख ३१ गते आयोजना गरेको सो अवार्ड कार्यक्रमबाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । मञ्चले सार्वजनिक गरेको विवरण अनुसार कार्यक्रमबाट ३४ लाख ७५ हजार ९ सय ३८ रुपैयाँ आम्दानी भएकोमा २७ लाख ४ हजार ५ सय २० रुपैयाँ खर्च भएपछि उक्त रकम बचत भएको मञ्चले जनाएको… पुरा पढौ

पोखरामा खोलाघर खाली गर्ने अभियान स्थगीत भएकोमा वातावरण संरक्षणका लागि महाअभियानको ध्यानाकर्षण (विज्ञप्तिसहित)

वातावरण संरक्षणका लागि महाअभियानले फिर्केखोला करिडोर निर्माण अभियानलाई प्रभावकारी बनाउन आग्रह गरेको छ। अभियानले आज पोखरामा पत्रकार सम्मेलन गर्दै फिर्केखोलाको संरक्षण, सौन्दर्यकरण तथा व्यवस्थित उपयोगका लागि संचालन गरिएको खोलाघर खाली गर्ने अभियानले पूर्णता नपाउँदै स्थगन भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महा अभियानका संयोजक रामबहादुर पौडेलले पोखरा महानगरपालिकाका वडा नं। १८, २, ४, ५, ६, ७ र १७ हुँदै बग्ने फिर्केखोलाको संरक्षण, सौन्दर्यीकरण तथा व्यवस्थित उपयोगका लागि सञ्चालन गरिएको अभियान अपेक्षित रूपमा सफल हुन नसकेको बताए । उनले करिब… पुरा पढौ

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

लमजुङको रिस्ती खोलापुल नजिक रहेको भानु घाँसी संवाद पार्कमा आदिकवि भानुभक्त आचार्य र वीरगञ्जवासी खड्कबहादुर थापाको सालिक तोडफोडमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, लमजुङले मध्यनेपाल नगरपालिका–४, दुर्दीपुलस्थित बौद्धा रिस्ती खोलापुल नजिक भानु घाँसी संवाद पार्कमा रहेको सालिक तोडफोड गरी क्षति पु¥याएको आरोपमा २४ वर्षीय रोशन कुँवरलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार यही साउन ७ गते राति भएको उक्त घटनाको अनुसन्धानका क्रममा व्यास नगरपालिका–७ तनहुँ घर भई हाल लमजुङमा बस्दै आएका २४ वर्षीय… पुरा पढौ

गण्डकी प्रदेशको गाँजा विधेयक प्रदेश प्रमुखद्वारा फिर्ता

साउन ९ गण्डकी प्रदेशको गाँजा विधेयक फिर्ता भएको छ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले शनिबार सो विधेयक पुनर्बिचार गर्न भन्दै प्रदेश सभामा फिर्ता पठाएका हुन् । गण्डकी प्रदेशमा प्रमाणीकरणका लागि प्रदेश प्रमुखकोमा पठाइएको विधेयक फिर्ता भएको सम्भवत पहिलो घटना हो । गण्डकी प्रदेश सभाले गत असार २६ गते औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको थियो । सर्वसम्मत पारित सो विधेयक प्रमाणीकरणका लागि असार ३० गते प्रदेश प्रमुखको… पुरा पढौ

टप्सको प्राचार्यमा अधिकारी, पोखराकै अब्बल विद्यालय बनाउने बाचा

पोखरा । पोखराका वरिष्ठ शिक्षाविद् तथा रसायनशास्त्रका अध्यापक डा. झपिन्द्र अधिकारी टप्स माध्यमिक विद्यालयको प्राचार्यमा नियुक्त भएका छन्। गण्डकी बोर्डिङ स्कुलमा २२ वर्ष प्रशासनिक तथा शैक्षिक नेतृत्व सम्हालेका अधिकारीले अब टप्सलाई पोखराकै अब्बल विद्यालय बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।रसायनशास्त्रमा विद्यावारिधि (PhD) गरेका डा. अधिकारी लामो समयदेखि विद्यालय शिक्षा, शैक्षिक नेतृत्व र विद्यार्थी–केन्द्रित शिक्षण पद्धतिमा सक्रिय छन्। उनी गण्डकी बोर्डिङ स्कुलमा २२ वर्ष प्रशासनिक तथा शैक्षिक नेतृत्व सम्हाल्दै गुणस्तरीय शिक्षा र उत्कृष्ट नतिजाका लागि परिचित छन्।पदभार ग्रहणपछि अधिकारीले विद्यालयलाई उत्कृष्ट नतिजा… पुरा पढौ

