स्वास्थ्य

पोखराका १९ स्थानमा आज र भोली बुस्टर डोजको खोप

पोखराका १९ स्थानबाट आज (बुधबार) र भोली (बिहीबार) कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाइँदैछ। कोभिशिल्ड, भेरोसेल, अस्ट्रजेनेका, जेनसन, मोडर्ना लगायतका सबै खोप लगाएर ६ महिना पूरा भएकालाई आज र भोली बुस्टर डोज खोप लगाइने भएको हो। पोखरा महानगरपालिकाको व्यवस्थापनमा कोभिशिल्ड, भेरोसेल, अस्ट्राजेनेका, जेनसनको बुस्टर डोजको खोप लगाइने भएको हो।खोप केन्द्रबाट कोभिशिल्ड, मोडर्ना र अस्ट्राजेनेकाको बुस्टर डोज खोप लगाइँदैछ। यो हप्ताभर पोखराका विभिन्न ४६ स्थानबाट कोरोना विरुद्धको खोप वितरण हुँदैछ। फागुनको ११, १२, १३, १५, १६, १७ र १८ गतसम्म पोखरामा खोप… पुरा पढौ

एक हजार ३३८ जना सङ्क्रमणमुक्त

काठमाण्डौं । पछिल्लो २४ घण्टामा एक हजार ३३८ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा नौ लाख ५१ हजार ३९४ सङ्क्रमणमुक्त भएका छन् ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल देशभर कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार २४४ रहेको छ । जसमध्ये ११ हजार ७५४ सक्रिय सङ्क्रमित होम आइसोलेशनमा छन् । ४९० संस्थागत आइसोलेशनमा छन् । उनीहरूमध्ये १३६ जनाको आइसीयु र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस अवधिमा थप २६२ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ… पुरा पढौ

पोखराको अन्नपुर्ण मा.विको चार कोठे पक्की भवनको उद्घाटन

पोखरा । संघीय संसदका सदस्य विद्या भट्टराइृले गुणस्तरीय शिक्षाले मात्रै विद्यालयमा विद्यार्थीको आर्कषण वढाउन सकिने बताएकी छन् । पोखरा १६ अर्मलामा रहेको अन्नपुर्ण मा.विको नवनिर्मित चार कोठे पककी भवन, शौचालय र खानेपानीको उद्घाटन पछि आयोजित कार्यक्ममा वोल्दै उहााले सरकारी विद्यालयमा पछिल्लो समय भौतिक पुर्वाधार निमाृणले तिव्रता पाए पनि शैक्षिक गुणस्तरमा भने अझै कमजोर नै रहेको दावी गरिन् । भुकम्प पछि सासंद विकास कोष मार्फत पनि विदालय पुनृनिर्माणका कामले तिव्रता पाएको वताउदै, शिक्षामा भएको लगानी अनुसार प्रतिफल पाउन नसकिएकोमा गुनासो गरिन्… पुरा पढौ

पोखरामा फागुन भोली र पर्सि बुस्टर डोज तथा बालबालिकालाई मोडर्ना खोप लगाइँदै

पोखरामा फागुन भोली (आइतबार) र (पर्सि) सोमबार कोरोना विरुद्धको खोप वितरण हुने भएको छ। दुई स्थानबाट बुष्टर डोज र १५ स्थानबाट बालबालिकालाई मोडर्ना खोप वितरण हुने बताइएको छ। पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाले सूचना प्रकाशित गर्दै ८ गते ७ स्थानबाट र ९ गते ८ स्थानबाट मोडर्ना खोप वितरण हुने जनाइएको छ। सूचनाअनुसार स्वास्थ्य चौकी हेमजाबाट ८ र ९ गते तथा शहरी स्वास्थ्य केन्द्र पोखरा १० बाट ८ गते बुष्टर डोज खोप वितरण हुनेछ। पुरा पढौ

कास्कीमा सिनेमा हल र रात्रीकालीन व्यवसाय माथिको प्रतिवन्ध हट्यो, अव राती १२ सम्म खोल्न पाइने

पोखरा । कास्की जिल्लामा कोरोना सङ्क्रमणमा कमी आएपछि प्रशासनले यसअघि रोक लगाएका व्यवसाथ तथा सेवा सञ्चालनको अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गरी पछिल्ला दिनमा जिल्लाको सङ्क्रमण दरमा कमी आएकाले यसअघिको आदेशमा सञ्चालन रोक लगाइएका व्यवसायलाई स्वास्थ्य मापदण्डको पालना गर्ने गरी खुला गरिएको जनाएको हो । प्रशासनले सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल, फुटसल, पटके बजार, स्पा सेन्टर र व्यूटीपार्लरलगायत पेशा व्यवसाय खोल्न अनुमति दिएको हो । यसैगरी डान्सबार, दोहोरी, नाचघर, क्लब र रेष्टुरेण्टलगायत रात्रीकालीन… पुरा पढौ

