स्वास्थ्य

अब चाउथेमा पनि युआरएलको सेवा केन्द्र

पोखरा । युनाइटेड रेफरेन्स ल्याबोरेटी प्रालि (युआरएल)ले पोखरा १४ को चाउथेमा सेवा केन्द्र खोलेको छ । पोखरा महानगरका विभिन्न क्षेत्र र गण्डकी प्रदेशबासीलाई स्थानीय रुपमै गुणस्तरीय ल्याब सेवा प्रदान गर्ने उद्देश्यले युआरएलले ११ औं स्थानमा सेवा विस्तार गरेको हो । यसअघि युआरएलले पोखरामा सभागृहचोकको केन्द्रीय कार्यालय, बाटुलेचौर, हस्पिटलचोक र शिशुवाबाट सेवा दिइरहेको छ । युआरएलले पोखराबाहिर लमजुङको बेसीसहर, स्याङ्जाका पुतलीबजार र वालिङ, तनहुँका दमौली र दुलेगौंडाबाट सेवा प्रदान गरिरहेको छ । सेवा सुरुआतको अवसरमा शनिबार युआरएल चाउथे परिसरमा निशुल्क शिविरसमेत… पुरा पढौ

स्वास्थ्य पत्रकार मञ्च गण्डकीको अध्यक्षमा वञ्जारा

पोखरा । पोखारामा पत्रकारहरुको एक भेलाले स्वास्थ्य पत्रकार मञ्च गण्डकी प्रदेशले तदर्थ समिति गठन गरेको छ । समितिको अध्यक्षमा यदुनाथ अधिकारी चयन भएका छन । पत्रकार महासंघ गण्डकी प्रदेश समितिको सचिव समेत रहेका बञ्जाराको अध्यक्षतामा सर्वसम्मत गठित कार्यसमितिको उपाध्यक्षमा सुरज श्रेष्ठ, महासचिव अनिशा श्रेष्ठ, कोषाध्यक्षमा पुष्प दाहाल चयन भएका छन । सदस्यहरुमा रिना थापा, विन्दु परियार र निरज पन्त चयन भएका छन । निर्वाचित कार्यसमितिलाई बधाई दिँदै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका महासचिव गोविन्द सुवेदीले स्वास्थ्य क्षेत्रमा रहेका विकृति… पुरा पढौ

थप २२९ मा सङ्क्रमण पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २२९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार ७१८ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार ६४४ जनाले पिसिआर र दुई हजार ६८ जनाको एन्टिजिन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा ४८ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ९०६ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।… पुरा पढौ

हैजा नियन्त्रण गर्न एमालेको माग

काठमाडौँ । नेकपा एमालेले सरकारले काठमाडौँ उपत्यकामा फैलिएको हैजा नियन्त्रण गर्न चासो नदेखाएको आरोप लगाउँदै नियन्त्रणका लागि आवश्यक कदम चाल्न आग्रह गरेको छ । एमालेको स्वास्थ्य तथा जनसङ्ख्या विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा विभागका प्रमुख योगेश भट्टराईले उपत्यकामा २८ जना हैजाका बिरामी पुष्टि भए पनि सरकारले हैजा नियन्त्रण गर्न कुनै पहल नगरेको आरोप लगाए । यस्तै एमालेले कोभिड–१९ महामारीमा खटिने जोखिम भत्ता स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत अग्रभागमा खटिएका जनशक्तिलाई पनि उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ ।एमालेले कोभिड–१९ को पूर्ण रुपमा खतरा… पुरा पढौ

२६० जनामा सङ्क्रमण पुष्टि

काठमाडौँ । देशभर आज २६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनअनुसार आज तीन हजार ८४४ जनामा परीक्षण गरिएको थियो । आज थपिएकासहित सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १७१ पुगेको छ ।सो अवधिमा ४८ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ८५८ पुगेको छ । मन्त्रालयका अनुसार यो दर ९८।७ प्रतिशत हो । काठमाडौँ जिल्लामा ५०० भन्दा बढी सङ्क्रमित रहेको पाइएको छ । शून्य सङ्क्रमित भएका… पुरा पढौ

