गण्डकी

पोखरा-दुबई उडानलाई दीगो बनाउन गण्डकी प्रदेश सरकार, पोखरा महानगरदेखि नीजि क्षेत्रसम्मले सघाउने

सन्देश श्रेष्ठपोखरा, असार २२ पोखरा–दुबई उडान दीगो बनाउन फ्लाई दुबईले सरकार र नीजि क्षेत्रको साथ खोजेको छ । सेप्टेम्बर २३ (असोज ७) गतेदेखि पोखरा अन्र्तराष्ट्रिय विमानस्थलबाट उडान थाल्ने भन्दै टिकट बुकिङ खुल्ला गरेको फ्लाई दुबईले यसलाई दीगो बनाउन तीन तहको सरकारसँगै नीजि क्षेत्रको पनि साथ खोजेको हो । फ्लाई दुबईले उडान शुरु गर्ने निश्चित भए पनि यसको निरन्तरताबारे चासो र चिन्ता शुरु भएको छ । यसअघि पोखराबाट छेन्दु र सिचुआन तथा भुटानको थिम्पु उडान शुरु भए पनि नियमित हुन सकेन… पुरा पढौ

पालिकाहरूको पुनरावलोकन सम्बन्धमा गठित समितिद्वारा कास्कीमा छलफल सुरु

सरकारले सुरु गरेको स्थानीय तहका वडाको संख्या तथा सिमाना हेरफेर र नगरपालिका वर्गीकरणका विषयमा कास्कीमा छलफल सुरु भएको छ । पुनरावलोकन सम्बन्धि मापदण्ड ,२०८३ अनुसार गठित कास्की जिल्लास्तरिय पुनरावलोकन अध्ययन समितिले सोमबार छलफल गरेको हो ।छलफलमा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्कीका पालिका र वडाका सन्दर्भमा नेपाल सरकारले प्रदान गरेको भुमिकालाई प्रभावकारी रूपमा सम्पन्न गर्न प्रारम्भिक छलफल सुरु गरिएको भन्दै कास्कीका पाँच पालिका सहित समाजका अगुवा राजनीतिक दल ,सामाजिक संघ संस्था र आम सर्बसाधारणको सुझाव समेटेर समिति अगाडी… पुरा पढौ

पिसिएममा एनुअल फेस्ट–२०२६ सम्पन्न

पोखरा कलेज अफ म्यानेजमेन्टको आयोजनामा पिसिएम एनुअल फेस्ट–२०२६ सम्पन्न भएको छ । समापनका दिन नदीपुरस्थित कलेज प्राङ्गणमा अभय एण्ड द स्टीम इन्जिन ब्याण्डको सांगीतिक प्रस्तुतिमा झण्डै ३ हजार दर्शकले मनोरन्जन लिए । त्यसअघि कलेजका विद्यार्थीहरूले विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे । त्यसैगरी विद्यार्थीहरूले विभिन्न खानाका स्टलहरू समेत राखेका थिए । एक सातासम्म चलेको फेस्ट अन्तर्गत विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरू पनि आयोजना भए । जस अन्तर्गत ‘समाजका लागि एआई लाभदायी हो कि होइन ?’ भन्ने बादबिवाद प्रतियोगितामा बिसिएस आइटी चौंथो सेमेष्टरका… पुरा पढौ

म्याग्दीको तातोपानी कुण्डको प्रर्वद्धनमा, राष्ट्रिय सेवा दलका विद्यार्थी सक्रिय

विद्यार्थीहरु आवद्ध राष्ट्रिय सेवा दलले म्याग्दीको प्रसिद्ध सिङ्गा तातोपानी कुण्डको प्रचार–प्रसारसहित प्रर्वद्धन गर्न अभियान नै सुरु गरेको छ । दलमा आबद्ध म्याग्दीको बेनीस्थित माउण्ट एभरेष्ट आवासीय माविका क्याडेटहरूले आइतबार तातोपानी कुण्ड परिसरमा विशेष सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेका छन् । नेपाली सेनाको गुरु गोरख गुल्म, अर्थुङ्गे म्याग्दीको समन्वयमा जिल्लाभरिका विद्यालयहरूमध्ये माउण्ट एभरेष्ट आवासीय माविलाई छनोट गरी विशेष तालिम तथा सामाजिक कार्यको थालनी गरिएको हो । एनसीसी ५२ औँ ब्याचका क्याडेटहरूका लागि आयोजित तीन महिने ’एनसीसी जुनियर डिभिजन तालिम’ अन्तर्गत पाँच… पुरा पढौ

म्याग्दीमा अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित

म्याग्दीको मालिका गाउँपालिकाले दलित समुदायसँग अन्तरजातीय विवाह गरेका २५ जोडीलाई नगदसहित सम्मान गरेको छ । लक्षित समुदाय कार्यक्रमअन्तर्गत विनियोजित बजेटबाट आइतबार आयोजित कार्यक्रममा अन्तरजातीय विवाह गरेका २५ जोडीलाई प्रतिजोडी रु तीन हजार ५०० नगदसहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले समाजमा अझै पनि जातीय विभेद विद्यमान रहेकाले अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्दै विभेद अन्त्यको सन्देश प्रवाह गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको बताए । उनले भने, “हाम्रो समाजमा अझै पनि जातीय विभेदको ठूलो पर्खाल छ । सदियौँदेखि… पुरा पढौ

