गण्डकी

पोखरामा सट्टेबाजको सञ्जाल, ७ भारतीयसहित ८ जना पक्राउ

सन्देश श्रेष्ठपोखरा, असार २६ पोखरामा अनलाईन सट्टेबाजी गरेको आरोपमा ८ जना पक्राउ परेका छन् । भारतीय नेटवर्कसँग आबद्ध भई विभिन्न खेलमा सट्टेबाजी गर्दै आएका उनीहरुलाई कास्की प्रहरीले पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा एक नेपाली र ७ भारतीय छन् । कास्की प्रहरीका अनुसार उनीहरु पोखरा–१८ सेदीमा अस्थायी रुपमा बस्दै आएका उनीहरु भारतीय एक सट्टेबाजीमार्फत परिचालित सट्टेबाजहरु हुन् । तलबी रुपमा काम गर्दै आएका उनीहरुमध्ये दार्चुला घर भई पोखरा–१८ सेदी बस्ने ३१ वर्षिय दीनेशसिंह बोहरा मात्र नेपाली हुन्… पुरा पढौ

कर्म–कर्ण पत्रकारिता पुरस्कार, पत्रकार हितान मगर र गुरुङलाई

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीद्वारा सञ्चालित कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट कास्कीका अग्रज पत्रकारद्धय रुद्र बहादुर हितानमगर र इन्दिरा गुरुङलाई सम्मान गरिने भएको छ । तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म गुरुङ र उहाँको श्रीमान कर्ण गुरुङको बैबाहिक बर्षगाँठको अवसरमा स्थापित यस पुरस्कार २०८२ बाट पत्रकार हितानमगर र २०८३ बाट गुरुङलाई प्रदान गरिने भएको हो । प्रतिभा छनोट समितिले सिफारिस गरेको पत्रकार हितानमगर र गुरुङको नाम फोनिज कास्कीको बैठकले अनुमोदन गरेको फोनिज कास्कीका अध्यक्ष बिना कुमारी थापाले जानकारी… पुरा पढौ

पत्रकार हितानमगर र गुरुङलाई कर्म–कर्ण पत्रकारिता पुरस्कार प्रदान गरिने

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीद्वारा सञ्चालित कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट कास्कीका अग्रज पत्रकारद्धय रुद्र बहादुर हितानमगर र इन्दिरा गुरुङलाई सम्मान गरिने भएको छ । तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म गुरुङ र उहाँको श्रीमान कर्ण गुरुङको बैबाहिक बर्षगाँठको अवसरमा स्थापित यस पुरस्कार २०८२ बाट पत्रकार हितानमगर र २०८३ बाट गुरुङलाई प्रदान गरिने भएको हो । प्रतिभा छनोट समितिले सिफारिस गरेको पत्रकार हितानमगर र गुरुङको नाम फोनिज कास्कीको बैठकले अनुमोदन गरेको फोनिज कास्कीका अध्यक्ष बिना कुमारी थापाले जानकारी… पुरा पढौ

गण्डकीका छ हिमाल आरोही सम्मानित,पर्यटकको बसाइ लम्बाउने योजना बनाउन मुख्यमन्त्री पाण्डेको सुझाव

गण्डकी प्रदेश सरकारले छ जना हिमाल आरोहीलाई सम्मान गरेको छ । प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको आयोजनामा आज पोखरामा भएको समारोहमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमाल र मन्त्रालयका सचिव रोशन ज्ञवलीले आरोहीहरुलाई जनही रु ४५ हजार नगदसहित दोसल्ला र सम्मानपत्र प्रदान गरे । सम्मानित हुनेमा सगरमाथा आरोही पर्वतको कुश्मा नगरपालिका–१४ का किरणबहादुर पि.सि, सगरमाथा, मनास्लु र ल्होत्से हिमाल आरोहण गरेका गोरखा चुमनुब्री गाउँपालिका–१ का नाङसल छ्योटोन लामा, सगरमाथा आरोही कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ का किशोर अधिकारी र पर्वतको… पुरा पढौ

कौराहा संरक्षण पत्रकारिता पुरस्कारबाट पत्रकार मीना थापा मगर सम्मानित

‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८३’ बाट पत्रकार मीना थापा मगर पुरस्कृत भएकी छिन् । नगद १५ हजार सहित सम्मानपत्र तथा घलेकीले पत्रकार थापामगर शुक्रबार सम्मानित भएका हुन् । राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्वारा स्थापित उक्त पुरस्कार हरेक वर्ष नेपाल मगर पत्रकार संघ कास्कीले प्रदान गर्दै आइरहेको छ ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतबहादुर शेरचनले आदिवासी जनजाति आफ्नो संस्कार र संस्कृतिलाई जगर्ना गर्दै लैजानुपर्ने बताए । गण्डकी प्रदेश संस्कृतिमा धनी भएकाले यसलाई थप प्रवद्र्धन गर्दै लैजानुपर्नेमा… पुरा पढौ

आत्मदाहको प्रयास गरेका गणेश नेपालीको निधन, आफन्तद्वारा शव बुझ्न अस्वीकार, तीन जना नगर प्रहरी पक्राउ

