गण्डकी

श्रमिकहरूलाई अनिवार्य रूपमा चाडपर्व खर्च उपलब्ध गराउन श्रम विभागको निर्देशन

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकहरूलाई अनिवार्य रूपमा ‘चाडपर्व खर्च’ उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई निर्देशन दिएको छ । विभागले आज विज्ञप्ति जारी गर्दै उक्त ध्यानाकर्षण गराइएको हो । ‘श्रम ऐन, २०७४ को दफा ३७’ बमोजिम प्रचलित धर्म, संस्कृति तथा परम्पराअनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले खाइपाइ आएको ‘एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम’ प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने कानुनी व्यवस्था रहेको छ । विभागका उप–महानिर्देशक विपिन राजभण्डारीद्वारा जारी विज्ञप्तिमा यदि रोजगारदाता वा प्रतिष्ठानले उक्त सुविधा उपलब्ध नगराएमा… पुरा पढौ

माउन्ट अन्नपूर्णमा नेपाली र अंग्रेजी वक्तृत्वकला प्रतियोगिता

पोखरा ३, नदीपुर भिसी मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीहरूबीच नेपाली तथा अंग्रेजी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। अंग्रेजी वक्तृत्वकला प्रतियोगितामा कक्षा १२ ‘ए’ व्यवस्थापनकी जेनिफा गुरुङ प्रथम, कक्षा ११ कम्प्युटर साइन्सकी प्रतिक्षा तामाङ दोस्रो, कक्षा ११ कम्प्युटर साइन्सकी खुसि कुमारी सराफ तेस्रो र कक्षा ११ ‘ए’ की राइसा खातुनले सान्त्वना स्थान हासिल गरिन् । त्यस्तै, नेपाली वक्तृत्वकला प्रतियोगितामा कक्षा ११ कम्प्युटर साइन्सका निशान तिलिजा प्रथम, कक्षा १२ ‘ए’ व्यवस्थापनकी श्रीया परियार दोस्रो, कक्षा… पुरा पढौ

निर्वाचन आयोग प्रदेश र स्थानीय तह निर्वाचनको आन्तरिक तयारीमा

प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन आयोग स्थानीय तहको आगामी निर्वाचनको आन्तरिक तयारीमै रहेको बताएका छन् । राष्ट्रिय समाचार समिति, राससको प्रतिनिधिमण्डसँग आज निर्वाचन आयोगमा भएको अनौपचारिक कुराकानीका क्रममा उनले भने, “हामी आगामी निर्वाचनको तयारीमै छौँ, त्यसो त आयोग सदैव निर्वाचनको तायरीमा रहन्छ नै । निर्वाचनको मिति सरकारले तोक्ने हो, यसरी तोकिएको मितिमा निष्पक्ष एवं विवादरहित ढङ्गबाट निर्वाचन सम्पन्न गर्ने दायित्व आयोगको हो, त्यसमा हामी प्रतिबद्ध छौँ ।” स्थानीय तहको आगामी निर्वाचन फागुनमा नै गर्नेगरी सरकार अघि बढेको भन्ने समाचार… पुरा पढौ

गण्डकी सरकार काम चलाउ बनेको हो ? दीर्घकालीन महत्वका निर्णय नगर्न सर्वोच्चको आदेश

सन्देश श्रेष्ठपोखरा, असोज २१ सर्वोच्च अदालतले गण्डकी सरकारलाई दीर्घकालीन महत्वको निर्णय गर्न आदेश दिएको छ । कानून व्यवसायी लीलबहादुर थापाले नेपालको संविधानको धारा १८८ (२) बमोजिम ३० दिन भित्र गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने भन्ने व्यवस्थाको कार्यान्वयन नगरिएको भन्दै दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीस श्रीकान्त पौडेलको एकल ईजलाशले गण्डकी सरकारलाई दीर्घकालीन महत्वको प्रस्तावमा कुनै पनि निर्णय नगर्न बुधबार आदेश दिएको हो । नेकपा एमाले गत भदौ १० गते प्रदेश सरकारबाट बाहिरिएको थियो । सरकारमा रहेको कुनै पनि… पुरा पढौ

जनप्रिय माविमा अभिभावकसँग निरन्तर अन्र्तक्रियात्मक अभिमुखीकरण

पोखराको सिमलचौरमा रहेको जनप्रिय माविले अभिभावकसंगको अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिएको छ । शैक्षिक सत्र सुरु भएसँगै कक्षागत अभिभावकसंग अन्तरक्रिया गर्दै आएको विद्यालयले दशंै तथा तिहार बिदामा गर्नु पर्ने गृहकार्य तथा सुधार बारेमा छलफल भएको थियो । कार्यक्रममा सहभागी अभिभावकहरुले गुगल तथा एआईबाट जस्ताको तस्तै सारेर गृहकार्य बुझाउने, पुरा समय पढ्न नपाउने, पाठ्यभार पुरा नगर्ने, बिदाको जानकारी नहुने, कोर्षको वेवस्ता गर्ने, नयाँ संस्कार तथा सस्कृतिमा ध्यान नदिने, शिक्षक बिदामा रहँदा कक्षा खाली रहने लगायत विभिन्न सुधार गर्नु पर्ने विषयमा धारणा राखेका… पुरा पढौ