गाउँमै निःशुल्क अल्ट्रासाउण्ड सेवा,स्थानिय महिला खुसी

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका–५ बागीको स्वास्थ्यचौकीमा निःशुल्क अल्ट्रासाउण्ड सेवा सुरु गरिएको छ । गर्भवतीलाई अल्ट्रासाउण्ड गर्न घण्टौँ हिँडेर सदरमुकाम सन्धिखर्क जानुपर्ने बाध्यताको अन्त्य गर्न स्वास्थ्यचौकीमै अल्ट्रासाउण्ड सेवा सञ्चालन गरिएको मालारानी–५ बागीका वडाध्यक्ष तिलक मिश्रले बताए। गर्भमा रहेको बच्चाको अवस्था तथा आमाको स्वास्थ्य अवस्था बुझ्नका लागि अल्ट्रासाउण्ड अनिवार्य गर्नुपर्ने हुन्छ । गर्भवती आमा तथा नवजात शिशुको स्वास्थ्य सुधारका लागि सञ्चालन गरिएको निःशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवाले स्थानीय महिला लाभान्वित हुने वडाध्यक्ष मिश्रले बताए । उनले आफूले चुनावमा घोषणा गरेअनुसार मालारानी–५ बागीका… पुरा पढौ

स्वास्थ्य मन्त्रीद्धारा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल निरीक्षण

पोखरा । नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले आज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल निरीक्षण गरेका छन् । उनले अस्पतालमा भइरहेका सेवा प्रवाह, भोग्नुपरेका कठिनाईलगायत विषयमा जानकारी लिएका छन् । निरीक्षणका क्रममा उनले अस्पतालबाट प्रदान गरिने उपचार सेवालाई सहज र प्रभावकारी बनाउन निर्देशन दिए। मन्त्री खापुङलाई अस्पतालका निर्देशक डा.भरतबहादुर खत्रीले अस्पतालबाट भइरहेका सेवा प्रवाहसँगै भौतिक पूर्वाधार, जनशक्ति, उपकरणको अवस्थालगायत विषयमा जानकारी गराएका थिए । पुरा पढौ

ड्युटीमा नजाने चिकित्सकलाई कारबाही

चितवन । भरतपुर अस्पतालका एक चिकित्सकलाई अस्पताल प्रशासनले ले कारबाही गरेको छ । गत आइतबार बिहान सञ्चारमाध्यममा “भरतपुर अस्पतालः २४ घण्टासम्म ड्युटीका चिकित्सक राउण्डमा नजाँदा” शीर्षकको समाचार प्रकाशित भएपछि अस्पताल प्रशासनले ड्युटीमा नजाने चिकित्सकलाई कारबाही गरेको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार डा ऋतुराज तिवारीलाई कारबाही गरिएको बताए । उनलाई तत्कालै स्पष्टीकरण सोधिएकामा चित्तबुझ्दो जवाफ नआएपछि बुधबार निजको करार भङ्ग गरिएको मेडिकल सुपरिटेण्डेण्ट पौडेलले जानकारी दिए । विगत तीन वर्षदेखि अस्पताल विकास समितिको दरबन्दीमा कार्यरत तिवारीले… पुरा पढौ

अब, पोखरामा क्याथ ल्यावको सेवा, आज उद्घाटन

स्वास्थ्य समस्या कसैलाई आइ नपरोस्। अझ मुटुको समस्या त कसैलाई नहोस। यो हाम्रो कामना हो। मुटुको धडकन छ त जीवन छ, नत्र छैन। अझैं भनौं मानिस स्वस्थ भइरहनु पर्छ। र, स्वस्थ जीवनयापन गर्न पाउनुपर्छ। यदी यसो हो भने स्वस्थ नागरिक भएको त्यही देश नै समृद्ध देश हुन्छ भन्ने कुरालाई कल्ले पो नकार्ला ! मानव शरीर हो कतिबेला के के आइपर्छ। सकेसम्म त रोग लाग्नै नदिने, डाक्टर, स्वास्थ्यकर्मीले दिएको परामर्शलाई लागू गर्नुप¥यो। सजगता अपनाउँदा अपनाउँदै पनि स्वास्थ्य समस्या आई हाल्यो भने… पुरा पढौ

संक्रकिय संक्रमितको संख्या १ हजार ५ सय पुग्यो

काठमाण्डौं । पछिल्ला केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । आज एकै दिन २०० बढी सङ्क्रमित फेला परेका छन् । स्वाथ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज तीन हजार बढी नमूना परीक्षण गर्दा २०६ जनामा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घन्टामा दुई हजार ८२ नमूनाको पिसिआर विधिबाट परीक्षण गर्दा १७७ र एक हजार ९३ नमूनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २९ गरी कुल २०६ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । यससँगै सक्रिय… पुरा पढौ