स्वास्थ्य

गण्डकीमा कोरोना अपडेटः ५५ संक्रमणमुक्त,२२ जनामा पुष्टि

गण्डकी । पछिल्लो २४ घण्टामा गण्डकीका थप २२ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका २०० जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । आइतबार संक्रमण पुष्टि हुनेमा गण्डकीका ६ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १३ जना, तनहुँका २ जना, नवलपुरका २ जना, स्याङ्गजाका एक जना, बाग्लुङका एक जना र म्याग्दी जिल्लाका ३ जनामा कोरोना पुष्टि भएको छ। आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल… पुरा पढौ

पर्वतको जलजला–७ स्वास्थ्य शिविरबाट २ सयले निःशुल्क सेवा लिए

पर्वतको जलजला गाउँपालिका–७ मिलनचोकमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट करिब २ सय भन्दा बढीले स्वास्थ्य सेवा लिएका छन्। गाउँपालिकाको स्वास्थ्य शाखासँगको सहकार्यमा अन्तराष्ट्रिय पर्वत समाजले शनिबार एकदिने विशेषज्ञ चिकित्सकहरुको उपस्थितिमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो। शिविरमा स्त्रीरोग र दन्तरोग लगायतको स्वास्थ्य परीक्षणबाट सर्वसाधरणहरुले सेवा लिएका हुन्। शिविरमा एकसय ७५ जना महिला र ४० पुरुषले सेवा लिएको जनाइएको छ। शिविरमा निशुल्क स्वास्थ्य परिक्षण, परामर्श सेवा र औषधि वितरण गरिएको थियो। शिविरमा मल्लाझ, बासखर्क, लेखफाँट, सालिजा, धाइरिङ, बनौ र नागलिङका सर्बसाधरणहरुले… पुरा पढौ

गण्डकी प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख नाघ्यो

गण्डकी प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ लाख नाघेको छ। शुक्रबार प्रदेशमा ४८ जना कोरोना संक्रमणमुक्त भएसँगै प्रदेशमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख १ सय पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। सोही अवधीमा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। विभिन्न जिल्लाका १ सय ११ जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो। संक्रमित हुनेमा कास्कीका १० र नवलपुर वर्दघाट पूर्वका २ जना छन्। यो सहित हालसम्म कोरोना भाइरस संक्रमित हुनेको संख्या… पुरा पढौ

हात्तीपाइलेविरुद्धको औषधि खुवाइने तयारी

झापा । हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानका लागि आवश्यक झापामा तयारी सुरु गरिएको छ । एक दशकदेखि अभियान सञ्चालन भइरहेको झापामा हात्तीपाइले रोग निवारणको चरणमा नपुगिसकेकाले एघारौँपटक अभियान सञ्चालन हुन लागेको हो । भद्रपुर नगरपालिकामा आज पहिलोपटक अभियानबारे सर्वपक्षीय अन्तक्र्रिया गरिएको छ । कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईँले हात्तीपाइले रोग, यसबाट बच्ने उपाय, आम औषधि सेवन अभियान र अभियानका प्रभावहरूकाबारे जानकारी गराउनुका साथै तयारीबारे स्पष्ट पारे । सन् २०२० मै नेपालबाट हात्तीपाइले रोग निवारण गर्ने प्रतिबद्धता नेपाल… पुरा पढौ

गण्डकी प्रदेशमा कोरोना संक्रमित र निको हुनेको संख्या उस्तै उस्तै

पोखरा । गण्डकी प्रदेशमा बुधबार कोरोना संक्रमित हुने र निको हुनेको संख्या उस्तै उस्तै रहेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका २१ जना कोरोना संक्रमित हुँदा २३ जना निको भएका छन् । विभिन्न जिल्लाका २४२ जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा कास्कीका १२ जना, म्याग्दीका ३, पर्वतका २, तनहुँ, लमजुङ, स्याङ्जा र बाग्लुङका एक–एक जना छन् । यो सहित प्रदेशभर हालसम्म संक्रमित हुने संक्रमितको कुल संख्या एक लाख एक हजार ८०३ पुगेको छ… पुरा पढौ

भारतमा थप १५ हजार नयाँ सङ्क्रमित

भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा १५ हजार १०२ जना सङ्क्रमित भएका छन् । सोही अवधिमा कोरोनाकै कारणले २७८ जनाको मृत्यु भएको संघीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या चार करोड २८ लाख ६७ हजार ३१ पुगेको मन्त्रालयको तथ्याङ्क छ ।मन्त्रालयका अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या एक लाख ६४ हजार ५२२ रहेको छ । पछिल्लो एक दिनमा ३१ हजार ३७७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै कुल चार करोड २१ लाख ८९… पुरा पढौ