जलनबाट घाइते भई वीर अस्पतालमा उपचार गराइरहेका मुगुका युवा गणेश नेपालीको निधन भएको छ । काठमाडौँको त्रिपुरेश्वरमा बिहीबार आफैँले शरीरमा आगो लगाएका नेपालीको ‘आइसियु’मा राखेर उपचार गरिरहेको अवस्थामा निधन भएको वीर अस्पतालका प्रवक्ता डा प्रकाश बुढाथोकीले पुष्टि गरे । यसअघि सो अस्पतालले पत्रकार सम्मेलन गरी शरीरको करिब ६० प्रतिशत भाग जलेका नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको बताएको थियो । नेपाल सरकारले थप उपचारका लागि भारत लैजाने तयारी पूरा गरे पनि चिकित्सकहरुले उनको अवस्था निकै जटिल रहेकाले तत्काल आइसियुबाट निकाल्न नहुने… पुरा पढौ

मुस्ताङमा एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२÷०८३ को एक वर्षमा लेक लागेर दश भारतीय नागरिकसहित १६ जनाको मृत्यु भएको छ । प्रदेश अस्पताल जोमसोमका अनुसार चालु वर्षको साउनदेखि हालसम्म मुस्ताङ भ्रमणमा आएकामध्ये दश भारतीय, पाँच नेपाली र एक जना मेक्सिकोका नागरिकको पर्वतीय ‘हाईअल्टिच्युड’का कारण लेंक लागेर निधन भएको हो । गत भदौ र असोजमा एक–एक, कात्तिकमा तीन, मङ्सिरमा दुई, चैतमा दुई, वैशाखमा चार र जेठ महिनामा तीन जनाको लेक लागेर ज्यान गएको मेडिकल सुपरिटेन्डेन्ट डा समीक्षा कँडेलले जानकारी दिइ ।… पुरा पढौ

मगर समुदायद्वारा कौराहा संस्कृतिलाई राष्ट्रियस्तरमा सुचीकृत गर्न माग

मगर समुदायले मौलिक रुपमा रहेको कौराहा संस्कृतिलाई राष्ट्रियस्तरमै सुचीकृत गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल मगर पत्रकार संघ कास्कीको आयोजना तथा राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिको सहयोजनामा शुक्रबार पोखरामा सम्पन्न भएको मगर मौलिक कौराहा संवाद कार्यक्रममा बोल्ने बक्ताहरुले मगर समुदायले आफ्नो कला र संस्कृतिलाई संरक्षणका लागि भुमिका खेल्नुपर्नेमा जोड दिए । नेपाल मगर संघका केन्द्रीय अध्यक्ष रक्षबहादुर रैका मगरले विभिन्न जातजातिले आफ्नो संस्कृतिलाई हाम्रो भनेर दावी गरिरहँदा हामी आफैले पनि आफ्नो संस्कारलाई विर्सिन नहुने बताए । कौराहा मगरको भएको र… पुरा पढौ

अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी

शिक्षा तथा खेलकुद मन्त्रालयले ए–लेभल, सिबिएसइ, आइबिडिपीलगायत विदेशी शैक्षिक कार्यक्रम मन्त्रालयको अनुमतिबिना सञ्चालन गर्ने शैक्षिक संस्थामाथि कारबाही गर्ने चेतावनी दिएको छ । गत बुधबारको मन्त्रिपरिषद्ले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका शैक्षिक कार्यक्रमको गुणस्तर सुधार तथा नियमनलाई थप प्रभावकारी बनाउन विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली, २०८३ स्वीकृत गरेसँगै मन्त्रालयले कानुनी व्यवस्था कार्यान्वयनमा कडाइ गरेको हो ।शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव कृष्णचन्द्र पोखरेलले केही शैक्षिक संस्थाले मन्त्रालयको अनुमति नलिई यस्ता कार्यक्रम सञ्चालन गरिरहेकाले कानुनी व्यवस्थाबारे पुनः जानकारी गराइएको बताए ।… पुरा पढौ

अमालीबिसौंनीको पितृ उद्धार परिसरमा वृक्षरोपण

पोखरा १६ र १९ अमालीबिसौंनीस्थित आवासिय पितृ उद्धार भवन परिसरमा वृक्षरोपण गरिएको छ । संरक्षण आमा समुह र अमलीबिसौंनी धोविनी पाटन टोल विकास संस्थाको आयोजनामा भएको कार्यक्रममा केरा, निवारो,डुम्री,धुपी, पाखुरी, पारिजातलगायतका बिभिन्न प्रजातिका ५० भन्दा बढी विरुवा रोपिएको हो । पितृ उद्धार क्षेत्रलाई वातावरणिय दृष्टिकोणले हरियाली बनाउन र क्रियाकर्मका लागि आवश्यक पर्ने फुल तथा पातका लागि पनि वृक्षरोपण गरिएको टोल विकास संस्थाका सल्लाहकार होमबहादुर खड्काले जानकारी दिए । टोल विकास संस्थाका अध्यक्ष खगेन्द्र थापाले आमा समुहका अध्यक्ष पार्वती बस्नेतलाई विरुवा… पुरा पढौ