पदयात्रा पर्यटनका समस्या समाधानका लागि सरकारलाई टान गण्डकीको ८ बुँदे ध्यानाकर्षण

पोखरा, असार २१ – ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले पदयात्रा पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान र दिगो पर्यटन प्रवर्द्धनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल(गनेस) समक्ष आठ बुँदे सुझाव पेश गरेको छ।टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले मन्त्री पौडेललाई बुझाएको ध्यानाकर्षणपत्रमा पर्यटन नीति तथा कानुन सुधार, पदमार्ग संरक्षण, अवैध ट्रेकिङ नियन्त्रण, नेपाल पर्यटन बोर्डमा संस्थागत सुधार, नयाँ पदमार्गको खोजी तथा पूर्वाधार विकास, दोहोरो शुल्क अन्त्य, प्रशासनिक सरलीकरण तथा पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्न आग्रह गरिएको छ।ध्यानाकर्षणपत्रमा पर्यटन विधेयक–२०८२… पुरा पढौ

फ्लाइ दुबईको पोखरा–दुबई उडानका निम्ति-२०७७ मार्चसम्मकोे टिकट बुकिङ खुला

पोखरा,२१ असार । पोखराबाट दुबई उडानको घोषणा गरेको फ्लाइ दुबईले लामो उडान तालिका सार्वजनिक गरेको छ । सुरुमा भदौ ७ गतेदेखि एक महिनाको लागिमात्र दिनको एकपटक उडान गर्ने घोषणा गरेको फ्लाइ दुबईले सन् २०२७ को माच २६ सम्मकै बुकिङ खुला गर्दै उडान दीर्घकालीन बनाउने छनक दिएको हो । फ्लाइ दुबईका नेपालस्थित जनरल म्यानेजर नवराज शाहीले पोखरा उडानलाई दिगो बनाउने गरी काम सुरु भएको बताए ।‘हप्तामा ४ उडानबाट सुरु भएको काठमाडौं–दुबई उडान अहिले दिनमै ४ वटामा आएको छ,’उनले भने,‘हामी पोखरामा पनि तीतो… पुरा पढौ

दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई

दोस्रो संस्करणको एकल नृत्य प्रतियोगिता ‘नृत्य संग्राम’ को उपाधि जुनियर ए तर्फ इसानी आले मगर, जुनियर बी तर्फ कृपा गुरुङ र सिनियरतर्फ लाजिमा राईले जितेका छन्। बी टु डी डान्स स्कुल पोखराको आयोजनामा पोखरा उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न ग्राण्ड फिनालेमा तीन विधाका ३९ जना उत्कृष्ट प्रतिस्पर्धीबीच कडा प्रतिस्पर्धापछि विजेताको घोषणा गरिएको हो । ग्राण्ड फिनाले गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । प्रतियोगितामा जुनियर ए समूहको उपाधि इसानी आले मगर, जुनियर ुबीु समूहको उपाधि… पुरा पढौ

गृह मन्त्रालयको प्रतिबद्धतापछि, सुस्तावासीको काठमाडौँ केन्द्रित आन्दोलन स्थगित

करिब एक सातादेखि काठमाडौंमा आन्दोलन गरिरहेका सुस्ताबासीले आन्दोलन स्थगित गरेका छन् । सीमा अतिक्रमण रोक्न, नागरिकता र लालपुर्जा उपलब्ध गराउनुपर्ने माग राख्दै आएका नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दा गृह मन्त्रालयबाट माग सम्बोधन गर्ने प्रतिबद्धता आएपछि आन्दोलन स्थगित गरेर घरफर्किएका हुन् । काठमाडौंमा धर्ना तथा प्रदर्शन गर्दै आएका आन्दोलनकारीहरूको टोली आइतबार बिहान सुस्ता पुगेको आन्दोलनका संयोजक बाबु खाँले जानकारी दिए । उनका अनुसार गृह मन्त्रालयले सुस्ता क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै थप सुरक्षाकर्मी परिचालन गर्ने, नागरिकता नपाएका व्यक्तिहरूको विवरण तयार गर्ने तथा… पुरा पढौ

कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले कालिगण्डकी करिडोरअन्तर्गत कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेकोे बताएका छन् । जिल्ला प्रशासन कार्यालयद्वारा आज मुस्ताङमा आयोजित यहाँको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनसम्बन्धी छलफलमा उनले कालिगण्डकी करिडोरअन्तर्गत दक्षिणको भैरहवादेखि उत्तरको कोरलासम्मको सडकलाई चाँडो स्तरोन्नति गरी पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना सुनाए । आर्थिक समद्धिको मूल आधार पर्यटन क्षेत्र भएकाले कोरलाराजमार्गलाई पर्यटन राजमार्गका रूपमा स्थापित गरिने भन्दै उनले मुस्ताङ–डोल्पा सडकलाई पनि सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी दिए । मन्त्री पौडेलले… पुरा पढौ