आठ वर्षमा सम्पन्न हुदै धवलागिरि अस्पतालको भवन

बागलुङ । बागलुङको धवलागिरि अस्पताल भवन निर्माण सुरु भएको आठ वर्षपछि सम्पन्न हुन लागेको छ । तीन वर्षमा सक्ने गरी ठेक्का सम्झौता भएको सो भवन आठ वर्षपछि मात्रै सम्पन्न हुन थालेको हो । ठेकेदार कम्पनीको लापरवाहीका कारण भवन निर्माणमा ढिलाइ भएको हो । भवन निर्माण समयमै नहुँदा अस्पतालले प्रदान गर्ने सेवा प्रभावित बन्दै आएको थियो । पटक–पटक म्याद थप्दै गरे पनि ठेकेदार कम्पनीले निर्माणमा ढिलाइ गर्दै आएको थियो । अस्पतालको ‘सी’ ब्लकको रङरोगन, झ्यालढोका जडान, विद्युत् जडानलगायत काम भइरहेको छ… पुरा पढौ

गाउँपालिकाद्धारा एम्बुलेन्स सेवा सुचारु

बाँके । बाँकेको जानकी गाउँपालिकाले जनतालाई सहज स्वास्थ्य सेवाको लागि एम्बुलेन्स सेवा सुरु गरेको छ । नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिए । गाउँपालिकावासीले आपतकालीन अवस्थामा गम्भीर बिरामी हुँदा व्यहोर्नुपर्ने समस्याबाट मुक्ति पाउन भनेर गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको उल्लेख गर्दै कार्यवाहक अध्यक्ष धितालले भने, “अब नागरिकले सजिलै एम्बुलेन्स सेवा पाउनेछन् ।” प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले एम्बुलेन्समार्फत स्थानीयलाई सहजरुपमा सेवा दिइने उल्लेख गरे। अहिले गाउँपालिकाका स्थानीय नागरिक अन्य… पुरा पढौ

लण्डनको हिलिङ्डन अस्पतालले ‘नेपाल डे’ मनाउँदै

बेलायतको लण्डनमा रहेको हिलिङ्डन अस्पतालले यही फेब्रुअरी २५ का दिन ‘नेपाल डे’ मनाउने भएको छ। हिलिङ्डन अस्पताल व्यवस्थापनमा विविधता र समावेशी प्रमुखका रुपमा कार्यरत ड्यानी कार्यस्निनोजले इमेलमार्फत यहाँ कार्यरत कर्मचारीलाई यस्तो जानकारी गराएका छन्। यहाँ हाल ७८ देशका नागरिकहरु विभिन्न पदमा कार्यरत छन्। कार्यक्रमलाई सहयोग गर्न हिलिङ्डन अस्पतालमा कार्यरत नेपालीको ‘हिलिङ्डन हस्पिटल नेपाली ग्रुप’ लागिपरेको छ। उक्त समूहमा अस्पतालको जर्सी वार्डमा प्रबन्धक रहेकी रस्मितासिंह दर्लामी, आकस्मिक कक्षमा कार्यरत मणि तामाङ, अञ्जना गुरुङलगायतका नेपालीहरु आवद्ध छन्। कार्यक्रम व्यवस्थापनको जिम्मा लिएको उक्त… पुरा पढौ

म्याग्दीको धवलागिरि गाउँपालिकाद्वारा एम्बुलेन्स संचालन

म्याग्दीको धवलागिरि गाउँपालिकाले एम्बुलेन्स संचालन गर्ने भएको छ। भौगोलिक रुपमा विकट उक्त गाउँपालिकाका बासिन्दालाई सहज र सर्वसुलभ रुपमा उपचार दिलाउन एम्बुलेन्स खरिद गरिएको छ। विभिन्न प्रकृया पूरा गरी भारतबाट भन्सार छुटमा एम्बुलेन्स खरिद गरी कार्यविधि बनाएर संचालनको तयारी गरिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिएकी छन्। ‘बिरामीलाई उपचारका लागि बेनी हुँदै पोखरा लैजान यातायातमा मात्रै ३० हजार रुपैयाँसम्म खर्च हुने गरेको छ’, उनले भनिन्। समयमै सवारीसाधन पाउन मुस्कील हुने गरेको उनको भनाइ छ। समयमै र न्यून शुल्क तिरेर पुग्ने वातावरण… पुरा पढौ