सभापतिमा किशोरसिंह राठौर र उपसभापतिमा देवराज चालिसेको उम्मेदवारी फिर्ता

नेपाली कांग्रेसमा सभापति गगन थापालाई निर्विरोध गराउने तयारी भईरहेको छ । महाधिवेशनमा सभापतिका उम्मेदवार किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिँदै थापालाई समर्थन गर्ने घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै राठौरले पार्टी सङ्कटमा रहेका बेला मिलेर अघि बढ्नुपर्ने प्रस्ताव गर्दै सभापतिमा थापालाई समर्थन गर्ने घोषणा गरेका हुन् । यसअघि मंगलबार उम्मेदवारी दर्ता गराएका राठौरले बुधबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर औपचारिक रूपमा उम्मेदवारी फिर्ता लिएका हुन् । राठोरले कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउन आफू सक्रिय रहनेसमेत बताएका छन् । खुला उपसभापति… पुरा पढौ

बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित

पोखरा महानगरपालिका वडा नं. १६ स्थित बाटुलेचौर महिला कृषक समुहले बिभिन्न क्षेत्रमा योगदान पुर्याएका महिलालाई सम्मान गरेको छ । समुहको प्रथम वार्षिक साधारण सभाका अवसरमा उद्यमशीलता, सामाजिक योगदान तथा संस्थाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका दिलमाया नेपाली, शान्ति चर्माकार, नानी सुचिकार, शान्ति नेपाली, मञ्जु बस्याल, विमला परियार, मञ्जु सुनार र सन्ध्या नेपालीलाई सम्मान गरिएको हो । उनीहरुलाई पोखरा १६ का वडा सदस्य रामचन्द्र आचार्य र समुहका अध्यक्ष ईश्वरी नेपालीले सम्मान गरे । कार्यक्रममा बोल्दै वडा सदस्य रामचन्द्र आचार्यले महिला सशक्तीकरण,… पुरा पढौ

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई ‘एटिएम मेसिन’बाटै रु १०० का नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ । राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ खाले एटिएम मेसिनबाट रु १०० का नोट पनि वितरण गर्न थालेका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले भोटेकोशीे बाढीले ठूलो जनधनको क्षति पु¥याएको अवस्थामा नयाँ नोटबारे अनावश्यक प्रचारप्रसार नगरी चाडपर्वलाई लक्षित गर्दै राष्ट्र बैंक र वाणिज्य बैंकबाट सुकिला र सफा नोट प्राप्त… पुरा पढौ

पार्टी नेतृत्वको मौनताप्रति कास्की कांग्रेसका नेता सुवास सिग्देलको गुनासो, पार्टीभित्रको लोकतान्त्रिक संस्कारमाथि नै प्रश्न

नेपाली कांग्रेस कास्कीका नेता सुवास सिग्देलले पार्टीभित्रको लोकतान्त्रिक संस्कारमाथि नै प्रश्न उठाएका छन् । कास्की क्षेत्र नं. २ को क्षेत्रीय निर्वाचनका क्रममा भएको अनियमितताको छानविनको माग गर्दै निवेदन दिएका उनले निर्वाचनमा भएको विधि उल्लङ्घन, कथित फर्जी मत प्रयोगका बिषयमा प्रमाणसहित उजुरी दिदा पनि पार्टी नेतृत्वले मौनता देखाएका भन्दै गुनासो गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गदै क्षेत्रीय सभापतिका उमेद्वारसमेत रहेका नेता सिग्देलले प्रमाणसहित प्रस्तुत गरिएको उजुरीलाई सम्बोधन गर्नुको सट्टा त्यसलाई बेवास्ता गर्ने, निर्णय प्रक्रियालाई अनिश्चित बनाउने र न्यायको माग… पुरा पढौ

बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल बडादसैँ अगाडि नै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ । सडक डिभिजन कार्यालय पोखराले पुल दसैँअघि नै सञ्चालनमा ल्याउने तयारीका साथ मर्मतको काम दु्रतगतिमा गरिरहेको छ भने हाललाई बागलुङ बजार पुग्न वैकल्पिक मार्ग प्रयोगको व्यवस्था मिलाएको छ । चाडबाडअघिको आवागमनका साथै पर्यटकीय गतिविधिलाई लक्षित गरी मालढुङ्गा पुलको विकल्पमा मालढुङ्गा–बेनी हुँदै बागलुङ र पर्वतको फलेवास–जैमिनीघाट हुँदै बागलुुङ मार्ग प्रयोग भइरहेको छ । एक सय १४ मिटर लामो… पुरा पढौ