विन्ध्यवासिनीमा अभिभावक शिक्षा कार्यक्रम

पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माविमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा आधारभुत तहमा अध्ययन गर्ने बालबालिकाका अभिभावकलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा बालबालिकाोे सिकाई र त्यसमा अभिभावकले निर्वाह गर्नुपर्ने भुमिकाको विषयमा प्रशिक्षण दिईएको आधारभुत तहका इन्चार्ज गोविन्द शर्मा पौडेलले जानकारी दिए । कार्यक्रममा इनोभेसन ईन एजुकेशनका महाप्रवन्धक एवं प्रशिक्षक पिताम्बर न्यौपानेले शिशु कक्षाबाट नै बालबालिकाको अध्ययनस्तर विकास गर्नुपर्नेमा जोड दिए । उनले अर्थपुर्ण रुपमा पठन सीपको विकास गर्नु नै कार्यक्रमको मुख्य लक्ष्य रहेको बताए । अर्का प्रशिक्षक विजय… पुरा पढौ

अनलाईन स्क्याम गरी पोखरामा करिब १० लाख रुपैयाँ ठगी

पोखराको प्रस्याङमा रहेको ओएसिस टुरिजम इन्टरनेशनलले बिभिन्न प्रलोभनमा पारेर ३० जनालाई ठगी गरेको खुलासा भएको छ । सो संस्थाले एसिया र युरोपका देशहरुमा घुम्न लैजाने भनी स्क्याम गरी ३० जना व्यक्तिबाट करिब १० लाख रुपैयाँ ठगी गरेको कास्की प्रहरीले जनाएको छ । प्रहरीले शुक्रबार दिउँसो सो संस्थामा छापा समेत मारेको थियो । सो क्रममा बिभिन्न देश घुमाउने लोभ देखाई ३० जना व्यक्तिबाट ९ लाख ६५ हजार रुपैयाँ ठगी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरिक्षक वीरेन्द्र कुमार पासवानले… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी बढ्दै, नेतृत्वका लागि हालसम्म ३ जना आकांक्षी

आगामी भदौ २० र २१ गते हुने पोखरा उद्योग वाणिज्य संघको महाधिवेशनसँगै चुनावी सरगर्मी पनि बढ्दैं गएको छ । संघको ३६ औं महाधिवेशन तथा ७२ औं वार्षिक साधारणसभाको मिति तय भएसँगै नयाँ नेतृत्वका लागि हानथाप सुरु भएको हो । संघको नेतृत्वका लागि हालसम्म वर्तमान वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, महासचिव शोभा गौतम र उपाध्यक्ष बलराम आचार्यले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।महाधिवेशन आउन करिब डेढ महिना बाँकी रहँदा आकांक्षीको संख्या थप बढ्न सक्ने बताईएको छ । वर्तमान वरिष्ठ उपाध्यक्ष बुद्धाचार्यले लामो… पुरा पढौ

लायन्स क्लब अफ लेखनाथको पदस्थापना सम्पन्न

लायन्स क्लब अफ लेखनाथले आफ्नो २८औँ सदस्यता प्रवेश तथा पदस्थापना समारोह सम्पन्न गरेको छ। कार्यक्रममा नयाँ सदस्यहरूको स्वागत गर्नुका साथै वर्ष २०२६÷०२७ का लागि निर्वाचित पदाधिकारी तथा कार्यसमितिलाई औपचारिक रूपमा पदस्थापनासमेत गरिएको थियो। वर्ष २०२५÷०२६ का अध्यक्ष लायन्स बोधराज लामिछानेले आफ्नो कार्यकालमा सम्पन्न भएका विभिन्न सामाजिक, शैक्षिक, स्वास्थ्य तथा मानवीय सेवासम्बन्धी गतिविधिहरू समेटिएको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे। उनले नवनिर्वाचित अध्यक्ष डम्वरु बल्लभ चापागाईंलाई अध्यक्षीय पद, जिम्मेवारी तथा क्लबको नेतृत्व औपचारिक रूपमा हस्तान्तरण गरेका थिए। समारोहका प्रमुख अतिथि लायन्स इन्टरनेशनलका… पुरा पढौ

हरिशयनी एकादशीः नारायण मन्दिरमा भक्तजनको घुइँचो

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ, चतुव्र्युह नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो छ । भगवान् विष्णुलाई पूजा आराधनासहित दर्शन गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको घुइँचो बढेको हो । आजका दिनदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्नुहुने धार्मिक विश्वास छ । उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्तजनको भीड लागेको जनाइएको छ । यी नारायण मन्दिरलाई चार नारायण भनिन्छ । चार नारायणको आज र हरि बोधिनी एकादशीमा एकैदिन पूजा… पुरा पढौ