पतंजली योग सहशिक्षक तालिमका सहभागीलाई प्रमाणपत्र वितरण

पोखरा । पतंजली योग समिति गण्डकी प्रदेश, कास्की जिल्ला समिति, महिला योग समिति कास्कीको आयोजनामा सहशिक्षक तालिममा सहभागीलाई शुक्रबार प्रमाणपत्र प्रदान गरिएको छ । कार्यक्रमकी प्रमुख अतिथि पतंजली योग समिति कास्कीकी पुर्व महामन्त्री तथा गण्डकी प्रदेश सभा सदस्य मिना गुरुङले सहभागीलाई प्रमाणपत्र वितरण गर्दैै योगको वारेमा चर्चा गर्नुका साथै आफू पनि विभिन्न रोगसंग लड्न योग नियमित गरिरहेको वताइन् । साथै उनले सबैलाई योगको साथै भान्सामा पाइने जडिबुटिलाई घरेलु उपचारका रुपमा प्रयोग गर्नुपर्ने बताएकी थिइन् । गण्डकी प्रदेश संरक्षक लोक दर्शन… पुरा पढौ

गण्डकी प्रदेशमा ३८ जना कोरोना संक्रमित, १४६ जना संक्रमणमुक्त

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमित हुने भन्दा निको हुनेको संख्या लगातार बढ्न थालेको छ । प्रदेशमा शुक्रबार ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा १४६ जना संक्रमणमुक्त भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलाय पोखराले जनाएको छ । निर्देशनालयका अनुसार बिहीबार पनि प्रदेशमा संक्रमितभन्दा निको हुनेको संख्या बढी थियो । बिहीबार प्रदेशमा १५५जना निको हुँदा १४ जना संक्रमित भएका थिए । शुक्रबार २६८ जनामा गरिएको परीक्षणमा उनीहरु संक्रमित भएका हुन् । संक्रमित हुनेमा कास्कीका २३, पर्वतका ६, स्याङ्जा र म्याग्दीका ३… पुरा पढौ

सामुदायिक सेवा केन्द्र बगरको रक्तदान

पोखरा । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ बगरको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ७२ औं प्रजातन्त्र दिवसको अवसर पारेर आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा ३९ जना रक्तदाताले रक्तदान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरकी संस्थापक अध्यक्ष सीता गुरुङ र सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिका प्रहरी इन्चार्ज प्रहरी नायव निरीक्षक होतबहादुर रोकालाई ब्लड व्याग… पुरा पढौ

बागलुङको बडिगाड पालिकामा ‘जनस्वास्थ्य अभियान’ संचालन गरिदैँ

बागलुङको बडिगाड गाउँपालिकामा ७ देखि २६ फागुनसम्म बृहत जनस्वास्थ्य अभियान संचालन गरिदैँ छ। बडिगाड पालिकाको आयोजनामा विशेषज्ञ डाक्टरसहित पालिकाभित्रका १६ स्थानमा जनस्वास्थ्य अभियान सुरु गर्न लागिएको हो। १६ जना विशेषज्ञ डाक्टरसहित संचालन गरिने अभियानमा हड्डी, नाक, कान, घाँटी, स्त्रीरोग तथा प्रसूति, छाला, आँखा तथा मानसिक रोगलगायतका सेवा संचालन गरिने गाउँपालिकाले जनाएको छ। गाउँपालिका अनुसार अभियानमा रेडियोलोजिस्टबाट भिडियो एक्सरे, एकीकृत स्वास्थ्य सेवा व्यवस्था गरिने छ। गण्डकी मेडिकल कलेज पोखराको सहकार्यमा बडिगाड गाउँपालिकाभित्रका भीमगिठे, ग्वालीचौर, जलजला र खर्वाङमा बृहत् स्वास्थ्य सेवासहित क्रमशः… पुरा पढौ

मन्त्री खतिवडा र बेलायती राजदूत पोलिट भेट, २१ लाख मात्रा खोप हस्तान्तरण

काठमाण्डौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडासँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेका छन् । आज मन्त्रालयमा भएको भेटमा मन्त्री खतिवडाले बेलायत र नेपालको २०० वर्षभन्दा पुरानो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै कोभिड–१९ महामारीका बेला बेलायत सरकारले गरेको सहयोगप्रति आभार प्रकट गरे । “विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ विरुद्धको यो लडाइँमा बेलायत सरकारले भेन्टिलेटर, भ्याक्सिनलगायत अन्य स्वास्थ्य सामग्री सहयोगस्वरूप प्रदान गरेकामा बेलयाती सरकार र बेलायती जनताप्रति हार्दिक आभार व्यक्त गर्दछु”, मन्त्री खतिवडाले भने । नेपालको पूर्वाधार विकास,… पुरा पढौ